छोटकरीमा : यस हप्ता ( कार्तिक १६-२३ गतेसम्म ), राष्ट्रिय

यहाँ यस हप्ता चर्किएको नेकपा विवाद, भारतीय सेनाध्यक्षको नेपाल भ्रमण, भिटेनको प्रकाउ प्रकरण, मुकेश चौरासिया हत्या प्रकरण लगायतका विषयवस्तुहरूलाई समेटिएको छ । यस हप्ता अन्य घटनाहरूको पनि सम्पूर्ण विविरणहरू यहाँ पढ्नुहोस् ।



कोरोना अपडेट :

कार्तिक २३ गतेसम्म १,९४, ४२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

कार्तिक १६ गतेसम्म ९६० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको त्यो संख्या बढेर कार्तिक २३ गतेसम्म १,१०८ पुगेको छ ।

कार्तिक १६ गतेसम्म १,३४,८४२ जना कोरोना भाइरस संक्रमित निको भएकोमा त्यो संख्या बढेर कार्तिक २३ गतेसम्म १,५७,९२६ पुगेको छ ।

यस्तै, हालसम्म १५,४०,०७७ जनाको पिसीआर टेस्ट भएको छ भने १,१४९ जना क्वारेन्टाइनमा रहेका छन्।



नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि पुनः सञ्‍चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्‍चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।



रासायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी वर्षा र धान खेती गर्ने जमिन बढेकाले यस वर्ष धानको उत्पादन गत वर्षकै हाराहारीमा हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

गत आर्थिक वर्षमा १४ लाख ५८ हजार हेक्टरमा धान खेती गरिएको थियो। यो वर्ष ४८ हजार हेक्टर बढी जमिनमा धान खेती गरिएको केसीले बताए।



यस हप्ता कोरोनासँग सम्बन्ध राखेर देशभर विभिन्न घटनाहरू घटेका छन् । त्यसको सम्पूर्ण विवरण यहाँ पाउनुहोस् ।



यस हप्ता चर्किएको नेकपा विवाद, भारतीय सेनाध्यक्ष्यको नेपाल भ्रमण, कांग्रेसको बैठक, मुकेश चौरासिया हत्या प्रकरण लगायतका विषयवस्तुबारे सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् ।



जनप्रतिनिधिकै संलग्नतामा दलित भएकै कारण निर्घात कुटपिटका घटना हुँदा पनि दोषीलाई कारबाही गर्न प्रहरीले उदासिनता देखाउँदै आएको छ । कतै सार्वजनिक पोखरीमा माछा मार्ने निहुँमा त कतै राहत माग्दा दलितमाथि कुटपिट भएको छ । 



ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूको हकअधिकार र समानताका लागि सक्रिय ६३ वर्षीय गजेन्द्र इस्बोको मंगलबार बिहान निधन भएको छ ।

तीन वर्षदेखि छालाको क्यान्सरसँग जुधिरहेका इस्बोको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । लामो समयदेखि मधुमेहका दीर्घरोगी उनलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो ।



उच्च अदालत पाटनले समिर लामा 'भिटेन'लाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साललाई अन्तरिम आदेश दिएको छ। भिटनले पारा गीतमा भएका आपत्तिजनक शब्दहरु संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै केही दिनअघि विज्ञप्ति निकालेका थिए।



यथार्थवादी उपन्यास लेखनबाट नाम बनाएका कैलाली, टीकापुरका साहित्यकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।

केही वर्षयता कलेजोको क्यान्सरबाट ग्रस्त थापाको पछिल्लो समय मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । लेखक थापाका ‘सोह्र सौगात’ (संयुक्त कथासंग्रह), ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिट्ठी’, ‘मेरो मधुशाला’, ‘उज्ज्वली’ जस्ता उपन्यास कृति प्रकाशित छन् ।



सरकारी ढुवानी अनुदानको चामल दुई वर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महँगी अचाक्ली बढेको छ । माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैयाँसम्ममा चामल किनेर गुजारा चलाउन बाध्य छन् ।



चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरूले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन्। सबै स्वास्थ्य र शिक्षण संस्थाहरूमा आफ्ना कार्यकर्ताहरूका भर्तीकेन्द्र बनाएर धराशायी बनाइरहेको आरोप उनको छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक