सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ। लकडाउन र निषेधाज्ञापछि पर्व बिदासमेत परेकाले पर्यटकको चहलपहल बढेको हो। दशैँको टीकाको दिनयता राप्ती किनारहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन्। व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन्। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन्। सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन्।  

उनका अनुसार सबै पर्यटक स्वदेशी हुन्। जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उनले बताए। काठमाडौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु यहाँ आएको भट्टराईको भनाइ छ। उनले भने ‘यसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन ।’ गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन्। सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन्।  

पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन्। होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी छ। जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन्। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन्। उनले भने, ‘व्यवसायी उत्साहित भएका छन्। क्रमशः बढ्ने हाम्रो अपेक्षा छ ।’ राप्ती नदीको किनारमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उनले बताए।  

पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको छ। सौराहाबाट काठमाडौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन्। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष समेत रहेका जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको बताए। आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै उहाँले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिए। उनले भने , ‘पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं ।’ सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उनको भनाइ छ।  

सात महिनादेखि घरमा नै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटकहरु घुम्न रुचाएका छन्। सफारीका लागि यो निकुञ्ज प्रख्यात छ। स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन्। दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही जस्ना जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन्।

प्रकाशित: १५ कार्तिक २०७७ १०:३५ शनिबार

सम्बन्धित सामग्री

लुम्बिनीमा भित्रिँदै आन्तरिक पर्यटक मायादेवी मन्दिर खोल्न माग

लुम्बिनी क्षेत्रका होटल व्यवसायीले लुम्बिनीस्थित मायादेवी मन्दिर खोलेर पर्यटकीय गतिविधि सञ्चालन गर्न माग गरेका छन् । लामो समयदेखि मायादेवी मन्दिर बन्द हुँदा पर्यटकीय गतिविधि ठप्प भएको र होटल व्यवसाय सङ्कटमा पर्न थालेको भन्दै आन्तरिक पर्यटकलाई भित्र्याएर भए पनि व्यवसायीलाई पलायन हुनबाट बचाउनुपर्ने माग व्यवसायीले राखेका छन् । दशैँ अगाडिसम्म सुनसान रहेको बुद्ध जन्मस्थल लुम्बिनीमा दशैँपछि भने आन्तरिक पर्यटक आउन थालेका छन् । यहाँ आएका पर्यटक मायादेवी मन्दिरको गेटसम्म पुगेर फर्कने गरेका छन् । मायादेवी मन्दिर बन्द देखेपछि आएका आन्तरिक पर्यटक पनि निराश भएर फर्किन्छन् त्यसैले अब मन्दिर खोलेर पर्यटकीय गतिविधि बढाउनु जरुरी छ, लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले भन्नुभयो । कोरोना सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीसँगै सरकारले मठमन्दिर प्रवेशमा रोक लगाएको थियो । यो निर्णयसँगै लुम्बिनी परिसरमा पनि प्रवेश निषेध गरिएको थियो । असोजबाट बन्दाबन्दी र निषेधाज्ञा हटे पनि मन्दिरहरू खुला गरिएको छैन । विगतका वर्षमा दशैँपछि लुम्बिनीमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल हुन्थ्यो । कोरोना महामारीका कारण भीडभाड नभए पनि आन्तरिक पर्यटक क्रमशः लुम्बिनी आउने क्रम बढेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताउनुभयो ।

गोरखापत्र

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन - लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल स...

उज्यालो अनलाइन

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित

१५ कात्तिक, चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् …

अनलाइनखबर

पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् ।           चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । “कोरोनाको कहरले थला परेको बन्दीपुरको पर्यटन व्यवसायलाई गतिशिल बनाउनका लागि पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो, “त्यसका लागि सबै होटल व्यवसायीले छुट प्याकेज सार्वजनिक गरेका छन् ।”           यतिबेला छिटपुट रुपमा आन्तरिक पर्यटक बन्दीपुर भ्रमणका लागि आइरहेको र छुट प्याकेजले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । अध्यक्ष प्रधानका अनुसार सङ्घमा आबद्ध ७७ होटलमा आउने पाहुनाले उक्त छुट पाउनेछन् । “सुरक्षाको मापदण्ड अपनाएर होटल रेष्टुरेण्ट खुलेका छन् । पर्यटकलाई सुरक्षित रुपमा स्वागत तथा विदाईको अभियान चलाएका छौं”, उहाँले भन्नुभयो, “छुटको प्याकेजले आन्तरिक पर्यटक आकर्षित हुनेमा हामी विश्वस्त छौ ।”           बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले पर्यटकको चहलपहल नहुँदा बन्दीपुर ठप्पप्राय भएको अवस्थामा छुट प्याकेजले केही राहत दिने बताउनुभयो । “होटल व्यवसायीले कर्मचारी कटौती गरेका छन्, व्यवसाय धारासायी हुने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो ।           होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित पर्यटकलाई स्वागत गर्न यहाँका व्यवसायी तयार रहेको बताउनुभयो । “स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर होटल सञ्चालनमा ल्याएका छौं, यसका साथै छुट प्याकेज समेत समावेश गरिएको छ”, उहाँले भन्नुभयो । विदेशी पर्यटकले लामो समय बन्दाबन्दी भएपछि पहिल्यै बुकिङ रद्द गरिसकेको र आफूहरुलाई आन्तरिक पर्यटककै आश रहेको गुरुङको भनाइ छ ।    

गोरखापत्र

पर्यटकीय क्षेत्रमा चहलपहल सुरु

कोरोना भाइरसको संक्रमण बढेसँगै सुरु भएको लकडाउनमा सुनसान र बन्द सरह रहेका जिल्लाका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । चहलपहल बढ्न थालेपछि स्थानीय युवाहरुले पर्यटकीय क्षेत्रको सरसफाई गर्न थालेका छन् । सामाजिक दूरी कायम गर्दै पर्यटकीय क्षेत्रमा चहलपहल हुन् थालेपछि उक्त क्षेत्रको सरसफाई गर्न थालिएको हो । सुनसान रहेका पर्यटकीय क्षेत्रमा भएको फोहोर संकलन गरेर सफाई गरिएको छ ।

कारोबार दैनिक

पर्यटकीय क्षेत्रका होटल : सौराहमा आधा, पोखरामा १०% खुला

लकडाउनका कारण चार महिनादेखि बन्द भएका चितवनका पर्यटकीय क्षेत्रका होटल बिहीबारबाट खुला भएका छन् । तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको सौराहा क्षेत्रका होटल बिहीबार ५० प्रतिशत खुला भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, “अब यहाँका होटल खुला भएका छन्, आएर बस्न सामान्य कार्यक्रम गर्न सकिन्छ, ५० प्रतिशत होटल अहिले खुलेका छन् । ”

गोरखापत्र

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उहाँले भन्नुभयो, “लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् ।” होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र

आगामी सिजनलाई ९० प्रतिशत होटल बुकिङ

सन् २०१८ को सुरुवातमै पर्यटक आगमनदर उत्साहजनक रूपमा वृद्धि भएको छ । पर्यटन व्यवसायीहरूका अनुसार चालू वर्षमा बन्द हडतालको संख्यामा आएको कमी तथा नेपालमा राजनीतिक संक्रमणकाल समाप्त भइकाले पर्यटक आगमनदर बढेको हो । पर्यटक आगमन मापन गर्ने मुख्य सूचक होटल बुकिङ नै उत्साहजनक रहेको देखिन्छ । व्यवसायीहरूका अनुसार आगामी सिजनको लागि होटल बुकिङ ९० प्रतिशतभन्दा बढी रहेको व्यवसायीहरूले जनाएका छन् ।

Karobar Daily