थप एक हजार ५१३ मा कोरोना पुष्टि


पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै  कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ जना पुगेको छ । एक महिना अघि सङ्क्रमितको सङ्ख्या हजार ३६ हजार ४५६ रहेको थियो ।    

देशका विभिन्न प्रयोगशालामा सो अवधिमा १० हजार ८९१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। आज थपिएका सङ्क्रमितमा पुरुष ९५७ तथा महिला ५५६ रहेका छन् ।

हालसम्म ५५ हजार ३७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उनले बताए। एक महिना अघि निको भइ घर फर्किनेको सङ्ख्या २० हजार २४२ रहेको थियो । पछिल्लो २४ घण्टामा ७३१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म  १० लाख ९ हजार २९८ जनाको पिसिआर गरिएको छ । एक महिना अघि ६ लाख ५८ हजार ११० जनाको पीसीआर गरिएको थियो ।  

हाल देशभर २० हजार ३९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु आइसोलेसनमा छन् । पाँच हजार ७७८ जना क्वारेन्टिनमा रहेका छन् । हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा तथा १० हजार ७०७ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । 

कहाँ कहाँ कति भेटिए सङ्क्रमित

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४९, प्रदेश २ मा ५८, वाग्मतीमा एक हजार २८, गण्डकीमा ३५, प्रदेश ५ मा १९८, कर्णालीमा १ तथा सुदूरपश्चिम  ४४ जना कोरोना  सङ्क्रमित थपिएका छन् । 

प्रदेश नं १ को इलाममा १, उदयपुरमा २, ओखलढुङ्गामा १, तेह्रथुममा २, भोजपुरमा १,  झापामा ९, मोरङमा १०१ तथा सुनसरीमा ३२ जनामा  सङ्क्रमण पुष्टि भएको छ ।  प्रदेश  २ को धनुषामा १०, पर्सामा २३, बारामा ४, रौतहटमा २६, महोत्तरीमा २,  सप्तरीमा ५, सर्लाहीमा ६ तथा सिरहामा ८ जनामा कोरोना देखिएको छ ।

यसैगरी वाग्मती प्रदेशको काठमाडौँमा ७४७, काभ्रेपलाञ्चोकमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ११४, सिन्धुपाल्चोकमा १ तथा सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, नवलपरासी पूर्वमा १५ तथा स्याङ्जामा २ जना कोरोना सङ्क्रमित भेटिएका छन् । 

यसैगरी प्रदेश ५ को कपिलवस्तुमा १८, गुल्मीमा २, दाङमा ११, नवलपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रुपन्देहीमा ९५ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए । कर्णाली प्रदेशको रुकुम पश्चिममा १ जनालाई कोरोना सङ्क्रमण भएको छ ।  सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ तथा बैतडीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

काठमाडौं उपत्यकामा ९३४सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ९३४ कोरोना सङ्क्रमित थपिएको प्रवक्ता डा गौतमले जानकारी दिए। ती मध्ये काठमाडौँका ३०७ महिला र  ४४० पुरुषसहित ७४७, ललितपुरका ४७ महिला र ६७ पुरुषसहित ११४ तथा भक्तपुरका २८ महिला र  ४५ पुरुषसहित ७३ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार २६४ पुगेको छ । काठमाडौँमा १८ हजार ८७७, ललितपुरमा २ हजार ३४६ तथा भक्तपुरमा २ हजार ३७ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७ पुरुष तथा ३ महिला रहेका छन् ।  सङक्रमणबाट मर्नेको संख्या ४९१ पुगेको छ । एक महिना अघि कोरोनाबाट मर्नेको संख्या १९५ जना रहेको थियो ।  

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौँका ६० र ७० वर्षीय चितवनका ५५ वर्षीय तथा बाँकेका ५३ वर्षीय र ३९ वर्षीय पुरुष रहेका छन् । यस्तै सर्लाहीकी ७२ वर्षीया, काठमाडौँकी ५७ वर्षीया तथा बाँकेकी ७६ वर्षीया महिलाको रहेकी छिन् ।
(रासस)

सम्बन्धित सामग्री

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार भन्दा कम

काठमाण्डाै - नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा कममा झरेको छ । पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय ८१ जनामा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ५७ हजार ९ सय २८ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । यस्तै थप ३ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना स...

उज्यालो अनलाइन

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा कम

काठमाण्डाै - नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ५० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ११ मा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप ४ सय १९ जनामा सङ्क्रमण पुष्टि भएसँग...

उज्यालो अनलाइन

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाख ५० हजार नाघ्याे

काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या दुई लाख ५० हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा थप नाै सय ३६ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या दुई लाख ५० हजार एक सय ८० पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  त्यस्तै, पछिल्लाे २४ घण्टामा एक हजार नाै सय ९६ जना ...

उज्यालो अनलाइन

काेराेना भाइरसबाट निकाे हुने बढे, एक हजार ९६ जना सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका एक हजार ९६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ९६ जना सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल १३ हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ७५२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २५ हजार ८०५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । काेराेना भाइरसबाट ९३.७ प्रतिशत निकाे भएका छन् । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५९४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ५३६ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

गोरखापत्र

एक हजार ३४३ सङ्क्रमित थपिए, दुई हजार १११ सङ्क्रमित निको भए

नेपालमा कोरोना भाइरसका एक हजार ३४३  जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ लाख ६३ हजार ९१९ परीक्षण भइसकेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । हाल १५ हजार ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।  मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १११ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २०  हजार २७२ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२.७१ प्रतिशतमा उक्लेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ५७६ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

गोरखापत्र

एकहजार २५५ सङ्क्रमित थपिए, कुल दुईलाख ३१ हजार ९७८ पुग्याे

नेपालमा कोरोना भाइरसका एक हजार २५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार २५५ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । हाल १७ हजार ९०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।  मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४०४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २५ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४७९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६३२ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

गोरखापत्र

एक हजार ४४२ जना सङ्क्रमित थपिए, तीन हजार ५३८ जना सङ्क्रमणमुक्त

नेपालमा कोरोना भाइरसका एक हजार ४४२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ४४२ जना सङ्क्रमित थपिएको र तीन हजार ५३८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ । हाल २८ हजार ८७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २५९ पुगेको छ ।

गोरखापत्र

थप एक हजार ७४१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित हुनेमा एक हजार ६४ पुरुष तथा ६७७ महिला रहेका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ।

नागरिक दैनिक