छोटकरीमा : आज - २०७७ मंसिर १२, शुक्रबार

आज 'पूर्वराजाको पक्षमा देशभर प्रदर्शन, क्रान्तिकारी माओवादीले लिम्पियाधुरासहितको भूभाग फिर्ताका लागि आन्दोलन गर्ने, नयाँ दिल्ली फर्किए भारतीय विदेश सचिव श्रृंगला, ह्‌वाइट हाउसबाट बाहिरिन तयार रहेको ट्रम्पको संकेत, प्रभावकारी र सुरक्षित दाबी गरिएको खोप पुटिनले लगाएका छैनन्' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।



शुक्रबार १,७०३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २,२९,३४३ पुगेको छ भने मृत्यु हुनेको संख्या १,४३५ पुगेको छ। हालसम्म नेपालमा २,०९,४३५ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: १०,४६० => Recovered Today: १,२३६



विगतमा तामझामसहित आयोजना हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको रौनक यसपटक फेरिएको छ । साधारणसभाको उद्घाटनदेखि बन्दसत्रसम्म भर्चुअल माध्यमबाट भइरहेको छ । महासंघका देशभरका सदस्यले जुमबाट बन्दसत्रमा भाग लिएका छन् ।



कर्तव्य ज्यान मुद्दाका फरार आरोपी वडाध्यक्ष अदालतमा सुटुक्क हाजिर भएर धरौटीमा छाडिएपछि समर्थकहरूले अबिरजात्रा गरेका छन्। 

व्यक्ति हत्या गर्न उक्साएको आरोप लागेपछि १८ महिनादेखि फरार रहेका विराटनगर महानगरपालिका– १४ का वडाध्यक्ष बलदेव यादव बिहीबार अदालतमा सुटुक्क हाजिर भएर धरौटीमा छाडिएपछि समर्थकले साँझ उनको अबिरजात्रा गदै स्वागत गरेका हुन् । 



नेकपा क्रान्तिकारी माओवादीले लिम्पियाधुरासहितको भूभाग फिर्ता, एमसिसी, भ्रष्टाचार र महँगीलगायतका मुद्दामा आन्दोलन गर्ने भएको छ । 

पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले याे विषयलाई लिएर यही मंसिर २५ गते काठमाडाैंसहित देशका सबै प्रदेशमा विरोध प्रदर्शनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक दश दिनपछि भोलि शनिबार बस्दै छ । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्नेछन् । 



देशमा पर्याप्त जलविद्युत् उपलब्ध हुँदाहुँदै पनि दातृ निकायको सहयोग सक्न निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोलार राखिने भएको छ । 

यस विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने योजना ऊर्जा मन्त्रालय अघि बढाएको छ ।



गुल्मीकाे इस्मा गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । 

सदरमुकाम तम्घासका लागि छुटेको लु.१ज ११६६ नम्बरको जिप इस्मा– ४ अन्तर्गत हुलनजिकै दुर्घटना भएको थियो । पाँचजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल ¥याली गरे । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा ¥यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको थियो । ¥यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे । 



ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदन नेपालका लागि चिन्ताजनक देखिएको छ । प्रतिवेदनअनुसार ५८ प्रतिशत नेपालीले पछिल्लो वर्ष देशमा भ्रष्टाचार बढेको बताएका छन् । यो दर मतसर्वेक्षणमा सहभागी एसियाका १७ देशमा सबैभन्दा उच्च हो । 



प्रदेश सरकारले गौरवका आयोजनामा राखेको ‘गण्डकी काउ फार्म’ पछिल्लो एक वर्षयता प्रगतिविहीन छ । दुग्ध विकास बोर्डमार्फत प्रक्रिया अगाडि बढाउने भनेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बोर्ड गठन गरि प्रक्रिया अगाडि बढाएको थियो । सुरुमा जग्गा खरिद गर्ने, चीनबाट उन्नत जातका गाई ल्याउने र दूध तथा दुग्धजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्यसाथ सरकारले गौरवका आयोजनामा राखेको यो आयोजना पछिल्लो समय विवादित बनेको छ ।



सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विग्रह झाँगिदो छ । सचिवालयको बैठक शनिबार तय भएको छ । त्योभन्दा अगावै बहस चलिरहेको छ ।

कमिटीले के निर्णय गर्छ, छलफल, बहस कसरी अघि बढ्छ भन्दा पनि नेकपाकै भविष्य के हुन्छ ? पार्टी एकताको अध्याय पूरा नहुँदै विभाजनको मार खेप्ने त होइन भन्ने आशङ्का पैदा भएको छ ।



कोरोना महामारी लम्बिएसँगै महिलाहरुमा परिवार नियोजनका साधनको पहुँचमा कमी, अनिइच्छुक गर्भधारण, लैंगिक हिंसाका घटना बढेको पाइएको छ । विशेषगरी लकडाउनका समयमा नजिकको स्वास्थ्य संस्थामा सेवा बन्द हुनु र खुले पनि महिला तथा किशोरीहरुका लागि सिमित स्वास्थ्य सेवा हुनु, कोरोना भाइरस सर्ने डरले स्वास्थ्य संस्था नपुग्नुले पनि यी समस्याहरु निम्तिएको अध्ययनहरुले देखाएका छन् । 



झन्डै एक वर्षदेखि सीमा विवादका कारण हुन नसकेको कूटनीतिक संवादहीनतालाई तोड्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला शुक्रबार नेपालको दुई दिने भ्रमण पूरा गरेर नयाँ दिल्ली फर्केका छन् । उनले दिल्ली जानुअघि गोरखामा भारतको सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका घरहरुको अवलोकन गरे भने स्कुल भवनको उद्घाटन गरेका थिए ।



सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूमा लोकतन्त्रको कमी रहेको बताएका छन् । संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुखहरूको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा शुक्रबार सभामुख सापकाटाले कानुन निर्माणका क्रममा दलहरूमा लोकतन्त्रिक अभ्यास हुन नसकेको बताएका हुन् ।



 जाडो बढ्दै गएपछि नरहरिनाथ–८, लालुका नमराज विष्ट बुधबार वस्तुभाउ र लालाबालासहित औंल (खुलालु) झरे । लेकाली बस्तीमा लगाइएका मकै, आलु कुर्न र वस्तुभाउ चराउन जेठमा माथि उक्लिएका उनी भदौमा पहिलो साता ठाटीकोटको घर झरेका थिए । अहिले भने घरमा खेतीपातीको काम सकेर उनी परिवारसहित जाडो छल्ल खुलालु झरेका हुन् ।



। भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गलाले घनिष्ठ मित्र र छिमेकीका नाताले नेपाल–भारतबीच सहकार्य एवं साझेदारी अपरिहार्य भएको बताएका छन् । नेपालको दुईदिवसीय औपचारिक भ्रमणको दोस्रो दिन आज राजधानीमा भएको एक कार्यक्रममा उनले ‘सबैको साथ सबैको विकास सबैको विश्वास’ प्राप्त गर्ने भारत सरकारको चाहना र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न द्विदेशीय साझेदारी र सहकार्यको विकल्प नरहेको बताए 



न्याय परिषद् सदस्यमा सिफारिस रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले स्वीकृत भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 



 ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना खोप नलगाउने बताएका छन् । बिहीबार साँझ दिएको वक्तव्यमा उनले कोरोना भाइरसविरुद्धको खोप नलगाउने बताएका हुन् । उनले पटक पटक कोरोनाविरुद्धको खोपको प्रभावकारिताबारे प्रश्न उठाउँदै आएका छन् ।



डोनाल्ड ट्रम्पले निर्वाचनमा पराजित भएपछि पहिलोपटक ह्‌वाइट हाउसबाट बाहिरिन तयार रहेको बताएका छन् । इलेक्टोरल कलेजले डेमोक्रेटका उमेदवार जो बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपति भएको पक्का गरे आफू पद छाड्न तयार भएको उनले बताएका हुन् । उनले अझैसम्म पनि स्पष्टसँग आफ्नो हार स्वीकारिसकेका छैनन् ।



बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् । 

उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए ।  



 राष्ट्रपति भलाद्मीर पुटिनले महिनौँ अगाडि नै, रुसमा निर्मित ‘स्पुतनीक–भी’ लाई विश्वकै पहिलो स्वीकृत कोरोनाविरुद्धको खोप भनि घोषणा गरेका थिए भने आफ्नी छोरीले समेत लगाइसकेको बताएका हुन् । तर उनी आफैँले चाहिँ यो खोप प्रयोग नगर्ने बताइएको छ । ६८ वर्षीय पुटिन पनि कोरोना भाइरसको उच्च जोखिमपूर्ण समुहमा पर्दछन् र रुसमा गत अक्टोबर २८ देखि नै ६० वर्ष भन्दा माथिको उमेरका स्वयमसेवकलाई खोपको ट्रायलमा संलग्न गराइएको थियो ।



। दक्षिण कोरियामा बिहिबार एकैदिन ५८३ नयाँ कोरोना संक्रमितहरु फेला परेका छन् जुन मार्च पछिकै सबैभन्दा उच्च दर भएको बताइएको छ । सामाजिक दुरी लगायत विभिन्न कडाइ अपनाइरहेको भएपनि दक्षिण कोरिया यतिबेला कोरोनाको तेस्रो लहरबाट नराम्ररी प्रभावित भइरहेको छ । 



 सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल महदीको बिहीबार मृत्यु भएको छ । ८४ वर्षीय महदीको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको उनको दलले पुष्टि गरेको छ ।



अफगानिस्तानको पश्चिमी प्रान्त वार्डाकमा बन्दुकधारी एक समूहले सडकमा गुडिरहेका गाडी नियन्त्रणमा लिई २८ यात्रुको अपहरण गरेको छ ।

बन्दुकधारी समूहले बुधबार काबुलका लागि छुटेका गाडीलाई जालरिज जिल्लाबाट नियन्त्रणमा लिई यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गरेका हुन् ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक