‘सेरो प्रिभिलेन्स टेस्ट’ गर्न सातै प्रदेशमा खटियो विज्ञको टोली

२३ असोज, काठमाडौं । कोभिड- १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको/नफैलिएको बारेमा गरिने भनेको सरकारी अध्यन बल्ल सुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा २ महिनाअघि एन्टिबडी परीक्षणका लागि ‘सेरो प्रिभिलेन्स टेस्ट’ गर्ने घोषणा गरेको थियो ।

सेरो प्रिभिलेन्स टेस्टको लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबारदेखि सातवटै प्रदेशमा खटाइएको ईडीसीडीले जनाएको छ ।

काठमाडौमा तालीमपश्चात टोलीलाई शुक्रबार प्रदेश खटाइएको हो । ईडीसीडीको निर्देशक डाक्टर वासुदेव पाण्डेका अनुसार गाइडलाइन बनाउने कार्य ढिलो भएकाले अध्यन ढिलो सुरु भएको हो । उनले भने, ‘यो अध्यनको प्राविधिक पाटोको कारणले ढिलो भयो, यसमा हामी मात्र नभएर हामीसँग सहकार्य गर्ने टोली पनि जिम्मेवार छ ।’

ईडीसीडीको अनुसार प्रत्येक प्रदेशका ३० वडामा रहेका मानिसको रगत नमुना परीक्षण गरिने छ भने एक वडामा १५ जनाको दरले नमुना परीक्षण गरिने छ । प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ । डाक्टर पाण्डेले भने, ‘दसैँ अगाडि नमुना संकलनको काम सकिन्छ ।’

नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने अध्यनले पत्ता लगाउने उनी बताउँछन् । उक्त टोलीले सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालिमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ । ‘एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छौ,’ पाण्डेले भने, ‘ती समूहले विभिन्न उमेर समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन् ।’

सम्बन्धित सामग्री

कोभिड–१९ सङ्क्रमण समुदायमा फैलावट १३.९ प्रतिशत

कोभिड–१९ को सङ्क्रमण १३।९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३।९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । यही असोजमा महाशाखाले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गरेको थियो । उहाँले अनुसन्धानमा प्रदेश नं २ र वाग्मती प्रदेशमा सङ्क्रमणको जोखिम बढी भएको देखाएको बताउनुभयो ।

गोरखापत्र

संक्रमण समुदायमा फैलिएको बारे अध्ययन सुरु

काठमाडौं : सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको छ। काठमा...

थाहा खबर

कोरोना भाइरस समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो । महाशाखाले विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा कोभिड– १९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन …

राजधानी दैनिक

कोभिड - १९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’ हुने

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण...

कोभिड - १९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड १९ का कारण कति मानिस प्रभावित बनेका ...

नेपाल आज

‘समुदायमा कोरोना सङ्क्रमण फैलिएको छैन’

राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना विस्तार समुदायमा भने नपुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेको दाबी छ ।

गोरखापत्र