छोटकरीमा : आज - २०७७ मंसिर ०९, मंगलबार

आज न्यायपालिका र प्रधानन्यायाधीशको भूमिकाबारे प्रचण्डको प्रस्टीकरण, सबै देशमा उडान अनुमति दिने सीसीएमसीको निर्णय, 'आईसीसी एसोसिएट प्लेयर अफ द डिकेड' को मनोनयनमा पारस खड्का, बाइडेनलाई सत्ता हस्तान्तरण गर्न ट्रम्प ‘तयार’, अमेरिकामा डिसेम्बरसम्म कोरोना खोप उपलब्ध हुन सक्ने लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।



मंगलबार १,७९० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २,२४,०७८ पुगेको छ भने मृत्यु हुनेको संख्या १,३६१ पुगेको छ। हालसम्म नेपालमा २,०४,८५८ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: - => Recovered Today: २,७९१



नेपाल प्रहरीको कपडा खरिद प्रक्रियामा गुणस्तर परीक्षणमै चलखेल हुने गरेको खुलेको छ । विदेशमा परीक्षण गराउनुपर्ने भएकाले ठेकदारहरूले चलखेल गर्दै आएको प्रहरीकै छानबिनबाट पत्ता लागेको हो ।

ऊनी कपडा खरिदमा ठेकदारले प्रहरीमा बुझाएकोभन्दा अर्कै कपडाको परीक्षण गराई गुणस्तर रिपोर्ट ल्याउने प्रयास गरेको छानबिनमा खुलेको छ । 



 काठमाडौं–तराई (मधेस) द्रुतमार्ग निर्माण अघि बढेको छ । हालसम्म द्रुतमार्गमा १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ भने १६ प्रतिशत निर्माण कार्य सकिएको छ ।



नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिका र प्रधानन्यायाधीशको भूमिकाबारे केन्द्रीय सचिवालय बैठकमा आफूले पेस गरेको राजनीतिक प्रस्तावमा उल्लेख गरिएको विषयमा प्रस्टीकरण दिएका छन् । 

प्रधानमन्त्री ओलीले प्रचण्डको राजनीतिक प्रस्तावलाई आरोपपत्रको संज्ञा दिँदै १३ मंसिरमा डाकिएको सचिवालय बैठकमा बेग्लै जवाफी राजनीतिक प्रस्ताव पेस गर्ने गृहकार्य गरिरहेका छन् ।



 नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच धुव्रीकरण भइँरहदा हरिवोल गजुरेलसहितका केही नेता भेटघाटमा जुटेका छन् । उनीहरुले आइतबार प्रधानमन्त्री ओली र सोमबार कार्यकारी अध्यक्ष दाहालसँग भेट गरे ।



प्रदेश सरकारको प्रथम पञ्चवर्षीय आयोजना (२०७६/०७७–२०८०/८१) मा गण्डकीका १२ वटा गौरवका आयोजना तोकेको छ । तीमध्येको आठौँ नम्बरमा छ, ‘गण्डकी विश्वविद्यालय स्थापना र सञ्चालन आयोजना’ ।

यो आयोजनालाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुनको अण्डा दिने चरीसँग तुलना गर्ने गरेका छन् ।



कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ। विभिन्न सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न पनि भनिएको छ। 



राष्ट्रिय सभाका सांसद ठगेन्द्रप्रकाश पुरीले शरणार्थीलाई कानुनी मान्यता दिनुपर्ने प्रस्ताव राखेका छन् । संसद्को विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा उनले मानवीयतालाई ख्याल गरी नेपालमा आइपुगेका वा रहेका शरणार्थीलाई सम्बन्धित देशमा पठाउँदा जोखिम रहे नेपालमा नै बसोवासको कानुनी मान्यता दिनुपर्ने बताएका हुन् ।



बैतडीमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना.१ज २१९६ नम्बरकाे जिप आज दिउँसो १:४० मा बुढ्ढानजिकै दुर्घटना भएकाे हाे । 



बेपत्तापछि हत्या गरिएकी बालिकाको शव सडकमा राखेर प्रदर्शनमा उत्रिएकाहरूमाथि बर्दिबासमा प्रहरीले गोली प्रहार गरेको छ । गोलीबाट दुईजना घाइते भएका छन् । 

गोली प्रहारपछि भिडलाई तितरबितर पारेर बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । 



खुफिया र सेनाप्रमुखको भ्रमणपछि भारतका विदेशसचिव हर्षबर्धन शृंगला दुईदिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदै छन् । नेपाल र भारतबीच कूटनीतिक तहमा संवाद ठप्प भएका वेला गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेपछि विदेशसचिव शृंगलाको भ्रमण तय भएको हो । 



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । पार्टीभित्र यसअघिको भन्दा भिन्न खालको अन्तरविरोध रहेको उनको भनाइ छ । 



बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा नेपालकी १८ वर्षीया सपना रोका मगर समेत समावेश छिन, उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्।



नेकपाभित्रको रडाको अब विधिवतरूपमै तलतल पुग्ने भएको छ । बहुमत समूहले कात्तिक २८ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव मातहतका कमिटीमा बहसका लागि पठाउन लागेका हुन् । बहुमत समूहले प्रदेश र जिल्ला कमिटीसम्म बहस, जानकारीका लागि दस्तावेज पठाउन लागेको बताएको छ ।



नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् ।

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको 'आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड' ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् ।



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्याउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनसम्बन्धी ज्ञापनपत्र बुझाइएको हाे ।



 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न सघाउने संकेत दिएका छन् । राष्ट्रपति ट्रम्पले बाइडेनको संक्रमणकालीन टिमसँग सहकार्य सुरु गर्ने संकेत दिएका हुन् । राष्ट्रपति ट्रम्पले अझै पनि औपचारिक रुपमा हार भने स्वीकार गरेका छैनन् । 



चीनका राष्ट्रपति सी चिनफिङले चीन–इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहल–वर्क जेडेसँग आग्रह गरेका छन् । राष्ट्रपति सीले उक्त परियोजनाले दुवै मुलुक एवं जनताले लाभ लिन सक्ने बताएका छन् । 



अमेरिकी नागरिकहरूले कोभिड–१९ विरुद्धको खोप पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोभिडविरुद्धको खोप कार्यक्रमका प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँग उक्त कुरा बताएका हुन् ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक