यस साताको कोरोना प्रभाव :

पछिल्लो सातदिन भित्र देशभर कोरोनाले प्रभाव कस्तो रह्यो ? राजनीतिज्ञ एवं कलाकारहरू को-को कोरोना संक्रमित बने ? यस हप्ताभर नेपालभर कोरोना भाइरस र लकडाउनले पारेको समष्टिगत प्रभावहरू एकै ठाउँमा पढ्नुहोस्।



६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ। कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको सो बजार अहिले सुनसान छ।



उपत्यकामा कोरोना भाइरस संक्रमण फैलिरहे पनि सरकारको निर्णयअनुसार असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीको यातायातका साधन र अन्य व्यापार/व्यवसाथ सञ्चालन भइरहेका छन्। यसबीच काठमाडौं बाहिरमात्रै नभइ राजधानीकै चन्द्रागिरि नगरपालिका ७ महादेवस्थानस्थित चेक पोस्टमा समेत प्रभात माध्यमिक विद्यालयमा कक्षा शुरु गरिएको छ।



लामो समयको बन्दाबन्दी र निषेधाज्ञापछि काठमाडौं उपत्यकालगायत देशभर चलेका सार्वजनिक सवारी साधनहरुमा न्युन मात्रामा यात्रुहरु चढ्दा यातायात व्यवसायीहरु मर्कामा पर्न थालेका छन्। बुधबार काठमाडौंमा चल्ने विभिन्‍न रुटका बस, मिनि बस, माइक्रोबस र ट्याम्पोहरु प्रायः खाली-खाली चलिरहेका थिए । 



कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । प्रदेश प्रमुख कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमित देखिएकोले कन्टयाक्ट ट्रेसिङ गर्दा प्रदेश प्रमुख कलौनीलाई पनि कोरोना पुष्टि भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 



राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोड-१९ (कोरोना) संक्रमण भएको छ । ज्ञवालीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सन्‍जालमार्फत जनाएका छन् । 



नेपालका लागि ब्राजिलकी राजदूत मारिया टेरेसा पेसोआमा कोरोना संक्रमण देखिएको छ । उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आजै कोभिड १९ को रिपोर्ट आएको जानकारीका साथ आफू कोरोना संक्रमित भएको बताएकी हुन्।



प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो । दुबैले शुक्रबार स्वाब दिएका थिए ।



बुढानिलनण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । खरेललाई शनिबार कोरोना संक्रमण पुष्टि भएको नगरपलिकाका प्रवक्ता नवराज भट्टराईले बताए ।



कोरोनाको सर्वाधिक जोखिममा मानिएका ज्येष्ठ नागरिक मात्र होइन, तन्दुरुस्त उमेर समूहका व्यक्ति पनि कोभिड–१९ को सिकार बनेका छन् । कोरानाका कारण २२ देखि ५० वर्षसम्मका एक सय ५४ जनाको मृत्यु भएको छ, जुन सर्वाधिक सक्रिय उमेर समूह मानिन्छ ।



कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै यसले अस्पतालका ओपीडी, शल्यक्रियादेखि अन्य सेवामा प्रभावित पारेको छ । संक्रमण र लकडाउनका कारण सुरक्षित गर्भपतन सेवामा पनि उत्तिकै असर परेको छ ।



एक जना न्यायाधीश र केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बसेका छन् । 



हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो । 

हरिवंश आचार्यका अनुसार उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । 



चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरू सुनसान देखिएका छन् । दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरूमा दसैँ नजिकिएसँगै भिड हुने बजारमा यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो । 



काठमाडौं उपत्यकामा कुल एक सय ८१ आइसियू रहेका छन् जसमध्ये ८२ वटा आइसियू अहिले प्रयोगमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यसैगरी काठमाडौं उपत्यकामा कुल ७६ वटा भेन्टिलेटर रहेका छन् । जसमा २७ वटा अहिले प्रयोग भइरहेका छन् । यो कुल भेन्टिलेटरको ३५.५ प्रतिशत हो । 



लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो ।



लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुत स्वाब परीक्षण)मा उनलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले बताए ।



कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सीमानाकामा कडाइ गरेको छ । सामान्य किनमेलका लागि सर्वसाधारण भारतीय बजार जाने गर्थे । चैतदेखि भएको लकडाउन र त्यसपछि नाकामा गरिएको कडाइले नेपाली बजारमा चहलपहल बढेको हो ।



संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए ।



कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।

चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड-१९ पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले कान्तिपुरलाई बताए 



पहिलाको तुलनामा अहिले केही यात्रु बढे पनि अग्रिम बुकिङबारे बुझ्न कोही यात्रु नआएको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर बताउँछन् । ‘यात्रु कम भएपछि गाडी घटेका छन्,’ उनले भने, ‘तर पहिला आधा सिट खाली खाली हुन्थ्यो, अहिले यात्रु बढ्न थालेका छन् ।’



गत आइतबारसम्म ८४,५७० जनामा देखिएको कोरोना भाइरस बढेर यस आइतबारसम्म १,०७,७५५ पुगेको छ।

गत आइतबारसम्म कोरोना भाइरसका कारण ५२८ मृत्यु भएकोमा यस आइतबारसम्म ६३६

पुगेको छ।

गत आइतबारसम्म ६२,७४० जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर आज ७५,८०४ पुगेको छ।

यस्तै, हालसम्म ११,७६,९८४ जनाको पिसीआर टेस्ट भएको छ भने ४,६१३ जना क्वारेन्टाइनमा रहेका छन्।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक