कोरोना भाइरस नेपाल: थप २४ जनाको मृत्यु, २९ सयमा सङ्क्रमण

नेपालमा विगत २४ घण्टामा २,९३३ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड-१९ का कारण २४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको कूल सङ्ख्या ९८४ पुगेको बताइएको छ।

सो अवधिमा १३,४४६ पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्याङ्क छ। सङ्क्रमितमध्ये १,१७६ जना महिला हुन्।

हालसम्म नेपालमा एक लाख ७६ हजार पाँच सयमा सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ३७ हजार नौ सय ९२ जना सङ्क्रमणमुक्त भएका छन्।

विगत २४ घण्टामा ३,१५० जना सङ्क्रमणमुक्त भएका छन्।

सोमवार सक्रिय सङ्क्रमितको सङ्ख्या ३७,५२४ छ।

  • दीर्घ कोभिड हुँदा यी 'चार भिन्न समस्या देखिन सक्छन्'
  • पहिलेका कोरोनाभाइरस 'हटस्पट'का जनप्रतिनिधिका काठमाण्डूलाई पाँच सुझाव

काठमाण्डूमा अत्यधिक

सोमवार थपिएको सङ्क्रमितमध्ये काठमाण्डूका १,३२९, भक्तपुरका १०८ र ललितपुरका १९३ गरी उपत्यकाका १,६३० जना छन्।

प्रदेश अनुसार वागमती प्रदेशमा २,००३ जना, प्रदेश नं १ मा ४४१ जना, लुम्बिनी प्रदेशमा २७९ जना, गण्डकी प्रदेशमा २५५ जना, प्रदेश नं २ मा १०४ जना, सुदूरपश्चिम प्रदेशमा ५० र कर्णाली प्रदेशमा १३ जना सङ्क्रमित थपिएका छन्।

त्यस्तै चितवनमा १६८, कास्कीमा १२७, रुपन्देहीमा १४६, सुनसरीमा ८५, दाङमा ६४ र झापामा ६० जना सङ्क्रमित थपिएका छन्।

गम्भीर बिरामीको सङ्ख्या

सक्रिय सङ्क्रमितमध्ये कम्तीमा ४२१ जनाको स्वास्थ्यस्थिति गम्भीर रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

वागमती प्रदेशमा १८० सहित नेपालभर ३४७ जना सघन उपचार कक्षमा र ७४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

भेन्टिलेटरमा वागमतीमा ४७ जना, प्रदेश नं १ मा १२ जना, गण्डकीमा ८, लुम्बिनीमा ६ र सुदूरपश्चिममा १ जना रहेका छन्।

  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
  • भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
  • के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा