नेकपा कुनै हालतमा फुट्दैन : उपाध्यक्ष गौतम

६ मंसिर, दाङ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्  ।

तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेकोबताए । उनले भने, ‘म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु । मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ ।

पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए  । पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने भन्दै  उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत धारणा राखे ।

सम्बन्धित सामग्री

पार्टी फुट्दैन : वामदेव गौतम

तुलसीपुर : नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टी भित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए। 'म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु,' उनले भने, 'मैले पार्टी एकतालाई जोड दिएको छु,

पहिलो पोस्ट

नेकपा विभाजन हुँदैन : उपाध्यक्ष गौतम

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् ।

बाह्रखरी

नेकपा विभाजन हुँदैन: उपाध्यक्ष गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए।

नागरिक दैनिक

नेकपा कुनै पनि हालतमा विभाजन हुँदैन : उपाध्यक्ष गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने दाबी गरेका छन् ।  तुलसीपुर

नयाँ पत्रिका

म कुनै गुटमा छैन : वामदेव गौतम

दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो । तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधा...

उज्यालो अनलाइन

वामदेव गौतम मन्त्री बन्ने संवैधानिक आधार छ कि छैन ?

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको सपथग्रहण गरेसँगै अब मन्त्री बन्ने चर्चा चुलिएको छ। गौतमले यसअघि नै संसदमा मात्र होइन, आफु सरकारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न इच्छुक रहेको बताइसकेका छन्। प्रतिनिधि सभा निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामा मनोन...

थाहा खबर

म राष्ट्रियसभामा जान तयार छु

काठमाडौं : सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले  राष्ट्रियसभामा जान आफू तयार रहेको बताएका छन्। सचिवालयको निर्णय अनुसार उपाध्यक्ष गौतम राष्टियसभामा जान तयार रहेको बताएका हुन्।  नेकपाको गत फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। तर, प्...

थाहा खबर