कोरोना भाइरस नेपाल: थप १,९४६ जना सङ्क्रमित, १३ जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा थप १,९४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि ८,७५३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख आठ हजार नाघेको छ।

  • कोभिड-१९ खोपका लागि नेपालमा भण्डारण क्षमता शून्य
  • चिसो र प्रदूषण बढेपछि भारतको दिल्लीमा कोरोनाभाइरस सङ्क्रमित बढ्न थाले

अहिले पुष्टि भएका ३६,४५२ जना सक्रिय सङ्क्रमित छन्।

सरकारको तथ्याङ्कअनुसार शनिवारसम्म नेपालमा १,२१५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयले अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,५०३ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिलेसम्म कुल १७०,६३२ जना निको भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितहरू निको हुने दर ८१.९% प्रतिशत पुगेको छ।

बुधवार २,५६९ जनामा सङ्क्रमण पुष्टि हुँदा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नाघेको थियो।

बिहीवार १,९१३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

शुक्रवार २,१११ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको थियो।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

  • पीसीआर परीक्षणमा कोरोनाभाइरस देखिँदैमा सङ्क्रमण पुष्टि हुन्छ कि हुँदैन
  • कोभिड-१९ विरुद्ध बन्यो भने पनि वृद्धवृद्धालाई खोप दिने काम किन कठिन
  • कोरोनाभाइरस खोप गर्भवती महिलालाई दिन हुन्छ की हुँदैन? र, अरू प्रश्नहरू

चाडबाडका बेला परीक्षणको सङ्ख्यामा कम भएको देखिन्छ।

तर परीक्षण गरिएका नमुनामा उच्च मात्रामा सङ्क्रमण पुष्टि हुने क्रम केही सातादेखि चलिरहेको तथ्याङ्कले देखाउँछ।

  • के हो? वास्तवमा के हो कोरोनाभाइरस
  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
  • भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
  • के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
भिडिओ क्याप्शन सुरु हुँदैछ,

चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने

को हुन् सङ्क्रमित?

थप सङ्क्रमितमध्ये ८१६ जना महिला र १,१३० जना पुरुष भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये काठमाण्डूमा ६४२ जनासहित उपत्यकामा ८३५ जना छन्।

यो फेला परेका सङ्क्रमितको सङ्ख्याको झन्डै आधा जति हो। यो अवधिमा कास्की जिल्लामा २०८ जना सङ्क्रमित भेटिएका हुन्।

अहिले उपत्यकाका तीन जिल्लामा १९,६१९ सक्रिय सङ्क्रमित छन्।

देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्षमा र ७४ जना भेन्टिलेटरमा छन्।