यस साता : कोरोना भाइरस नियन्त्रण सम्बन्धमा भएका माग एवं निर्णयहरू

यस साताभर बढ्दो विश्वव्यापी महामारी कोरोना भाइरसको नियन्त्रणका लागि सरकार एवं स्थायी सरकारले के-कस्ता भूमिकाहरू रहे ? साताभर कोरोनाको प्रभावलाई लिएर केकस्ता मागहरू गरिए ? सम्पूर्ण जानकारी एकसाथ एकठाउँमा पढ्नुहोस् ।



चाडबाड नजिकिएसँगै उडान संख्या बढाउनुपर्ने बेला नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान १३ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । निगमका एक प्राविधिकका अनुसार उक्त विमान असोज ७ गते मेडिकल कार्गो लिन चीनको कुनमिङ उडानमा रहेका बेला सिन्धुलीको आकाशबाटै फर्किएको थियो । नेपाली नाम मकालु भएको वाइडबडीको दायाँ पखेटामा रहेको फ्ल्यापमा समस्या देखिएको संकेत पाइएपछि पाइलटले उडान रद्द गरेका थिए ।



कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब ६ महिनापछि शैक्षिक संस्थाहरु सञ्‍चालनमा आउँदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्‍चालन हुँदा बालबालिकाको सिकाइस्तर भने खस्किएको पाइएको छ ।



सोमबार खुलाइएको तातोपानी नाका भन्सारमा कार्यरत तीन मजदुरमा मंगलबार चीन क्षेत्रमा कोरोना पुष्टि भएपछि मंगलबार पुन: बन्द भएको छ । यहाँबाट चीनतर्फ सामाग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरिएकोमा अहिलेसम्म ७ जनामा संक्रमण देखिएको छ ।



पर्यटनमन्त्री योगश भट्टराईले कोरोनाका कारण बन्द भएका धार्मिक स्थलहरू १ कात्तिकदेखि खोल्ने तयारी भएको बताएका छन् ।

भट्टराईले सुरक्षाका सबै मापदण्ड अपनाएर र निश्चित संख्या तोकेर धार्मिक स्थलहरुमा क्रमशः भ्रमण तथा अवलोकन खुल्ला गर्ने प्रस्ताव भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकमा लगिने उनले जानकारी दिए । 



सरकारले सबै तहका परीक्षा लिनका लागि सम्बन्धित निकायहरूलाई सैद्धान्तिक सहमति दिएको छ।यसरी परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको सबै स्वास्थ्य सुरक्षाका मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने छ।



 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना संक्रमणसँगै कोरोना संक्रमितको उपचारका लागि अस्पतालले भार धान्न नसक्ने जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोरोना प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले विशेषगरी काठमाडौं उपत्यकामा संक्रमितको उपचार व्यवस्थापनमा थप चुनौती बढ्दै गएकाले अस्पतालले भार थेग्‍न नसक्ने बताए ।



नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डल भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएका नेता थापाले बिहीबार बेलुकी होम आइसोलेसनबाटै प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाएका हुन् ।



कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि काभ्रेपलाञ्‍चोकका दुई सरकारी कार्यालय र दुई स्थानीय तहका सेवा बन्द गरिएका छन् । जिल्ला स्वास्थ्य, मालपोत कार्यालय तथा मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् । 



कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको व्यक्ति आइसोलेसनमा नबसे संक्रामक रोग ऐनअन्तर्गत ६ महिना जेल सजाय भोग्‍नुपर्ने भएको छ। सरकारले दसैं, तिहारमा भीडभाड नगर्न र भएकै कपडा तथा सामान प्रयोग गरी घरकै सदस्य मिलेर दसैं मनाउन एवं अनलाइन वा फोनबाट नै यो वर्षको दसैं, तिहारको आशीर्वाद लिन आग्रह समेत गरेको छ 



सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताएका छन् । उनले १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने कोरोना रोग सामान्य नभएको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर पनि कमी नगर्न आग्रह गरे ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक