छोटकरीमा : असोज महिना - आर्थिक, न्यायीक एवं शैक्षिक गतिविधिहरू :

असोज महिनाभर देशभर आर्थिकरुपमा के-कस्ता निर्णयहरू भए ? न्यायिक क्षेत्रभर केकस्ता कामहरू भए ? शैक्षिक गतिविधिहरू यस महिनाभर कस्तो रह्यो ? सम्पूर्ण खबरहरू एकासाथ यहाँ पाउनुहोस् ।



संसद्को विकास तथा प्रविधि समितिको बैठकले क्लिन फिड तोकिएअनुसार कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो। आउँदो ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी विज्ञापन ऐनको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो।



एक वर्षको अन्तरमा दोस्रोपटक विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अर्न्तराष्ट्रिय बोलपत्र सोमबार विधिवत रद्द भएको छ। बोलपत्रमा सहभागी ४ वटा अन्तर्राष्ट्रिय कम्पनीका केही कागजात अपुरो देखिएको र प्रकृयागत कमजोरी देखिएकाले प्रस्तावको प्राविधिक मूल्याङ्कन समितिले दिएको सिफारिसअनुसार अन्तर्राष्ट्रिय टेन्डर रद्द गरिएको हो।



गोरखा नगरपालिकाको एक तला माथिको टपबाट झ्यालको अगाडि उभिएर जोखिमसाथ सेवा लिइरहेको तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्‍जालमा विभिन्‍न टीकाटिप्पणी भएका थिए। मंगलबार एक महिलासहित ३ सेवाग्राही झ्यालमा उभिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको गोरखा नगरपालिकाले पनि स्वीकारेको थियो। 



सरकारले गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि-२०७७ जारी गर्दै तोकिएको १५ वटा अस्पतालबाट सेवाग्राहीले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने बताएको छ।



रसुवागढी नाकाबाट पुन: सामान आयात हुन थालेको छ। तीन सातादेखि नाकाबाट सामान आयात ठप्प भएको थियो। कोरोना कारण माघ १५ गतेदेखि ठप्प भएको नाका जेठ महिनाबाट सञ्चालनमा आएको थियो।



मन्त्रिपरिषद्को बैठकले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो। ती जिल्लामा विश्व बैंकमार्फत् हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। विपद् पुननिर्माण प्राधिकरणले बजेट परिचालन गर्ने उनको भनाइ छ। 



सरकारले अध्यादेशमार्फत् फौजदारी अपराध संहिता संशोधन गरेर तेजाब आक्रमणसम्बन्धी कसुरमा कठोर सजाय निर्धारण गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते एसिड आक्रमणका पीडितसँग सामूहिक छलफल गरेर १५ दिनभित्र कडा कानुन ल्याउने आश्वासन दिएका थिए। र मातहतका निकायलाई निर्देशन पनि दिएका थिए।



सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको नयाँ मिति तोकेको छ।बुधबार असोज १ र ६ गते बसेको मन्त्रिपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निजामति कर्मचारीको आधारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गतेका लागि तोक्ने निर्णय गरेको जानकारी दिए।



सरकारले नेपाल चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल वार्ताका लागि कार्यसूची र टोली स्वीकृत गरेको छ। असोज १ गते ६ गते बसेको मन्त्रिपरिषद्‌का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनको व्यापार प्रबर्द्धन लागि बैठक फलदायी हुने बताए। त्यसैगरी सरकारले नेपाल र चीन दुई देशका महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ।



सुदूरपश्चिम प्रदेश वन निर्देशकसहित ८ जना वन अधिकृतहरूले आफूलाई प्राप्त कानुनी अधिकार दुरुपयोग गरेको भन्दै संसदीय उपसमितिले कारबाहीका लागि सिफारिस गर्न संघीय संसदको सार्वजनिक लेखा समितिलाई सुझाव दिएको छ। सार्वजनिक लेखा समितिको उपसमितिले वन व्यवस्थापन कार्यक्रममा अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरी अनियमिततामा सामुदायिक वनका पदाधिकारी पनि संलग्न रहेको प्रतिवेदनमा लेखेको छ।



सार्वजनिक गर्न जवाफदेहीता निगरानी समितिले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद भन्दै निष्पक्ष छानबिनको माग गरेको छ। केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा बन्दी जीवन बिताइरहेका सिरहाको सिद्धार्थ नगरपालिका ५ निवासी जैसवालको असोज ३ गते कोरोनाबाट मृत्यु भइ वीर अस्पतालमा राखिएको बताइएको थियो। 



परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले बिहीबार विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। पासपोर्ट छपाइका निम्ति एक वर्षको अन्तरमै भएको यो तेस्रोपटकको बोलपत्र हो।



प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’खारेज गरि वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ। यस्तै, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालनमा अनियमितता गरी विभिन्न व्यक्तिहरुले अस्वभाविक रुपमा उच्च जीवनयापन गरेको देखिएकाले आवश्यक अनुसन्धान गरि कारबाही गर्न समेत निर्देशन दिनुपर्ने बताइएको छ।



पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सातामा दुई दिन बिदा दिनेगरी कार्ययोजना तयार पार्न कार्यदल गठन गरेको छ। कोरोना सङ्क्रमणले पर्यटन क्षेत्र थिल्थिल्याएका बेला मन्त्रालयले सातामा दुई दिन बिदा दिएर उकास्न गृहकार्य थालेको बताइएको छ।



मन्त्रिपरिषदले एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो।नयाँ कानुनअनुसार एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको छ। 



विगत चार दशकभन्दा लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न काठमाडौं सीतापाइलाका देवेन्द्रविक्रम रोका छपालीले लागुऔषध कारोबारबाटै करिब एक अर्ब अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ। उनको सबै नगद र घरजग्गा जफतको मागसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको हो।



दुई दिनको प्रयासपछि जिल्लाको सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका तीन जना घाइतेको उद्धार गरिएको छ।उनीहरुलाई कैलाश एयरको हेलिकप्टरले शुक्रबार दिउँसो ४ बजे काठमाडौंको टिचिङ अस्पताल पर्‍याएको हो।



बझाङकी सम्झनाका लागि न्याय माग्दै नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघले आइतबार काठमाडौंमा सडक बहस गरेको छ। बहस कार्यक्रममार्फत महिला संघले सम्झना विकका बलात्कारी र हत्यारालाई कारबाही गर्न माग गरेको छ। 



मोरङको बुद्ध माध्यमिक विद्यालयले पठनपाठन शुरु गरेको छ। केराबारी गाँउपालिका– ९ मा रहेको बुद्ध माध्यमिक विद्यालयले आइतबारदेखि पठनपाठन शुरु गरेको हो। दिनमा तीनदेखि चारवटा कक्षाका विद्यार्थीलाई बोलाएर मास्क, फेससिल्ड लगाएर पठनपाठन सुरु गरिएको प्रध्यानाध्यापक छवि धमलाले बताए। 



नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले आठौँ राष्ट्रिय विज्ञान सप्ताह विभिन्न भर्चुअल कार्यक्रम गरी मनाएको छ। सरकारले हरेक वर्ष १ असोजलाई विज्ञान दिवस र १ देखि ७ गतेसम्मलाई विज्ञान सप्ताहका रूपमा मनाउने गरेको छ। कोभिड–१९ का कारण यस वर्ष विज्ञान दिवसमा समेत उल्लेख्य कार्यक्रम भएनन्।



यस वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गणेश राई र गणेश चौधरीलगायतलाई प्रदान गरिएको छ। राईलाई ‘भाषागत पत्रकारिता पुरस्कार’ र चौधरीलाई ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। पुरस्कारको राशि क्रमश: २० हजार र १५ हजार रुपैयाँ रहेको छ।



नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न शैक्षिक मुद्दाहरु सुनुवाइको माग गर्दै त्रिभुवन विश्‍वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ। नेविसंघ त्रिवि समितिकी अध्यक्ष सम्झना केसीको नेतृत्वमा गएको नेविसंघको टोलीले मंगलबार त्रिविका पदाधिकारीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको हो।



कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन्। जिल्लाको पाँचखाल नगरपालिकाले अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुसँग छलफल गरेर सोमबारबाट पठनपाठन शुरु गरेको छ।



लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको भूभाग समेटेर तयार पारिएको नक्सा समावेश भएको पुस्तक वितरणमा सरकारबाटै अवरोध सिर्जना भएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीका लागि यो प्रकाशन गरेको छ, तर यो पुस्तक तत्काल वितरण नगर्नू भनेर प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन्। 



जिल्ला प्रशासन कार्यालय सल्यानले एक सूचना प्रकाशन गरी शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको छ। जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि प्रशासनले शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलनमा रोक लगाएको हो।



नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले ‘युवा वैज्ञानिक फोरम’ स्थापना गरेको छ। विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा युवाहरूलाई सहयोग, सहकार्य र प्रोत्साहन गर्नका लागि राष्ट्रियस्तरको साझा फोरम स्थापना गरिएको हो।



सरकारले ६ सय ३७ वटा स्थानीय तहमा प्राविधिक शिक्षालय खोलेको छ। ०७४ को निर्वाचनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट सबै स्थानीय तहमा दुई वर्षभित्र प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेका थिए।



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्रविधिमैत्री ढंगले कक्षा र परीक्षा सञ्चालन गर्न बाटो खुला गरेको बताएका छन्। ‘संकटको वेला सिकाइलाई अवरुद्ध पार्नुहुन्न, वैकल्पिक पद्धतिबाट भएपनि सिकाइ र सिर्जनात्मक अभ्यासलाई निरन्तरता दिनुपर्छ, यसका लागि संघले मात्रै हाेइन, प्रदेश र स्थानीय तहले पनि सहजीकरण गरेका छन्,’ मन्त्री पोखरेलले भने। 



लोक सेवा आयोगले कोरोना कहरका कारण स्थगित भएका परीक्षा सुचारु गर्ने भएको छ। आयोगले अधिकृतको १८ कात्तिकदेखि तथा नासुको ७ मंसिरदेखि लिखित परीक्षा सुचारु गर्ने मनाशय सहित परीक्षा तालिका सार्वजनिक गरेको छ। 



आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ। ०७४ फागुनमा यो सरकार बनेपछि मन्त्रीहरूको सम्पत्ति एकपटक मात्र सार्वजनिक गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठन हुँदा थपिएका १२ जना मन्त्रीको सम्पत्ति त एकपटक पनि सार्वजनिक भएको छैन।



सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ। नेपाल राष्ट्र बैंकमार्फत सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसारको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ। जसअनुसार केन्द्रीय बैंकले प्रथम चौमासमा ५७ अर्ब आन्तरिक ऋण उठाउने गरी लक्ष्य लिएको छ। 



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकको गुनासो सुन्‍ने कार्यविधि बनाएर लागु गरेको छ। केन्द्रीय बैंकको नियमन विभागले सोमबार उक्त कार्यविधि जारी गर्दै लागु गरेको छ। वित्तीय ग्रहकको हित संरक्षण तथा समान व्यवहारको लागि ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि - २०७७’ लागु गरेको केन्द्रीय बैंकले जनाएको छ। 



नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ जारी गरेको छ। धितोपत्र व्यवसायीको जोखिम मुल्यांकनलाई थप व्यवस्थित गर्न उक्त म्यानुअल जारी गरेको बोर्डले जनाएको छ। 



जागिर छाड्ने क्रम बढेपछि नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई सुविधा बढाउन थालेको छ। कल्याणकारी कोषमार्फत यस वर्षदेखि प्रहरीका सुविधा थपिएका छन्। त्यसमध्ये पछिल्लो सुविधा हो, सहुलियत घर कर्जा। घर बनाउन चाहने प्रहरीले कल्याणकारी कोषबाट सहुलियतपूर्ण कर्जा पाउने भएका छन्। कोषबाट पहिलोपटक घर कर्जा दिइन लागेको हो।



नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घटाएको छ । बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९-८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ ।



सरकारले करका दर र अन्त:शुल्क घटाउने निर्णय गरेको छ । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए ।



करका दर र अन्त:शुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्त:शुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागतयोग्य कदम भनेका छन् ।



बंगलादेश सरकारले ५० हजार टन युरिया मल पैंचो दिन सहमति जनाएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गृहकार्य तीव्र पारेको छ । मल ढुवानी गर्न मन्त्रालयले तीन विकल्पबारे छलफल गरिरहेको छ । त्यसमा ट्रकबाट ढुवानी छिटो छरितो हुने मन्त्रालयको निष्कर्ष छ ।



कोभिड–१९ को संक्रमण बढिरहेका बेला कोरोना बिमामा झन् कठोर प्रावधान ल्याइएको छ । बिमा कम्पनीहरूको प्रभावमा परेर बिमितको हितविपरीत बिमा समितिले कोरोना बिमामा कडा प्रावधान थपेको हो ।



राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेजाव आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था लागि अध्यादेश जारी गरेकी छिन्। उनले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ लगायतका तीनवटा अध्यादेश जारी गरेकी हुन् । 



सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिद अनियमिततामा मुछिएका ओम्नी बिज्नेश कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई तत्काल कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ।लकडाउन लगत्तै स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको ओम्नीले गुणस्तरिय सामान नल्याएको अनि समयमा सामान समेत आपूर्ति नगरेको भनी स्वास्थ्य सेवा विभागले उसँगको खरिद सम्झौता रद्द गरेको थियो।



सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत देशभरका सामुदायिक र साझेदारी वनमा काटिएका सालका काठको बिक्री साधारणसभाबाट निर्णय गराएर खुलाउन सुझाव दिएको छ। यसो गर्दा विदेशबाट सालका काठ आयात रोक्न सकिनेछ।



सांसदहरुले रेल्वे बोर्डमा कार्यकारी समिति आवश्यक रहने वा नरहने विषयमा अझ बढी छलफल आवश्यक रहेको बताएका छन्।राष्ट्रिय सभा अन्तर्गतको विधयान व्यवस्थापन समितिको सोमबारको बैठकमा ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७६’ माथि छलफल गर्दै सांसदहरुले कार्यकारी समिति राख्‍ने वा नराख्‍ने सम्बन्धमा अझ स्पष्ट हुनुपर्ने बताएका हुन्।



संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विगतमा घरेलु काममा श्रमिक पठाउन पूर्ण रूपमा बन्देज लगाउन सरकारलाई निर्देशन दिएकोमा अहिले घरेलु कामदार विदेश पठाउनका लागि निश्चित सर्तहरू तोकेको छ। समितिको मंगलबार बसेको बैठकले कस्तो–कस्तो अवस्थामा घरेलु कामदारका रूपमा पठाउन सकिने भन्ने सर्त तोकेको छ।



संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिले ठूलो रकम लिएर नेपालीलाई अवैध बाटोबाट लग्दै मानव बेचबिखनजस्तो गम्भीर आपराधिक कार्यमा संलग्न म्यानपावरको दर्ता खारेज गरी कारबाही गर्न निर्देशन दिएको छ। 



सरकारले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङ (भूमिस्थ सेवा) सुविधाबारे नेपाल एयरलाइन्स (वायुसेवा निगम)ले आफ्नो धारणा सार्वजनिक गरेको छ।मंगलबार एक विज्ञप्ति जारी गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्ससँग रहेको ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने कामको सुरुआत यसैमार्फत गरेको निगमले आरोप लगाएको छ।



मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा आफ्नो काम बन्द गर्ने निर्णय गरेको छ। भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण यस्तो निर्णयमा पुगेको एआईले जनाएको छ। दुई वर्षदेखि लगातारको अनुसन्धान र खातासमेत रोक्का गरिएपछि सबै काम बन्द गर्ने निर्णयमा पुगेको एआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 



प्रहरी प्रधान कार्यालय, नक्सालले कर्मचारीको सरुवासम्बन्धी ०६९ सालबाट कायम रहेको मापदण्डलाई संशोधन गरेको छ। नयाँ मापदण्डअनुसार अब प्रहरी कर्मचारी कुनै पनि युनिटमा एक वर्षसम्म ढुक्कले काम गर्न पाउनेछन्। तर आर्थिक वा अन्य कुनै किसिमको विवादमा मुछिए तत्काल फिर्ता बोलाउन सकिने व्यवस्था गरिएको छ।



प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। कार्यवाह अध्यक्ष बुढाथोकीले आज दश बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै काउन्सिलमा नयाँ शैली अवलम्बन गरी आजको काम आजै सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।



नेपाल नागरिक उड्डयन प्राधिकरणले भोलिदेखि लागु हुने गरी उडान कोटा बढाएको छ। जसअनुसार अब बुद्ध एयरले सबै भन्दा बढी दैनिक २९ र यति एयरलाइन्सलाई दैनिक १९ वटा उडान गर्न पाएको छ। यस्तै, श्री एयरले १२, सिम्रिक एयर र सौर्य एयरले २/२, तारा, समिट र सिता एयरले ४-४ उडानको अनुमति पाएका छन्।



नेपाल नागरिक उड्‍डयन प्राधिकरणले थाई एयर र एयर इन्डियालाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको अनुमति फिर्ता लिने भएको छ। सरकारले हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्‍यान्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला यस्तो निर्णय आएको हो।



सार्वजनिक निकायमा हुने अनियमितताको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै अख्तियारको दुरुपयोग भएको छ । अनाथ तथा असहाय बालबालिकाको हितमा काम गर्दै आएको नेपाल बाल संगठनको जग्गामा ग्यारेज बनाएर आयोगले प्रयोग गर्दै छ ।



कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवीत’लाई सफाई दिने आफ्नै फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरु दिपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले बिहीबार पुनरावलोकनका लागि ‘निस्सा हुने’ आदेश गरेको हो । 




त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिलोपटक अनलाइन माध्यमबाट प्राध्यापक छनोट गरेको छ। विदेशी विज्ञसहितको छनोट टोलीले ५० वर्षभन्दा कम उमेरका प्रतिस्पर्धीमध्येबाट दुई प्राध्यापक र १६ सहप्राध्यापक छानेको हो।  



उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले राजीनामा माग गरेका छन्। प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजमा आबद्ध करिब ३ सयजना चिकित्सकहरुले उपकुलपति गिरीको राजीनामा गरेका हुन्।



करिब ३० वर्ष काठमाडौंको बौद्ध महांकालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ। उनका यसअघि प्रकाशित ६ वटा निबन्ध संग्रहबाट चर्चित साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’मा संग्रहित छन्



रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ। नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो।



लेखक तथा पत्रकार विजय कुमारको दोस्रो पुस्तक ‘सम्बन्धहरू’ सार्वजनिक भएको छ । मदन पुरस्कार विजेता ‘खुशी’का लेखकको यो दोस्रो कृति हो ।



पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. प्रेमनारायण अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बुधबार नियुक्त गरेका हुन् । 



कोरोना संक्रमणको जोखिमबीच निजी तथा सामुदायिक विद्यालय धमाधम खुल्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका जारी गरी विभिन्न विधिमार्फत विद्यार्थी सिकाइ सहजीकरण गर्न भनेपछि विद्यालय खुल्न थालेका हुन् ।



नेपालको ०७२ सालमा आएको भूकम्पपछिको क्षतिपछिको पुनर्निमार्णमा भारतले ठूलो सहयोग गरेको छ । शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा संयुक्त रुपमा शुभारम्भ गरेका छन् । 



कोरोना भाइरसको जोखिमका कारण शैक्षिक संस्थाहरु ठप्प भएको अवस्थामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाटै परीक्षा लिएको छ । गत भदौ १२ गते मिड टर्म परीक्षा लिएको विश्वविद्यालयले शनिबारदेखि अन्तिम परीक्षा लिएको हो । विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहको सातौं र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परीक्षा अनलाइनबाट लिएको परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।



 सम्पत्ति शुद्धीकरण विभागले ‘हेलिकोप्टर बले’ भनेर चिनिएका गुण्डानाइके बलराम सापकोटा र उनी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको विभाग स्रोतले बताएको हो।



विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रुपमा विस्तार गर्न नागरिक उड्डयन प्राधिकरण, प्रदेश-१ सरकार र विराटनगर महानगरबीच सोमबार सम्झौता भएको छ। आन्तरिक उडान भइरहेको विराटनगर विमानस्थलको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गरेर आवश्यक पूर्वाधार निर्माण गर्ने समझदारी पत्रमा उल्लेख छ। 



नेपालमा गाँजाखेती खुला गर्न संघीय संसदमा संकल्प प्रस्ताव समेत पेश भएको छ । कानुन नै बनाएर गाँजाखेती खुला गर्नुपर्ने बहस चलिरहँदा प्रहरीले गाँजा र भाँगोको बोट नष्ट गर्ने अभियान पनि तीव्र बनाएपछि बागलुङका कृषक रुष्ट बनेका थिए । स्थानीय कृषक रुष्ट बन्दै गर्दा गण्डकी प्रदेशसभामा पनि बागलुङका सांसदले गाँजा र भाङ खुलाउनुपर्ने विषय उठाए । 



 जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका-५ स्थित बेतिनीमा मंगलबार भएको मिनी ट्रक दुर्घटनमा चालकसहित २ जनाको मृत्यु भएको छ । सवारी धनी सख्त घाइते भएका छन्  । 



अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै पनि परिवर्तन नल्याएको जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले आफ्नो भिसा नीतिमा कम्युनिष्ट पार्टीका सदस्यहरुमाथि कडा प्रावधानहरु ल्याएको भन्ने समाचारको खण्डन गरेको हो।



अपराधमा संलग्न भएका तीन प्रहरी जेल चलान भएका छन् । लागुऔषधको कारोबारमा संलग्न प्रहरी निरीक्षक तथा संगठित मुद्दा लागेका दुई सिपाहीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । 



कर्णाली प्रदेशको जुम्लामा रहेको प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्षअघि चोरी भएका बहुमूल्य मूर्तिहरूमध्ये थप दुई पुरातात्विक मूर्ति भेटिएका छन् । 

११ मंसिर ०७३ मा मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये सोमबार प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो । 



 धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको ६ महिना नबित्दै पछिल्लो समय दैनिकजसो आन्दोलन हुन थालेको छ । एउटा संस्थाको आन्दोलन किनारा नलाग्दै अर्को संस्थामा आबद्ध प्रतिष्ठानभित्रका चिकित्सक, कर्मचारी, नर्सहरू आन्दोलित हुन थालेका छन् ।



बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले थालेको २५ करोड रुपैयाँसम्मको सिटी स्क्यान उपकरण खरिद प्रक्रिया विवादमा परेको छ। प्रतिष्ठानले असार २८ मा उक्त मूल्य बराबरको आधुनिक सिटी स्क्यान उपकरणको टेन्डर आह्वान गरेको थियो।

विभिन्न चार वटा कम्पनीले टेण्डर भरेकोमा कसैले पनि निर्देशित विशेषताको सिटी स्क्यान ल्याउने प्रतिवद्धता जनाउन सकेका छैनन्।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रूपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाहविरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ । 



परिषद्का अनुसार जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनाराण श्रेष्ठलाई तनहुँ सरुवा र सुनसरी जिल्ला अदालतका राधाकृष्ण उप्रेतीलाई गुल्मी सरुवा गरिएको छ । त्यस्तै, अदालत ललितपुरका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक सरुवा गरिएको छ । 



जाजरकोटस्थित जुनिचाँदे गाउँपालिका– १ ओलभिरमा भे.१ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा वडाध्यक्ष ६ जनाको मृत्यु भएको छ। जुनिचाँदे कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटनामा परेको हो।



सरकारले सबै तहका परीक्षा लिनका लागि सम्बन्धित निकायहरूलाई सैद्धान्तिक सहमति दिएको छ।यसरी परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको सबै स्वास्थ्य सुरक्षाका मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने छ।



नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ ।



त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन् । 

घटना भएको तीन दिनसम्म पनि अपराधी पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र पनि बुझाएका छन् ।  



मुगु जिल्लामा दुई महिनामा ६८ जना बालबालिकामा कुपोषणको समस्या देखिएको छ । साउन र असोज महिनामा मात्रै ६८ जना कुपोषणका बिरामी भेटिएका हुन् ।



तनहुँकाे भानु नगरपालिकाको कार्यालय अन्यत्र तत्काल नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले नगरपालिका कार्यालय तत्कालै अन्त कतै नसार्न अन्तरिम आदेश दिएको हो ।



विश्व बैंकको पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना र लकडाउनले पर्यटन पर्यटन क्षेत्रमा पुर्याएको असरका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान गरेको छ।



फिल्म तथा टेलिश्रृङ्खालगायतमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले सो कार्य गर्नेलाई प्रचलिति कानुन बमोजिम कानुनी कारबाही गर्ने बताएको छ । प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने छ।



 त्रिभुवन विश्वविद्यायका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि चार दिनअघि विश्वविद्यालय परिसरमै आक्रमण गर्नेहरुको पहिचान भएको काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले बताएका छन् । आक्रमणमा गम्भीर घाईते भएका चलाउने मेडिसिटी अस्पतालमा उपचाररत छन् । प्रहरीले घटनामा संलग्नलाई पहिचान गरी प्रक्राउ गर्न नसकेको भन्दै प्राज्ञिक क्षेत्रमा आलोचना भइरहेको छ ।



भू-उपयोग ऐन, २०७६ बनेको लामो समयसम्म पनि कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएकोबारे राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले चासो दिएको छ ।



चाडपर्वलाई लक्षित गरेर कुलेखानी जलविद्युत् आयोजना पूर्णरुपमा सञ्चालन हुने भएको छ । यस वर्षको वर्षातसँगै पूर्णरुपमा सञ्चालनमा रहेको कुलेखानी जलविद्युत् आयोजनाअन्तर्गत् तीनवटा आयोजना चाडपर्वको समयमा पनि पूर्णरुपमा सञ्चालन हुने भएको हो ।



नेपाल राष्ट्र बैंकले विभिन्‍न भुक्तानी प्रदायक र भुक्तानी प्रणाली सञ्‍चालकबाट भुक्तानी हुने राजस्‍वमा सीमा निर्धारण गरेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था लागु गरेको हो । 



नेपाली इतिहास, संस्कृति एवं पुरातत्त्वका अध्येता डा. गोविन्द टण्डनको 'इतिहासका थप पृष्ठहरू' शीर्षकको पुस्तक बजारमा आएको छ । साङ्‍ग्रिला बुक्सले प्रकाशन गरेको उक्त पुस्तकमा ऐतिहासिक एवं पुरातात्त्विक स्थल, लिच्छविकालिक समाज एवं इतिहासका विविध पक्ष, मठ-मन्दिर, सम्पदा, गुठी व्यवस्था, धर्म,संस्कृति, इतिहास,साँस्कृतिक सम्पदा संरक्षण-सम्वर्द्धनलगायत केही इतिहासपुरुषबारे चर्चा गरिएको छ।



रौतहटका किसानहरूले श्रीराम सुगर मिल्सबाट उखु बेचेबापतको भुक्तानी पाउने व्यवस्था मिलाइदिन संसदीय समितिलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार पुगेका किसानहरूले श्रीराम सुगर मिल्सबाट आफूहरूले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन भन्दै ज्ञापनपत्र बुझाएका हुन् । 



जाजरकोटको भेरी नगरपालिका– ४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको गत १० जेठमा हत्या अभियोगमा जिल्ला अदालतको आदेशउपर उच्च अदालत सुर्खेतमा परेको निवेदनमा घटनामा संग्लन रहेका आरोपितलाई छाड्ने विषयमा दुई न्यायाधीशबीच राय बाझिएको छ । मुख्यन्यायाधीश कुमाल चुँडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो । 



सार्वजनिक जग्गामा सरकारी संरचना निर्माण गर्न थालेपछि रामेछापका दुई वटा कार्यालय भवनको निर्माण कार्य रोक्न स्थानीय प्रशासनले निर्देशन गरेको छ । वाग्मती प्रदेश सरकारअन्तर्गत जिल्ला पूर्वाधार कार्यालय र खानेपानी डिभिजन कार्यालयका भवनहरुको ठेक्का भई निर्माण थालिएको थियो । 



चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । तत्कालीन सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गुल्म (राजस्व भन्सार सुरक्षा गुल्म) खारेज भएसँगै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो



आफूले तोकेको प्रकाशनगृहको पाठ्यपुस्तक प्रयोग नगरेको बताउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धनगढी नगर समितिले विद्यालयहरूबाट जरिवाना असुल्न थालेको छ । नगर समितिले पत्र पठाउँदै तोकिएका पाठ्यपुस्तक प्रयोग नगर्ने प्याब्सन आबद्ध निजी विद्यालयलाई १० देखि ५० हजार रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको छ ।



बंगलादेशबाट पैंचोमा ल्याउने भनिएको ५० टन युरिया मल अझै प्रक्रियामै अड्किएको छ । गत भदौ १६ गते नेपालले बंगलादेशसँग ५० हजार टन युरिया मल पैंचो मागेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन युरिया मल पठाइदिन आग्रह गरेका थिए । 



जारको प्रशोधित पिउने पानीको पुरानै मूल्य कायम गराउन व्यवसायी सहमत भएका छन्। बजारमा २५ रुपैयाँ प्रतिजारदेखि ४० रुपैयाँमा बिक्री भइरहेको पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ तोकिएपछि उपभोक्ता मारमा परेका थिए।



सरकारले बलात्कार जस्तो संवेदनशील विषयलाई महत्त्वका साथ सम्बोधन गर्न छोडेर सत्तामोहमै केन्द्रित भइरहेको बेला चित्रकारहरूले पनि कुची र रङले क्यानभासमा यसको विद्रोह जनाइरहेका छन् । चित्रकला सजावटको सामान मात्रै नभई समाजमा भइरहेका घटनालाई प्रस्तुत गर्ने र त्यसमा आवाज उठाउने राम्रो माध्यम पनि भएको भन्दै चित्रकारहरूले आफ्नो कलामार्फत विरोध र जनचेतना जगाइरहेका हुन् ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रूपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाहविरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ । 



सरकारको कात्तिक ७ देखि अनिवार्य क्लिन फिड (विज्ञापनरहित) लागू गर्नुपर्ने सूचनाप्रति व्यवसायीहरुले स्वागत गरेका छन् । मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ (आन) ले संयुक्त वक्तव्य जारी गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालयको आज जारी विज्ञप्तीप्रति स्वागत गरेका हुन् ।



अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा तेस्रोपटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । 

यससँगै सहुलियत दरमा युवा नै लक्षित तीनवटा कर्जा योजना सञ्चालनमा आएको छ । यसअघि सात लाख रुपैयाँसम्म शिक्षित युवा स्वरोजगार र १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा छन् । 



सर्लाही सदरमुकाम मलंगवामा बुधबार नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 

रामनगर गाउँपालिका– ७, सिसौटका महेन्द्र रामलाई गत २१ असोजमा स्थानीयले कुटपिट गरेको र भोलिपल्ट उपचारको क्रममा उनको निधन भएको थियो ।



विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ । 

पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाहगृह निर्माण गर्न लागिएको हो । 

महानगरपालिकाको आर्थिक वर्ष ०७७–७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी शवदाहगृह निर्माण हुनेछ ।



पर्साको ठोरी गाउँपालिकाको विजयवस्तीस्थित ओरिया खोलाको बगरमा बुधबार राति प्रहरी र हतियारधारी समूहबीच दोहोरो फायरिङ भएको छ ।

हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार पक्राउ परेका ४ जना स्थानीय नै हुन् ।



सियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको छ । नेपाली फुटबलले ग्रासरुट फुटबल विकासमा हाँसिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले एन्फालाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको हो ।



काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकले विद्यालय घेराउ गरेका छन् । 

अभिभावकले कोभिड-१९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् । 


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७७ कार्तिक १४, शुक्रबार

आज संसदीय समितिका निर्देशन कार्यान्वयनमा समस्या, देहरादूनको घटनाप्रति सरकार गम्भीर, राष्ट्रिय फूटबल टिमका ४ खेलाडीलाई कोरोना, इन्स्टाग्राममा चार घन्टा लाइभ गर्न मिल्ने सुविधा थपिँदै, चीनको महत्वाकांक्षी पञ्चवर्षीय योजना सार्वजनिक लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज -२०७७ कार्तिक १३, बिहीबार

आज चौरासिया हत्या प्रकरण: १२ जनाविरुद्ध जाहेरी दर्ता, दशैंमा सबैभन्दा बढी दुर्घटना प्रदेश नं २ मा, ५ सय स्मार्ट लाइसेन्स धानखेतमा भेटियो, भिटेनको नयाँ गीतलाई लिएर प्रहरीले शुरु गर्यो अनुसन्धान, फ्रान्समा आतंककारी आक्रमण लगायतका विषयवस्तुलाई समावेश गरिएको छ।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७७ कार्तिक १२, बुधबार

आज तातोपानी नाका पुन: सञ्‍चालनमा, यस वर्ष धान उत्पादन गत वर्षकै हाराहारी, अबदेखि कोरोना प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै, देहारादूनको गुम्बा स्कुलमा ५१ विद्यार्थी कुटिए, फ्रान्सेली सामानको बहिष्कार मागको समर्थनमा बंगलादेशमा प्रदर्शन लागायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७७ कार्तिक ०५, बुधबार

आज मुख्यत : नेपालमा कोरोनाबाट छुटकारा पाउनेको संख्या करिब १ लाख पुग्यो, रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन, मङ्सिर ९ गतेबाट कक्षा १२ को परिक्षा, सुडानलाई आतंकवादको सूचीबाट हटाउँदै अमेरिका, ट्रम्पको चिनियाँ बैंकमा खाता भएको खुलासा लगायतका खबरहरूलाई समावेश गरिएका छन्। यस बाहेक देश-दुनियाँमा आज के-कस्तो हलचल देखीयो, सम्पूर्ण जानकारी यहाँ पाउनुहोस् ।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७७ कार्तिक ०६, बिहीबार

आज मुख्यत : नेपालमा कोभिड-१९ निको हुनेको स्नाख्या १ लाख नाघ्यो, प्रधानमन्त्री ओली र 'रअ' प्रमुखको भेटले उठाएको प्रश्न, मन्त्रीपरिषदद्वारा २४ अर्ब ऋण स्वीकार, नेकपाको सपथ ग्रहण कार्यक्रममा झडप, सेना र कराँची प्रहरीबीच भिडन्त लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७७ कार्तिक ०३, सोमबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।

छोटकरी सम्पादक

छोटकरीमा : विदेशमा असोज - २०७७

असोज महिनाभर कोरोनाको संक्रमणदर कस्तो रह्यो ? महिनाभर रदेशबाहिर के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? सम्पूर्ण जानकारीहरू एकसाथ एकैठाउँमा थाहा पाउनुहोस्।

छोटकरी सम्पादक