चीनको एक नगरमा ४ दिनमै १ करोड १६ लाख मानिसको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

चीनको चिङ्दाओ नगरमा ४ दिनमा १ करोड भन्दा धेरै मानिसको कोरोना परीक्षण भएको छ ।

गएको हप्ता १३ जनामा कोरोना भाइरस पुष्टि भएपछि सहरका सबै बासिन्दाको परीक्षण गर्ने निर्णय अनुसार पछिल्लो ४ दिनमा १० दशमलव १६ मिलियन अर्थात १ करोड १६ लाख जनाको परीक्षण भएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ ।

चिङदाओका उपमेयर चिउ चिङदाओले गएको सोमबारदेखि बिहीबारसम्म झण्डै १ करोड १६ लाख मानिसमा कोरोना परीक्षण गरिएको र कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको बताएका छन् । गएको मे महिनामा पनि चीनले कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको वुहान सहरका एक करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो ।

कोरोना भाइरसको सङ्क्रमण चीनबाट फैलिन सुरु भए पनि अहिले त्यहाँ सङ्क्रमण नियन्त्रणतर्फ गइसकेको छ । तर विश्वका धेरै जसो देशमा कोरोना भाइरसको महामारी बढिरहेको छ र अझै पनि लकडाउन लगाइएको छ ।

सम्बन्धित सामग्री

चीनले आउँदाे ५ दिनमा चिङ्दाओ सहरका सबैकाे काेराेना परीक्षण गर्ने

काठमाण्डाै – चीनको चिङ्दाओ सहरले सबै नागरिकको कोरोना भाइरसको परीक्षण गर्ने भएको छ । झण्डै ९० लाख जनसङ्ख्या रहेको चिङ्दाओ सहरले आउँदो पाँच दिनमा सबै नागरिकको कोरोना परीक्षण गर्ने जनाएको हो ।  विदेशबाट आएर अस्पताला उपचार गराइरहेका १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि चिङ्दाओ सहरले सबै नागरिकको कोरोना पर...

उज्यालो अनलाइन

पाँच दिनमा ९० लाख मानिसको कोरोना परीक्षण गर्दै चीन

एजेन्सी–चीनको सिङदाओ सहरका  केही क्षेत्रमा कोरोना संक्रमण देखिएपछि ५ दिनभित्र सबै बासिन्दाको पिसीआर परीक्षण गरिने भएको छ। कोभिड–१९ का बिरामीको उपचार गरेको स्थानीय अस्पतालसँग...

पाँच दिनमै सिंगो सहरको कोरोना परीक्षण गर्दै चीन

 बेइजिङ : चीनले पाँच दिनमा सिंगो सहरका बासिन्दाको कोरोना परीक्षण गर्ने भएको छ। क्विङदाओ सहरमा एकै पटकमा ९० लाख जनसंख्याको परीक्षण गर्न लागिएको हो। सहरमा कोरोनाका केही नयाँ संक्रमित भेटिएपछि व्यापक परीक्षणको योजना बनाइएको हो। विदेशबाट आइ स्थानीय अस्पतालमा उपचाररत केही व्यक्तिमा संक्रमण देखिएको थियो। सहरमा नयाँ ...

थाहा खबर

१२ जनामा कोरोना देखिएपछि ९० लाख मानिसमा कोरोना परीक्षण गरिँदै

२६ असोज, काठमाडौं । चीनको छिङताओ सहरमा १२ जना मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सरकारले सहरका सबै ९० लाख मानिसको परीक्षण गर्ने भएको छ । चीनले छिङताओका सबै मानिसको पाँच दिनभित्र कोरोना परीक्षण …

अनलाइनखबर

श्रीमान् कोरोना संक्रमित, उपमेयरले पिसिआर परीक्षण गराउन मानिनन्

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले कोरोना परीक्षणको लागि स्वाब दिन नमान्दा स्थानीयमा त्रासको वातावरण सिर्जना भएको छ। उपमेयर खातुनका श्रीमान् नसरुदीन अन्सारीमा कोरोना संक्रमण पुष्टि भएपछि पनि उपमेयर खातुनले आफ्नो कोरोना परीक्षण नमानेकी हुन्।

नागरिक दैनिक

९ दिनमा वुहानका ६५ लाख मानिसको कोरोना परीक्षण

१३ जेठ, काठमाडौं । चीनले ९ दिनमा वुहानका ६५ लाख मानिसको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरेको छ । १० दिनमा वुहानका सबैको कोरोना परीक्षण गर्ने निर्णय गरेको चीनले ९ दिनमा ६५ लाख मानिसको कोरोना परीक्षण गरको …

अनलाइनखबर

के चीनले दश दिनमा वुहान शहरका सबै बासिन्दामा परीक्षण गर्न सक्छ?

चिनियाँ अधिकारीहरूले वुहानका १ करोड १० लाख मानिसलाई दश दिनमा कोरोनाभाइरस सङक्रमण परीक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए तर त्यसो गर्न त्यो भन्दा बढी समय चाहिने देखिन्छ।

बीबीसी नेपाली

ताप्लेजुङमा ५० जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङ : चैत यता भारतसहित तेस्रो मुलकबाट ताप्लेजुङ आएका ६१ जनाको आरडिटी विधिबाट कोरोना भाइरस नमुना परीक्षण सुरु भएको छ। बैसाख ३ देखि ५ सम्म ५० जनाको आरडिटी गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ पाइएको जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले बताए।  फुङलिङ नगरपालिकामा २५, मेरिङदेन गाउँपालिकामा १५, पाथीभरा...

थाहा खबर