श्रम ऐन, २०७४ मा क्षेत्राधिकारको घेरामा बैंक वित्तीय संस्था

नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई रोजगारी तथा श्रमसम्बन्धी अधिकार मौलिक हक मानी उक्त हकको अवरोध भए न्यायिक उपचारको व्यवस्था समेत गरेको छ । श्रमिकको हक, हित तथा सुविधाको व्यवस्था गर्न, श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास गर्न, श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्न श्रम श्रम ऐन, २०७४ आएको हो । यसले राष्ट्र सेवक, कर्मचारी तथा कामदार/श्रमिक सम्बन्धमा संवैधानिक व्यवस्था तथा श्रमसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरेको छ । श्रम ऐन, २०४८ ले बैंकिङ तथा बीमालगायत क्षेत्रमा काम गर्ने श्रमिकलाई समेटेको थिएन । यदाकदा गलत कानूनी उपचारको बाटोबाट पीडित हुनु परेको समस्यालाई  श्रम ऐन, २०७४ ले निराकरण गर्न खोजेको देखिन्छ । यो ऐनले प्रचलनमा रहेका श्रम ऐन, २०४८, औद्योगिक प्रशिक्षार्थी ऐन,२०३९ निवृत्त कोष ऐन, २०४२ लाई खारेज गरी त्यससम्बन्धी सबै काम यसै ऐनबमोजिम भए गरेको मानिने व्यवस्था गरिएको छ ।  संविधानमा प्रदत्त मौलिक हकको सरकार वा कुनै संगठित संस्थाले उल्लंघन गरी नेपाली नागरिकको रोजगारीको हक तथा श्रमसम्बन्धी हकको प्रयोग तथा प्रचलनमा बाधा अवरोध गरेमा त्यस्तो हकको प्रचलनका लागि संवैधानिक उपचार पाउने प्रत्याभूति संविधानले गरेको छ । मौलिक हकअन्तर्गत रोजगारी तथा श्रमसम्बन्धी हकको प्रचलनका लागि संवैधानिक उपचारअन्तर्गत अदालतमा असाधारण अधिकार क्षेत्रअन्तर्गत मुद्दा दायर गरी त्यस्तो हकअधिकारको प्रयोग गर्न पाइने संवैधानिक व्यवस्था छ । श्रम ऐनमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धानका सम्बन्धमा यो ऐन लाग हुनेछैन भनिएको छ । विशेष कानूनद्वारा गठन हुने सेवा र विशेष आर्थिक क्षेत्रको हकमा प्रचलित नेपाल कानूनमा नै सेवाका शर्त र सुविधाहरू उल्लेख भएको रहेछ भने त्यस्तो सेवामा सोहीबमोजिम हुने र प्रचलित कानूनमा कुनै व्यवस्था नभएमा त्यस्तो श्रमिकको पारिश्रमिक, सेवाका शर्त र सुविधाको हकमा यो ऐनको व्यवस्था स्वतः लागू हुने व्यवस्था गरिएको छ । यसरी धेरै प्रतिष्ठान वा संगठित संस्थामा कामदार कर्मचारीहरूलाई श्रम ऐन लागू हुने व्यवस्था गरिएको छ ।   श्रमिकलाई कुनै कुराको आधारमा भेदभाव गर्न नपाइने, नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक वा सुविधाभन्दा कम पारिश्रमिक वा सुविधा लिन दिन नपाइने, विधेयकमा उल्लिखित शर्तविपरीत हुने गरी रोजगारदाता तथा श्रमिकबीच रोजगार सम्झौता भएको रहेछ भने त्यस्तो रोजगार सम्झौता ऐनविपरीत मानी बदर हुने व्यवस्था गरिएको छ । प्रत्येक प्रतिष्ठानले आफ्नो आन्तरिक व्यवस्थापनको लागि आवश्यकताअनुसार विनियमावली बनाउन सक्ने र त्यसमा प्रतिष्ठानले श्रमिकका लागि सेवा, शर्त र सुविधासम्बन्धी विनियमावली बनाउँदा वा प्रतिष्ठानले बनाएको विनियमावलीमा स्वीकृति प्रदान गर्ने अधिकारप्राप्त निकायले त्यस्तो विनियमावलीमा स्वीकृति प्रदान गर्दा यस ऐनमा उल्लिखित न्यूनतम मापदण्ड र सामूहिक सम्झौताविपरीत नहुने गरी गर्नुपर्नेछ । न्यूनतम मापदण्डका लागि मन्त्रालयले आवश्यकता अनुसार नमूना विनियमावली बनाउन सक्नेछ । तर, बंैक तथा वित्तीय संस्थाका लागि नेपाल राष्ट्र बैंक र अन्य प्रतिष्ठानको हकमा नियामक निकायले विनियमावली बनाउन बाधा पुर्‍याएको मानिने छैन भन्ने व्यवस्था रहेको छ ।  प्रतिष्ठानले बनाएको विनियमावलीको कुनै व्यवस्था यस ऐन, प्रचलित कानून वा सामूहिक सम्झौतासँग बाझिएमा अदालतले विनियमावलीको त्यस्तो व्यवस्था बदर गर्न वा अन्य उपयुक्त आदेश दिन सक्नेछ । श्रम ऐन, २०४८ बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरूका हकमा लागू नहुने भनी सर्वाेच्च अदालतबाट पटकपटक व्याख्या भएको छ । श्रम ऐन, २०७४ को क्षेत्राधिकार बैंक तथा वित्तीय संस्थाका कर्मचारीका हकमा लागू नहुने तर्क उल्लेख गर्दै प्राइम कमर्सियल बैंक लि., केन्द्रीय कार्यालयले सर्वाेच्च अदालतमा उत्प्रेषणसमेत माग गरी रिट ( मुद्दा नं. ०७८–डब्ल्यूओ–१०२८) दर्ता गरेको थियो । यस रिटको मिति २०७९/०३/१४ मा फैसला भएको छ । श्रम ऐन, २०७४ आए पश्चात विस्तृत रूपमा व्याख्या भएको यो पहिलो हो । यसमा व्याख्या गर्दा उल्लेख भएको अन्तरराष्ट्रिय श्रमसम्बन्धी सम्झौता, अमेरिका, जापान, चीन र भारतका श्रमसँग सम्बद्ध विवाद समाधानका कानूनी पक्ष तथा भारतको अदालती अभ्याससमेत उल्लेख गरिएको छ । सर्वाेच्च अदालतले निवेदक बैंकले उल्लेख गरेको सर्वाेच्च अदालतको पूर्ण इजलाशको ने.का.प. २०७० नि.नं. ९०३९ को फैसलाको आधार र श्रम ऐन, २०७४ को क्षेत्राधिकारका बारेमा कहीँ कतै उल्लेख भएको छैन । यिनै व्याख्याहरू समेतलाई समावेश गरी प्रस्तुत रिट निवेदनमा निवेदक बैंकले उल्लेख गरेको तथ्य तथा नजीरलाई सर्वोच्च अदालतको प्रस्तुत निर्णयमा मौन बसेको छ । श्रम ऐनले मध्यस्थको निर्णय तथा सामूहिक सम्झौतालाई कानूनसरह बाध्यात्मक बनाएको अवस्थामा प्रक्रियागत विषयहरू उठाई श्रमसम्बन्धी मध्यस्थताको निर्णयमा असहमति जनाई असाधारण क्षेत्राधिकारको प्रयोग गरी अदालतमा प्रवेश गर्नु उपयुक्त देखिँदैन भनी श्रम विवादमा मध्यस्थता समितिको निर्णय कार्यान्वयन गराउनुपर्छ भन्ने विषयलाई फैसलाले थप बल प्रदान गरेको छ । श्रम विवाद समाधान गर्दा स्वतन्त्र र स्वच्छ प्रक्रिया सुनुवाइको मौका दुवै पक्षले पाउने कुरामा यस फैसलाले दिशानिर्देशन गरेको छ जसलाई सकारात्मक रूपमा लिनुपर्छ । श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट व्याख्या सर्वोच्च अदालतबाट हुनुपर्छ र अदालतले समेत असल श्रम सम्बन्धको विकास गर्न र श्रम विवादको यथाशीघ्र स्वच्छ, स्वतन्त्र सुनुवाइको प्रक्रियाद्वारा समाधान गरी श्रम शोषणका सबै अवस्थाको अन्य गरी उत्पादकत्व वृद्धि गर्न टेवा पुर्‍याउने किसिमको हुनुपर्छ ।  -लेखक बैंकिङ अपराध विषयमा विद्यावारिधि प्राप्त अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री

नेपाल पे इनस्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने

काठमाडौं । दशैं र तिहार पर्वको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले नेपाल पे इनस्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न पाउने भएका छन् । १ कात्तिकदेखि ३० कात्तिकसम्म लागु हुने यस योजनामा नेपाल पे इनस्ट्यान्ट मार्फत ग्राहकहरुले बैंक/वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक वा कनेक्ट आईपीएसमा लाभग्राहीको रजिष्टर्ड मोबाइल नम्बरको आधारमा फण्ड ट्रान्स्फर गर्न […]

नेपाल पे क्यूआरमा १ लाखभन्दा बढी मचेन्ट आबद्ध

काठमाडौं । बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक मार्फत नेपाल पे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । ४ महिनाको छोटो समयमा १ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध भएको कम्पनीले जनाएको छ । नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा […]

प्रभु बैंकका वित्तीय संस्था कर्मचारी युनियनको तेस्रो अधिवेशन सम्पन्न

प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

अब पे–टिएम, गुगल–पे, फोन–पे मार्फत नेपालका बैंकमा रकम पठाउन सकिने

काठमाण्डौ – गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित् युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालन गर्ने भएको छ । यसका लागि भारतको एनपीसीआई इन्टरनेशनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । यस सम्झौतासँगै अब विभिन्न बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे आदी) मार्फत नेपालका कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागिएको...

गेटवे पेमेन्ट सर्भिस र भारतका दुई कम्पनीबीच सम्झौता

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआइ) सञ्चालन गर्न भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । सम्झौतासँगै अब विभिन्न बैंक वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकबीच अन्तरआबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यबस्था हुने गेटवेल

वाणिज्य बैंक बराबरको सहकारी बैंक कसरी गैर–बैंक वित्त ?

पहिलोपटक राष्ट्रिय सहकारी बैंकले छुट्टै नियामकीय विभाग पाएको छ । यसअघि राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘घ’ वर्गको वित्तीय संस्थालाई हेर्ने सुपरिवेक्षकीय निकायले नै हेर्दै आएको बैंकलाई अब भने छुट्टै गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले हेर्ने भएको हो ।गत शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरिएको र अब सोही विभागले राष्ट्रिय सहकारी बैंकसँगै इजाजतप्राप्त विदेशी विनिमय कारोबार गर्ने संस्थाहरू, हायर पर्चेज कारोबार ग

सुनसरीका बैंक वित्तीय संस्था एक साता बन्द

कोरोना महामारी तीव्र रूपमा फैलिरहेको भन्दै सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाले एक सातासम्म बैंक तथा वित्तीय संस्था बन्द गरेका छन् ।कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन बैक तथा वित्तीय संस्थाहरु पनि एक सातालाई बन्द गर्ने निर्णय गरेको धरान उपमहानगपालिकाका मेयर तिलक राईले बताए ।बैंक तथा वित्तीय संस्थाबाट […]