छोटकरीमा यस हप्ता : असोज ११ गतेदेखि असोज १८ गतेसम्म (अन्तर्राष्ट्रिय)

यस हप्ता (असोज ११-असोज १८ गते) भित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? सम्पूर्ण गतिविधिहरू एकैसाथ एकै ठाउँमा थाहा पाउनुहोस्।



कोरोना वस्तुस्थिति :

गत आइतबारसम्म ३,३१,८४,७८४ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार ३,५२,३०,७४६ पुगेको छ। 

गत आइतबारसम्म कोरोना भाइरसका कारण १०,००,३६७ जनाको मृत्यु भएकोमा यस शनिबार १०,३९,३२७ पुगेको छ।

हालसम्म विश्वमा २,६२,१०,८९६ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित प्रभाव :

  • कोरोना महामारीका कारण पेरूको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्यमन्त्री पिलार मज्जेतीले चेतावनी दिएका छन्। पहिलो लहरको कोरोना संक्रमण केही साम्य हुने क्रममा रहेको छ। तर, १ अक्टोबरदेखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधि सुरु भएसँगै प्रकोपको दोस्रो लहरको जोखिम बढेको उनले स्थानीय सञ्चारमाध्यमहरूमा बताएका छन्।
  • कोरोना महामारीका कारण बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सुचारु हुन थालेका छन्। सरकारी अधिकारीहरूले झन्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन्। 
  • भारतका उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। उपराष्ट्रपति नायडूको आधिकारिक ट्विटर ह्याण्डलबाट मंगलबार साँझ नायडूलाई संक्रमण भएको जानकारी दिइएको थियो।
  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कोभिड– १९ का कारण जारी लकडाउन हट्न अझै ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएका छन् । ‘यो लकडाउनबाट बिस्तारै र क्रमिक रूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक वर्षसम्म रहन सक्छ,’ उनले बुधबार मन्त्रिपरिषद्को बैठकमा भने । 
  • अमेरिकी कम्पनी मोडेर्नाको खोप सम्बन्धी गरिएको प्रारम्भिक सुरक्षा परीक्षणमा यसले बढी उमेरका सहभागीमा पनि युवामा जत्तिकै भाइरसलाई निर्मुल बनाउने एन्टिबडिज उत्पादन गर्न सक्ने देखिएको छ । यसको साइड इफेक्ट उच्च डोजमा फ्लुको सुइ जस्तै हुने अनुसन्धानकर्ताहरुले जानकारी गराएका छन् । 
  • कोरोनाका कारण मार्चबाट बन्द रहेका स्कुल तथा कलेज खोल्न भारतको केन्द्र सरकारले अनुमति दिएको छ । अनलक—५ अन्तरगत केन्द्र सरकारले लकडाउन थप खुकुलो गर्दै स्कुलक तथा कलेज यही अक्टुबर १५ बाट खोल्ने अनुमति दिएको हो ।\
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् । 
  • महामारीपछिको पहिलो प्रमुख चाडका लागि चीनमा आठ दिनको देशव्यापी बिदा सुरु भएसँगै यतिबेला लाखौँको सङ्ख्यामा मानिसहरु एकैपटक घुम्न निस्किएका छन् । कोभिड–१९ पूर्ण नियन्त्रणमा आइसकेको दाबी गर्ने चीनका लागि आर्थिक गतिविधि बढाउन यो अति अपेक्षित समय भएको बताइएको छ । 


यस हप्ताका आर्थिक, राजनीतिक एवं न्यायीक गतिविधिहरू :

  • अमेरिकी संघीय एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सेयरिङ एप्स टिकटक अमेरिकामा रोक लगाउने विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन्। राष्ट्रपति ट्रम्पको आदेशअनुसार अमेरिकामा आइतबार रातिदेखि टिकटक डाउनलोड गर्न पाइने थिएन।\
  • अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्त राज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका सर्तलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ। अन्तर-अफगान शान्तिवार्तामा तालिबानका तर्फबाट सहभागी वार्ताटोलीका सदस्य खैरुल्लाह खैरख्वाले आफूहरू संयुक्त राज्य अमेरिकासँग भएको सम्झौताबमोजिम अफगान सरकारसँग वार्तामा बसेको स्पष्ट गर्दै तर अफगान सरकार वार्ताप्रति गम्भीर नदेखिएको बताए।  
  • दक्षिण एसियाली देश श्रीलंकाले २१ कन्टेनर फोहनेर युरोपेली देश बेलायतमा पठाएको छ। भएको के रहेछ भने, बेलायतबाट आयात गरिएका सामानमा खतरनाक फोहाेर र अस्पतालका फोहाेरसमेत राखिएका सामान आफ्नो देशमा आएपछि श्रीलंकाले पुनः ती फोहाेरलाई बेलायत फिर्ता पठाएको हो।
  • आर्मेनियाका पृथकतावादीहरूले नागोर्नी काराबाख क्षेत्रमा सोमबार भएको संघर्षमा आफ्ना थप १५ जना लडाकु मारिएको जनाएका थिए। आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले गरेको कारबाहीमा हालसम्म ३९ जनाको ज्यान गइसकेको थियो। 
  • भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले बुधबार २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ। लखनउमा अन्तिम फैसला सुनाउँदै अदालतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो।
  • अमेरिकाको आगामी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनले सार्वजनिक ‘डिबेट’मा पहिलोपटक एक–अर्काको सामना गरेका छन्। उनीहरूको यो डिबेटलाई इतिहासमै अराजक र तिक्ततापूर्ण भनिएको छ।
  • दुई दिनअघि उपचारका क्रममा मृत्यु भएकी भारतको उत्तरप्रदेश हाथरसकी दलित युवतीको परिवारलाई भेट्न हिँडेका विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र उनकी बहिनी प्रियंकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्ना कार्यकर्तासहित यमुना एक्सप्रेसबाट दिल्लीबाट करिब दुई सय किलोमिटर दूरीमा रहेको हाथरसतर्फ जाँदै गर्दा बाटोमै प्रहरीले रोकेर नियन्त्रणमा लिएको हो । 


विविध:

  • यो साता बलिउड फिल्म इन्डस्ट्रीमा आबद्ध धेरै कलाकारले राम्रोसँग सास लिन पाएनन्। नार्कोटिक्स कन्ट्रोल ब्युरो (एसिबी)ले कुन वेला छापा मार्ने वा अनुसन्धानका लागि अदालत लैजाने हो भन्ने डरमै बलिउडकर्मीको समय बित्यो।बलिउड र ड्रक्स कनेक्सनमा आफू पनि फस्ने हो कि भन्ने भय कलाकारमा देखिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
  • उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजले स्पेनिस ला लिगामा लामो समयसम्म टिकिरहने विश्वास व्यक्त गरेका छन्। एट्लेटिको म्याड्रिडमा पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुआरेजले म्याड्रिडको दोस्रो इनिङ्स पनि सानदार हुने स्पष्ट पारेका हुन्। 

सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक