राष्ट्रपति ट्रम्पलाई कोरोनामुक्त बनाएको औषधि सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

फिचर

राष्ट्रपति ट्रम्पलाई कोरोनामुक्त बनाएको औषधि सर्वसाधारणले पनि प्रयोग गर्न पाउने 

२०७७ मङ्सिर ८ सोमबार १५:१३:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट निको पार्न दिइएको औषधि सर्वसाधारणलाई पनि प्रयोग गर्न अनुमति दिइएको छ । रेगेनेरोनले निर्माण गरेको उक्त औषधिलाई अमेरिकी प्रशासनले सर्वसाधारणको प्रयोगका लागि पनि अनुमति दिएको हो । 

उक्त औषधि अमेरिकामा भाइरस संक्रमित र अरू रोगबाट थलिएर उच्च जोखिममा रहेका व्यक्तिलाई पनि प्रयोग गर्न अनुमति दिइएको हो । संक्रमित भएर अस्पताल भर्ना भएका वा अक्सिजनको सहायता लिनुपर्ने अवस्थाका बिरामीका लागि यो औषधि प्रयोग गर्न अनुमति दिइएको छैन । यद्यपि, अधिकारीहरूले यसलाई आपतकालीन समयका लागि मात्रै अनुमति दिइएको भनेका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणको संख्या निरन्तर बढिरहेको समयमा उक्त औषधि प्रयोगका लागि अनुमति दिइएको हो । कम्पनीले औषधि प्रयोग गरेपछि थेरापी गर्दा अझ प्रभावकारी हुने जनाएको छ ।

अमेरिकामा औषधि प्रयोगका लागि अनुमति दिने र नियन्त्रण गर्ने निकाय (एफडिए)ले उक्त औषधिको प्रभाव र असरबारे अध्ययन जारी रहँदै तत्काललाई प्रयोग गर्न अनुमति दिएको हो । एफडिएले अर्काे अमेरिकी फार्मास्युटिकल इली लिल्लीले निर्माण गरेको यस्तै प्रकृतिको औषधिलाई पनि यसै महिनाको सुरुवातमा प्रयोगका लागि अनुमति दिएको थियो ।

रेगेनेरोनले तयार पारेको उक्त औषधि दुई ‘मोनोक्लोनल एन्टिबडी’को मिश्रण भएको जनाइएको छ । प्रयोगशालामा तयार पारिएको यो कृत्रिम ‘एन्टिबडी’ (रोग प्रतिकारक) निक्कै शक्तिशाली भएको जनाइएको छ, जसले मानव शरीरमा रहेको एन्टिबडीले जस्तै काम गर्छ । 

उक्त एन्टिबडी भाइरससँगै टाँसिएर रहन्छ, जसले भाइरसलाई मानव शरीरमा प्रवेश गरी थप असर गर्न दिनेछैन । रेगेनेरोनले यसै महिनाको अन्त्यसम्म ८० हजार व्यक्तिका लागि उक्त औषधि उत्पादन गर्न सकिने जनाएको छ । यस्तै, आगामी जनवरीको अन्त्यसम्म तीन लाखलाई पुग्ने गरी औषधि उत्पादन गर्ने जनाएको छ । 
यो औषधि गत अक्टोबरमा राष्ट्रपति ट्रम्प भाइरस संक्रमित हुँदा प्रयोग गरिएका औषधिमध्येको हो । उक्त औषधि प्रयोग गरिएपछि राष्ट्रपति ट्रम्पले थेरापी पनि गराएका थिए । कोरोना भाइरसबाट निकै जोखिममा रहेको भनी प्रचार गरिएका राष्ट्रपति ट्रम्प निको भएका थिए । तर, उनलाई यही औषधिले ठीक गरेको हो भन्नेचाहिँ निश्चित छैन ।

उक्त औषधि अमेरिकाका अर्का उच्च सरकारी अधिकारीलाई पनि दिइएको थियो । राष्ट्रपति ट्रम्प सरकारका एक सदस्य बेन कार्साेनले कोरोना भाइरस संक्रमणपछि आफू निकै सिकिस्त बिरामी हुँदा यो औषधि प्रयोग गरेको र आफू निको भएको बताएका छन् । उनले आफूले राष्ट्रपति ट्रम्पकै सल्लाहअनुसार यो औषधि प्रयोग गरेको जनाएका छन् ।

कार्साेनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पले मलाई यो औषधि प्रयोग गर्न सुझाएका थिए । मलाई विश्वास छ कि यही औषधिले मेरो जीवन बचायो ।’ 
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म एक करोड २० लाख संक्रमित भइसकेका छन् । संक्रमणबाट दुई लाख ५५ हजारको मृत्यु भइसकेको छ । यो मृत्यु हुने संख्या कोरोना भाइरसका कारण भएको विश्वकै सबैभन्दा ठूलो हो ।

दोस्रो चरणको संक्रमण अझ तीव्र हुन थालेपछि अमेरिकाका प्रायः राज्यहरूले कडा खालको नियम लागू गर्न थालेका छन् । जहाँ प्रायः राज्यले मास्क प्रयोग गर्नुलाई अनिवार्यजस्तै बनाएका छन् । क्यालिफोर्नियामा शनिबारबाट रात्रकिालीन ‘कफ्र्यु’ सुरु भएको छ ।

सरकारी अधिकारीहरूले अमेरिकामा भाइरस संक्रमण फैलनबाट रोक्ने उद्देश्यले आफ्ना नागरिकलाई धेरै भ्रमण नगर्न अनुरोध गरेको छ । अधिकारीहरूले संक्रमण नफैलियोस् भन्ने उद्देश्यले यही बिहीबार पर्ने ‘धन्यवाद दिने दिवस’मा पनि सर्वसाधारणले बाहिर धेरै नहिँड्न अनुरोध गरेका छन् । 

अमेरिकामा यो दिवसमा धेरै चहलपहल र भ्रमण हुने गरेको छ । गत वर्षको अध्ययनअनुसार यो दिवसमा २६ मिलियन मान्छेले भ्रमणको सिलसिलामा विमानस्थल प्रयोग गरेको पाइएको थियो ।
 

#डोनाल्ड ट्रम्प # कोभिड– १९

सम्बन्धित सामग्री

सेक्सन ४ : के यसको प्रयोग गरेर ट्रम्पलाई तत्काल शक्तिविहीन बनाइएला?

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि अहिले ट्रम्पलाई ह्वाइट हाउसबाट उनलाई हटाउनुपर्ने माग उठिरहेको छ। अमेरिकी उपराष्‍ट्रपति माइक पेन्समामाथि २५ औं संशोधनको प्रयोग गरेर ट्रम्पलाई हटाउन दबाब बढ्दै गइरहेको छ। तर, के उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पलाई हटाउन सक्छन? अमेरिकी

पहिलो पोस्ट

अमेरिकी राष्ट्रपति ट्रम्पले रक्षा विधेयक रोक्न प्रयोग गरेको भिटो खारेज

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा विधेयकमा प्रयोग गरेको भिटो सदनले खारेज गरिदिएको छ ।  सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्नुभएको थियो । तर सदनले भिटो रद्द गरिदिएको बीबीसीले जनाएको छ ।  ट्रम्पको चार वर्षे कार्यकालमा उहाँ...

उज्यालो अनलाइन

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जोखिमपूर्ण कोरोनाकाे औषधिको पक्षमा वकालत

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अप्रमाणित र जोखिमपूर्ण औषधिको पक्षमा वकालत गर्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) , स्वास्थ्य विज्ञहरुकाे अध्ययन तथा अनुसन्धान विपरीत अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको उपचारमा औलोविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्नु पर्ने पक्षमा वकालत गर्नुभएको बीबीसीले...

ट्रम्पको आग्रहपछि भारतले औषधी निर्यात प्रतिबन्ध हटायो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस विरुद्धको लडाईमा “गेम चेन्जर”को संज्ञा दिनुभएको हाइड्रोक्सीक्लोरोक्वीन औषधीको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो ।

गोरखापत्र

ट्रम्पले प्रतिकार गर्ने धम्की दिएपछि भारतले फिर्ता लियो औषधि निर्यातको प्रतिबन्ध

भारत सरकार हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिको निर्यातमा लगाइएको प्रतिबन्ध फिर्ता गर्न सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस डिजिज (कोभिड-१९)को उपचारमा उक्त औषधि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले औषधिको निर्यात सहज नगरे प्रतिकार गर्ने बताएपछि चिकित्सा विशेषज्ञहरूको आरक्षणका बावजुद भारतले प्रतिबन्ध फिर्ता गर्ने निर्णय लिएको

पहिलो पोस्ट

ट्रम्पले भारतसँग मागे औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औलोको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन औषधि अमेरिका पठाइदिन आग्रह गरेका छन् । ट्रम्पले यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै भारतसँग …

अनलाइनखबर

राष्ट्रपति ट्रम्प सर्वसाधारणसँग रिसाए

विश्वमै महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासै टिप्पणी

नयाँ पत्रिका

किन ट्रम्पले औलोको औषधिबाट कोभिड-१९ निको हुन सक्ने दाबी गरे

राष्ट्रपति ट्रम्पले औलोको औषधि क्लोरोक्वाईन कोरोनाभाइरसविरुद्ध प्रयोग गर्न स्वीकृत गरिएको बताएका छन्। के त्यो सत्य हो?

बीबीसी नेपाली

किन ट्रम्पले औलोको औषधिबाट कोभिड-१९ निको हुन सक्ने दाबी गरे

राष्ट्रपति ट्रम्पले औलोको औषधि क्लोरोक्वाईन कोरोनाभाइरसविरुद्ध प्रयोग गर्न स्वीकृत गरिएको बताएका छन्। के त्यो सत्य हो?

बीबीसी नेपाली

ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न राष्ट्रपति ट्रम्पलाई न्यायाधीशको आदेश

जेठ १० – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न न्यायाधीशले आदेश दिएका छन् ।  राष्ट्रपति ट्रम्पल...

उज्यालो अनलाइन