छोटकरीमा : आज - २०७७ कार्तिक २१, शुक्रबार

आज पार्टी कुनै हालतमा नफुट्ने नेकपा नेताहरूको दाबी, यसपाली भाइमसलाको व्यापार छैन, भारतीय सेनाध्यक्ष स्वेदेश फिर्ता, अमेरिकी निर्वाचनको नतिजा कहिलेसम्म आउँछ ?, कोसोभोको राष्ट्रपतिद्वारा राजीनामा लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।



शुक्रबार २,९०९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,८८,८८३ पुगेको छ भने मृत्यु हुनेको संख्या १,०७० पुगेको छ। हालसम्म नेपालमा १,५२,९०८ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: --- => Recovered Today: ४,५००



 प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतले पार्टी कमिटीको बैठक राखे पार्टी विभाजन हुने चेतावनी दिएपछि नेकपा सचिवालयका पाँचजना (बहुमत) नेताहरू हच्चिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूले सहमतिमा बैठक डाक्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने निर्णय गरेका हुन् । 



कालापानी क्षेत्रको भारतसँगको सीमा विवादपछि सीमा सुरक्षामा नेपालले लगानी बढाएको छ । गत चैतयता मात्र भारत र चीनको सीमा क्षेत्रमा ६५ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएका छन् ।



 तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ । भाइमसलाको मूल्य घटे पनि कोभिड-१९ को जोखिमका कारण व्यापार भने आधाभन्दा बढीले घटेको छ ।



काठमाडौं महानगरपालिका र सार्वजनिक स्थलमा निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिरहेका संघसंस्थाहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै खुला ठाउँबाट खाना वितरण गर्न बन्द गर्ने र महानगरकै समन्वयमा व्यवस्थित रूपले खाना खुवाउने भएका छन् । 



नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपालले भने– हामी पार्टी एकताका लागि जुटेका हौँ, नेकपा फुटाउने सपना नदेखे हुन्छ, यो एकता त्यति कमजोर धरातलमा छैन । 



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकार विरुद्धको अविश्वासको प्रस्ताव काल्पनिक कुरामात्रै भएको बताएका छन् । पार्टी नेतृत्वबीच केन्द्रमा विवाद चलिरहँदा गृहजिल्ला ताप्लेजुङमा एक साता बसाइका लागि आएका मन्त्री भट्टराईले पार्टी नफुट्ने दाबी पनि गरे ।



सरकारले काठमाडौंको ऐतिहासिक काष्ठमण्डपको पुनर्निर्माण आगामी चैत मसान्तभित्र पूरा गर्ने भएको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त बनेको काष्ठमण्डप काठमाडौं महानगरपालिकाअन्तर्गत उपभोक्ता समितिले पुरानै शैलीमा पुनर्निर्माण गरिरहेको छ ।



आर्थिक वर्ष सुरु भएको चार महिनापछि छत्रेश्वरी गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । गत असार १० गतेको आठौं गाउँसभामा जनप्रतिनिधिबीच विवाद भएपछि लामो समयदेखि बजेट पारित हुन सकेको थिएन् ।



सांसद उमेश श्रेष्ठले सरकार जनताको उपचारबाट पन्छिएको भन्दै निमुखाहरूलाई स्वास्थ्याेपचारबाट वञ्चित गर्न नहुने बताएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले हेल्थ इमर्जेन्सी लागू गर्ने पनि बताए ।

त्यस्तै, काेराेना नियन्त्रणका लागि एकद्वार प्रणालीबाट अघि बढ्नु पर्ने उनले बताए । 



 भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले विदाई गरे । 

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न बुधवार उनी यहाँ आएका थिए । 



 नोभेम्बर ३ मा भएको अमेरिकी निर्वाचनको अन्तिम मतगणना कहिले आउँछ भनेर विश्‍वको ध्यान केन्द्रित भएको छ । ४४ राज्यमा मतगणना सकिएको भए पनि मुख्य ६ वटा राज्यहरुको मतगणना जारी रहेको छ । 



नेपालकै ठूलो शे–फोक्सुन्डाे राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नावरको गणना गर्ने भएको छ।

विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रूरुपमा रहेको नावरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गरिने भएको हो ।  



प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जस्तोसुकै अवस्था आए पनि नेकपा नफुट्ने बताएका छन् । ग्रामथान गाउँपालिकामा शुक्रबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले नेकपा फुट्ने हल्ला निराधार रहेको बताएका हुन् ।



गोरखा भूकम्पको इपिसेन्टर तोडमोड गर्न लागिएको भन्दै बारपाकका स्थानीयले धार्चे प्रवेश गर्ने मुख्य नाकामा अवरोध गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दुलाई लिएर गोरखाका दुई पालिकाबीच विवाद चुलिएको छ ।



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’अगाडि विशेषण जोड्न आवश्यक नभएको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले भनेको छन्, ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि कुनै विशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक छ ।'



। अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका जो बाइडेन दुवैले आफूले अग्रता लिइरहेको दाबी गरिरहेका छन् । चुनावको अन्तिम परिणाम आउन बाँकी भए पनि दुवै पक्ष कानुनी लडाइँ लड्ने तयारीमा जुटेका छन् ।



 युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले पदबाट राजीनामा दिएका छन् । युद्धअपराध गरेको आरोपसँगै उनीमाथि राजीनामाको दबाब बढेको थियो ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक