आज कोभिड–१९ को भ्याक्सिनको खरिद, आयात र वितरण पारदर्शी बनाउन माग, सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नेपाली भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीको अवरोध, सडक सञ्जालमा जोडिँदै दोधारा र चाँदनी, बेलायतमा ९० वर्षीया महिलाले लगाइन् पहिलो कोभिड–१९ खोप लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
नेपालमा कोरोना संक्रमणबाट चार हजार एक सय सातजना गम्भीर अवस्थामा पुगेको पाइएको छ । तीमध्ये नौ सय ८९ जनालाई भेन्टिलेटरमा राखेर उपचार गराउनु परेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार ८० प्रतिशत कोरोना संक्रमित सामान्य अवस्थाका हुन्छन् । १५ प्रतिशत लक्षणसहितका बिरामी हुन्छन् भने पाँच प्रतिशत गम्भीर अवस्थामा पुग्छन् । आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बिरामी पनि तिनै पाँच प्रतिशत हुन् ।
सगरमाथाको नयाँ उचाई (८८४८.८६मिटर ) घोषणा कार्यक्रममा नेपाल र चीनका राष्ट्रपतिले एकअर्कालाई पठाएको बधाई सन्देशमा विगतका भ्रमणहरूको चर्चा गर्दै सम्बन्ध सगरमाथाजस्तै उच्च हुने प्रतिबद्धता जनाएका छन् ।
नेपाल र चीनबीच ६० बर्षअघि सीमाविवाद सुल्झिने क्रममा सगरमाथाको उचाइ नेपालमा पर्ने, उत्तरी मोहोडा चीनमा र दक्षिणी मोहोडा नेपालमा पर्ने सहमति भएको थियो ।
देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका १० जना प्रबुद्ध नागरिकले सरकारलाई ‘‘भ्याक्सिन छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न’’ आग्रह गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटीको बैठक आइतबारबाट सुरु भयो । पार्टीको विवाद समाधानको कार्यकारी थलो मानिएको स्थायी कमिटी बैठकमा पार्टीको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् । कोभिड प्रोटोकल र एक वर्षअघि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य संवेदनशीलतालाई बैठकले उपेक्षा गरेकाले उपस्थित हुन नसकेको बताइए पनि ‘गुह्य’ अर्कै थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक समस्या निम्त्याउन खोजिएको दाबी गरेका छन् । काठमाडौंको चोभारमा रहेको सुवर्णकीर्ति महाविहारमा जेष्ट नागरिक आवासगृहको शिलान्यास कार्यक्रममा उनले राजनीतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भए पनि सफल नहुने दाबी गरे ।
सम्बन्धित :
प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत भगवान गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको भए पनि बुद्ध धर्मको प्रचार र लुम्बिनीको विकासमा विदेशीको भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकार लागिपरेको बताए । “लुम्बिनीको विकासका लागि आफ्नो कर्तव्य पूरा गर्न तीव्रताका साथ अगाडि बढ्नु जरुरी छ”, उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी प्रदर्शनका विरुद्ध एक हुन आह्वान गर्दै काठमाडौंमा सर्वदलीय बैठक बोलाएकै दिन रौतहटमा राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै प्रदर्शन गरिएको छ ।
चन्द्रनिगाहपुरमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टहरूमाथि कारबाही गर्नुपर्नेलगायतका नारा लगाएका थिए ।
कर्णालीका हिमाली जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सरकारले प्रक्रिया अघि बढाए पनि ठेकेदार सम्पर्कविहीन हुँदा काममा ढिलाइ भएको छ। ठेक्का अवधि सकिएको १५ महिना बित्दासमेत दैलेखको दुल्लुदेखि कालीकोटको मान्मसम्मको ६५ किमि प्रसारण लाइनको काम पूरा हुन नसकेको हो ।
न्युयोर्क टाइम्समा प्रकाशित एक अनुसन्धानात्मक रिपोर्टअनुसार विश्वभर कोरोना भाइरसविरुद्ध ५८ वटा खोप मानव शरीरमा परीक्षणमा छन् । मानव शरीरमा परीक्षण सकिएका सातवटा खोपले केही देश र क्षेत्रमा आपत्कालीन प्रयोगको अनुमति पाएका छन् ।
तीमध्ये १३ वटा खोप तेस्रो चरण परीक्षणमा छन् । १७ वटा दोस्रो र ४१ वटा खोप पहिलो चरण परीक्षणमा छन् । अन्य कम्तीमा ८६ वटा खोप त्यसभन्दा अघिल्लो चरण अर्थात् वन्यजीवमा परीक्षण भइरहेका छन् ।
कोरोना भाइरस रोकथामका लागि खोप नै एक मात्र विकल्प देखिँदै गर्दा हालसम्म विश्वभर एकसाथ ठूलो संख्यामा प्रयोग गर्न मिल्ने गरी कुनै खोपले मान्यता पाएका छैनन् ।
प्रहरीले कन्चनपुरको बेदकोट नगरपालिका-४ बैतडास्थित बगुन खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ६ वटा ब्याकोलोडर नियन्त्रणमा लिएको छ ।
बस्ती र वनकोबीचमा अविस्थित उक्त खोला उत्खननका लागि एकै ठाउँमा १० वटा ब्याकोलोडरको प्रयोग भइरहेको थियो । जसमध्ये ६ वटा प्रहरीले नियन्त्रणमा लिएको हो।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ कठहवामा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्।
हुलाकी सडक विस्तारको क्रममा दशगजा नजिक निर्माणधिन कल्भर्टमा भारतीय अर्धसैनिक बल एसएसबीले सोमबारबाट अवरोध गरेर निर्माण कार्यलाई अगाडी बढाउन दिएको छैन।
संखुवासभाको मकालु गाउँपालिकामा निर्माणधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम मजदुरले मंगलबार पनि ठप्प पारेका छन् ।
ज्याला नबढाएको र जिल्ला दररेट अनुसार पारिश्रमिक नपाएको भन्दै करिब २ हजार भारतीय र नेपाली कामदार आन्दोलित भएका हुन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ देखि १० को पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित ‘इ–क्लास नेपाल’ एप निर्माण गरेको छ।
एपमा विद्यार्थीको सिकाइ सहज बनाउने उद्देश्यसहित स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटिएका छन्।
महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलबाट ठूला सवारीसाधन आउजाउ गर्न थालेसँगै ‘टापु’ का रूपमा रहेको कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्र पहिलोपल्ट सडक सञ्जालमा जोडिएको छ । महाकाली नदीपारिको क्षेत्र भएकाले यहाँ आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्थ्यो ।
मोरङमा आज बिहान शिक्षकको अपहरणपछि घाँटी रेटेर हत्या गरेको खुलेको छ । यसअघि उनको गोली हानी हत्या भएको बताइएको थियो । स्थानीयले प्रहरीलाई मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको प्रहरीलाई जानकारी गराएका थिए ।
काठमाडौं विश्वविद्यालय (केयू)ले अनशनरत् विद्यार्थीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको पाइएको छ । गएको कात्तिक २६ गते अनशनरत् विद्यार्थी र केयूबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिबमोजिम यही मंसिर ७ गतेसम्ममा संयुक्त कार्यदल गठन गरी त्यसको १० दिन अर्थात् मंसिर १७ सम्म निष्कर्षमा पुग्नुपर्ने थियो । त्यसो नभएको अवस्थामा स्वतः ट्युसन शुल्कमात्र तिर्नुपर्नेलगायतका सहमति भएको हो ।
बेलायतमा मंगलबारदेखि आममानिसमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ। फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो ।
अस्ट्रेलियाले कोभिड–१९ संक्रमित पत्ता लगाउन विमानस्थलमा तालिम प्राप्त कुकुरको परिचालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानलाई बिस्तारै शुरु गर्ने प्रक्रियामा रहेको अस्ट्रेलियाले कुकुरहरूको सहयोगले विदेशबाट आउने संक्रमित पत्ता लगाउन सहज हुने बताएको छ ।
एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् ।
चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।