बुटवलमा प्रांगारिक कृषि मेला हुने

बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले फागुनको १० देखि १४ गतेसम्म बुटवलमण्डपमा १२औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागेको...

सम्बन्धित सामग्री

कृषि मेलामा १५ लाखको कारोबार

बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्रांगारिक कृषि मेला सोमबार समापन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा भएको मेलामा १५ हजार...

कृषि मेलामा १५ लाखको कारोबार

प्रांगारिक खेती प्रणालीलाई जोड दिइ कृषिको प्रवर्द्धन गर्नुपर्छ भन्ने निष्कर्षसहित बुटवलमा संचालन भएको राष्ट्रिय प्रांगारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनीले संयुक्त रुपमा आयोजना गरेको मेलामा १५ लाख रुपैयाँको आर्थिक कारोबार भएको छ ।

आजदेखि बुटवलमा कृषि मेला, निःशुल्क अवलोकन गर्न पाइने

रुपन्देही । आजदेखि बुटवलमा सुरु हुने राष्ट्रिय प्रांगारिक कृषि मेला २०८० निःशुल्क अवलोकन गर्न पाइने भएको छ । फागुन १० गते बाट १४ गतेसम्म बुटवल १२ रामनगरमा रहेको प्रदर्शनी केन्द्रमा बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मेला आयोजना गरिएको छ । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद […]

फागुन १० देखि बुटवलमा प्रांगारिक कृषि मेला

८ फागुन, बुटवल । बुटवलमा फागुन १० गतेबाट राष्ट्रिय प्रांगारिक कृषि मेला सञ्चालन हुने भएको छ । बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजानमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा फागुन १४ गतेसम्म मेला हुने भएको हो । मेलामा रहने सय वटा स्टल मध्ये अधिकांश स्टललाई निःशुल्क गरिएको र दर्शकलाई प्रवेश […]

१६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न

काठमाडौं । ५ करोड रुपैयाँको कारोबार गर्दै १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । शनिवार समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पोडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्त्वपूर्ण आवश्यकता रहेको बताए । मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार प्र्र्र्रसारमा सहयोग पुर्‍याउने अर्थमन्त्री पौडेलले बताए । ‘देशमै रोजगारी सृजना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुन्छ,’ उनले भने । घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरणमा सघाउन नेपाल सरकार, अर्थ मन्त्रालय सधैं तयार रहेको उनले बताए । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदा रहँदै पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल तथा उद्यमीहरूको सहयोगको प्रतिबद्धताले मेला आयोजना गरिएको बताए । सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पुर्‍याउन गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो । सरकारले आगाम दिनमा सहयोग गर्ने प्रतिबद्धता गरेकाले सबै उद्यमी व्यवसायीको सहयोगमा आगामी दिनमा पनि मेलाको आयोजना गरिने मेला संयोजक शोभा गुरुङले बताइन् । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो । महोत्सवमा प्राकृतिक रेसाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको थियो । मेला साढे २ लाखले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यसपटक ‘नेपाल १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौं प्रांगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना भएको थियो । मुलुकभरका झन्डै ६ लाख लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको उद्देश्य थियो ।

१६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला शुरू

काठमाडौं । कोरोना महामारीका कारण ३ वर्षदेखि रोकिँदै आएको अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौंमा शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आउँदो शनिवारसम्म सञ्चालन हुने ‘नेपाल १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौं प्रांगारिक कृषि मेला–२०७९’ मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल उद्घाटन गर्नुभएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आयोजनामा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले घरेलु उत्पादन प्रवर्द्धन तथा संरक्षण गर्ने ऐनको अभाव रहेको बताउनुभएको छ । ‘नेपालको आर्थिक स्थितिबारे व्यवसायीहरू जानकार हुनुहुन्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘वित्तीय संकटको स्थितिजस्तो देखिएको छ, बैंक ब्याजदरमा भएको वृद्धिले देखिएको समस्यालाई सम्बोधन गरिनेछ ।’ ब्याजवृद्धि र तरलता अभावले लघु, घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभाव सहज बनाउन सरकारले विशेष पहल गरेको उहाँले बताउनुभयो । उद्योगी व्यवसायीले उपयोग गरेको कर्जा नवीकरण तथा पुनर्कर्जा प्रवाह गर्ने वातावरण बनाउन सरकार लागिपरेको उहाँको भनाइ थियो । निजीक्षेत्रसँगको सहकार्यलाई प्रभावकारी नबनाई देश आर्थिक क्षेत्रका समस्या समाधान गर्ने ठाउँमा जान नसक्ने उहाँले बताउनुभयो । कार्यक्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले ब्याजदर वृद्धि, कर्जा नवीकरण नहुनु र सहुलियतपूर्ण कर्जा उपलब्ध नहुँदा यो क्षेत्रमा थप लगानी गर्न समस्या भएको बताए । उद्योगीले ऋण तिर्न नसक्दा र ब्याजदर वृद्धि हुँदा मृत्यु तथा पलायनका घटना दोहोरिएको उनको भनाइ थियो । ‘आर्थिक व्यावसायिक गतिविधि सहज बनाउन निश्चित समयका लागि कर छूट र ब्याजदर पुनरवलोकन हुनुपर्छ,’ उनले भने । उद्योग ग्रामहरू छिट्टै सञ्चालनमा ल्याएर २०० व्यवसायीले एकै स्थानबाट व्यवसाय गर्न पाउने वातावरण बनाइदिन उनले सरकारसँग माग गरे । मेला उद्घाटन सत्रलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङलगायतले उद्योग व्यवसायको प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका थिए । ‘मेहनत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको, नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ मूल नाराका साथ मेला आयोजना गरिएको हो । मेलाको प्रायोजकमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलगायत निकायहरू छन् ।

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुनको पहिलो साता

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको १६औँ संस्करण र छैटौँ प्रांगारिक कृषि मेला–

माघ १७ देखि ललितपुरमा चौथो प्रांगारिक कृषि मेला

काठमाडौं : माघ १७ देखि २० गतेसम्म ललितपुरको पाटन संग्राहलयमा चौथो प्राङ्गारिक कृषि मेला २०७६ आयोजना हुने भएको छ। अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मेला आयोजना गर्न लागिएको हो। अर्गानिक उत्पानलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न मेलाले सहयोग ...