भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।

आज भ्रष्टाचार विरुद्धकाे अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै उहाँले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको बताउनुभयो । प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै भएकाले क्षम्य हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नु भएको छ – ‘कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न पनि सकिँदैन, यसको बहुपक्षीय र सुक्ष्म अध्ययन गरिनु जरुरी हुन्छ ।’ नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरैै हदसम्म ओरालो लागेको बताउनुभएको छ ।

भ्रष्टाचार नियन्त्रण गर्न सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्र लगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्दछ भन्दै प्रधानमन्त्री ओलीले हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु पनि आवश्यक रहेकोमा जोड दिनु भएको छ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डाक्टर गणेशराज जोशी र आयुक्त डाक्टर सावित्री थापा गुरुङले भ्रष्टाचार नियन्त्रण गर्ने महत्वपूर्ण र संवेदनशील कार्यमा थप ऊर्जा र क्रियाशील भएर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

भ्रष्टाचार कम भएको प्रधानमन्त्रीको निस्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो  वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका ...

नेपाल आज

अनियमितता गर्नेलाई 'निर्मम' कारबाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोक्न सरकारले गर्ने कुनै पनि काममा अनियमितता र भ्रष्टाचार गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्ने बताउनुभएको छ ।  राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले भ्रष्टाचार हुन नदिने अहिलेको सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै कहीँ कतै अनियमितत...

उज्यालो अनलाइन

बुद्धिको दुरुपयोग हुँदा भ्रष्टाचार भयोः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार ‘हुन नदिने’ आफ्नो संकल्प पुनः दोहोर्याएका छन्।  प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कोसिस गरिरहेको पनि स्पष्ट पारे। भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘म भ्रष्टाचार गर्दिन’ भ...

थाहा खबर

प्रधानमन्त्रीको बाचाः भ्रष्टाचार गर्दिन, हुन दिन्नँ

२७ फागुन, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचा गरेका छन् । संसदको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्नु पर्ने कुनै कारण नभएको बताए । आफू प्रधानमन्त्री हुनका लागि प्रधानमन्त्री नभएको भन्दै उनले भने, 'म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी …

OnlineKhabar

प्रधानमन्त्रीको बाचाः भ्रष्टाचार गर्दिन, हुन दिन्नँ

२७ फागुन, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचा गरेका छन् । संसदको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्नु पर्ने कुनै कारण नभएको बताए । आफू प्रधानमन्त्री हुनका लागि प्रधानमन्त्री नभएको भन्दै उनले भने, 'म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी …

OnlineKhabar