पर्यटनमन्त्रीले रोके हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा

११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित प्राधिकरणको टोलीलाई मन्त्रालयमा बोलाएर त्रिभुवन विमानस्थलमा हिमालयलले प्राप्त गरेको ग्राउण्ड हृयाण्डिलिङ सुविधा बारे छलफल गरेका थिए ।

त्यसक्रममा यो निर्णय तत्कालका लागि कार्यान्वयनमा नलैजान र हिमालय एयरलाइन्ससँग त्यसका लागि आवश्यक आर्थिक तथा प्राविधिक क्षमता भए-नभएको अध्ययन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालय उच्च स्रोतका अनुसार प्राधिकरणका महानिर्देशक पोखरेलले भने हिमालय एयरलाइन्सबाट ग्राउण्ड हृयाण्डिलिङ निर्देशका पूरा गरी आवेदन आएका कारण विधिपूर्वक सुविधा प्रदान गरिएको जानकारी मन्त्री भट्टराईलाई गराएका थिए ।

मन्त्री भट्टराईले भने राष्ट्रिय महत्व राख्ने विषयमा निर्णय लिँदा मन्त्रालयको उच्च नेतृत्वसँग समेत सल्लाह र सुझाव लिन प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्राधिकरणको अध्यक्ष भने स्वयमः मन्त्री रहने प्रावधान रहेको छ । यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा दिने निर्णय गरेको थियो । अहिले त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ सेवा नेपाल एयरलाइन्सले गरिरहेको छ ।

यसअघि थाई एयर र एयर इण्डियाले यस्तो सुविधा लिइसकेका छन् । हिमालय एयरलाइन्सले सोही प्रावधानमा टेकेर लिएको भएपनि उसँग ग्राउण्ड हृयाण्डिलिङ संचालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा अन्य क्षमता भए-नभएको अध्ययन गर्न मन्त्री भट्टराइले निर्देशन दिएका छन् ।

मापदण्ड नपुग्ने कम्पनीको सुविधा खोस्न निर्देशन

विगतमा सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा लिइसकेका कम्पनीको समेत मापदण्ड अध्ययन गर्न मन्त्री भट्टराईले प्राधिकरणलाई निर्देशन दिएका छन् ।

यसरी अध्ययन गरी मापदण्ड पुरा नगरेको पाइए एयर इण्डिया र थाई एयरको समेत सुविधा खोसेर त्यो जिम्मा नेपाल एयरलाइन्सलाई प्रदान गर्न मन्त्री भट्टराईले निर्देशन दिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

पर्यटनमन्त्री योगेश भट्टराई हिमालयन एयरलाइन्स

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलमा ‘ग्राउण्ड ह्याण्डलिङ’ को भित्रीकथा

२२ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ (भुमिस्थ सेवा) सुविधा उपलब्ध गराएपछि यो विषय गत साता यो राष्ट्रिय मुद्दा बन्यो । प्राधिकरणको नियमित काममा समेत विभागीय मन्त्रीले …

अनलाइनखबर

हिमालयनको ‘ग्राउन्ड ह्यान्डलिङ’मा रोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमालयन एयरलाइन्सले पाएको ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ तत्काल कार्यान्वयन नगराउन निर्देशन दिएको छ । मन्त्री योगेश भट्टराईले आइतबार नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्याण्डलिङको प्रमाण पत्र यथास्थितमा राख्न निर्देशन दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार, मन्त्री भट्टराईले ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ को कार्यान्वयन कार्यान्वयन अहिलेलाई […]

कारोबार दैनिक

हिमालयनको सेल्फ ग्राउन्ड ह्‍यान्डलिङ सुविधा पर्यटन मन्त्रीले रोकिदिए

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा तत्काललाई निर्देशन दिएका छन्। मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितलाई मन्त्रालयमा बोलाएर त्रिभुवन विमानस्थलमा हिमालयनले प्राप्त गरेको ग्राउण्ड हृय...

थाहा खबर

यतीलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सको बिजनेस खोस्दै निजी विमान कम्पनी हिमालय एअरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिएका छन् । हिमालय एअरलाइन्स यती समूहको सदस्य हो ।

नागरिक दैनिक

नेपाल एयरलाइन्सको अस्ट्रेलिया उडान: एजेन्टको कमिसन रोकियो

२४ चैत, काठमाडौं । अस्ट्रेलियामा नेपाल एयरलाइन्सले गरेको चार्टर्ड उडानमा एजेन्टका रुपमा काम गरेको बोन ट्राभल्सको कमिसन तत्कालका लागि रोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको …

अनलाइनखबर