१६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला शुरू

काठमाडौं । कोरोना महामारीका कारण ३ वर्षदेखि रोकिँदै आएको अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौंमा शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आउँदो शनिवारसम्म सञ्चालन हुने ‘नेपाल १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौं प्रांगारिक कृषि मेला–२०७९’ मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल उद्घाटन गर्नुभएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आयोजनामा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले घरेलु उत्पादन प्रवर्द्धन तथा संरक्षण गर्ने ऐनको अभाव रहेको बताउनुभएको छ । ‘नेपालको आर्थिक स्थितिबारे व्यवसायीहरू जानकार हुनुहुन्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘वित्तीय संकटको स्थितिजस्तो देखिएको छ, बैंक ब्याजदरमा भएको वृद्धिले देखिएको समस्यालाई सम्बोधन गरिनेछ ।’ ब्याजवृद्धि र तरलता अभावले लघु, घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभाव सहज बनाउन सरकारले विशेष पहल गरेको उहाँले बताउनुभयो । उद्योगी व्यवसायीले उपयोग गरेको कर्जा नवीकरण तथा पुनर्कर्जा प्रवाह गर्ने वातावरण बनाउन सरकार लागिपरेको उहाँको भनाइ थियो । निजीक्षेत्रसँगको सहकार्यलाई प्रभावकारी नबनाई देश आर्थिक क्षेत्रका समस्या समाधान गर्ने ठाउँमा जान नसक्ने उहाँले बताउनुभयो । कार्यक्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले ब्याजदर वृद्धि, कर्जा नवीकरण नहुनु र सहुलियतपूर्ण कर्जा उपलब्ध नहुँदा यो क्षेत्रमा थप लगानी गर्न समस्या भएको बताए । उद्योगीले ऋण तिर्न नसक्दा र ब्याजदर वृद्धि हुँदा मृत्यु तथा पलायनका घटना दोहोरिएको उनको भनाइ थियो । ‘आर्थिक व्यावसायिक गतिविधि सहज बनाउन निश्चित समयका लागि कर छूट र ब्याजदर पुनरवलोकन हुनुपर्छ,’ उनले भने । उद्योग ग्रामहरू छिट्टै सञ्चालनमा ल्याएर २०० व्यवसायीले एकै स्थानबाट व्यवसाय गर्न पाउने वातावरण बनाइदिन उनले सरकारसँग माग गरे । मेला उद्घाटन सत्रलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङलगायतले उद्योग व्यवसायको प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका थिए । ‘मेहनत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको, नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ मूल नाराका साथ मेला आयोजना गरिएको हो । मेलाको प्रायोजकमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलगायत निकायहरू छन् ।

सम्बन्धित सामग्री

१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ देखि

१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ।...

महेन्द्रनगरमा फागुन २१ देखि औद्योगिक व्यापार मेला

फागुन तेस्रो सातादेखि कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा २१ फागुनदेखि भीमदत्त नगरपालिका-४ महेन्द्रनगर खुला...

पोखरामा औद्योगिक व्यापार मेला सुरु, दर्शकलाई स्कुटर उपहार

पोखरा – ३२ औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ। पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला नयाँबजारको प्रदर्शनी केन्द्रमा पुस १ गते सम्म चल्नेछ। ‘लगानीको सम्बद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’नाराका साथ आयोजित मेलाको बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले सरकारी नीतिनियमले व्यवसायी क्षेत्रमा समस्या देखिए सहजीकरण प्रदेश सरकार तयार […]

मंसिर तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।...

मंसिर तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।...

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुनमा

नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएकोमा यस पटक अगामी […]

अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै

काठमाडौं– नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन पहिलो सातामा अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङ्गारिक कृषि मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले महोत्सव र मेला आयोजना गर्न लागेको हो ।  हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण तीन वर्षदेखि स्थगित थियो […]

बर्दघाटमा औद्योगिक व्यापार मेला हुने

काठमाडौँ,२६ मँसिर । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाटमा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । यही पुस १ देखि ११ सम्म बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको छैटौँ संस्करण आयोजना हुन लागेको हो । मेलामा दुई सय कक्ष रहने र रु तीन करोड बराबरको कारोबार हुने अनुमान गरिएको बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष […]

रुपन्देहीमा १५ मंसिरदेखि औद्योगिक व्यापार मेला

बुटवल । रुपन्देहीको तिलोत्तमा मणिग्राममा १५-२६ मंसिरसम्म दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्स, तिलोत्तमा उद्योग वाणिज्य संघको सहआयोजनामा मेला हुन लागेको हो । स्वदेशी उत्पादनको प्रबर्द्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको मेलामा […]

बुटवलमा चौथो औद्योगिक व्यापार मेला शुरु

रुपन्देहीको बुटवलमा आजदेखि चौथो औद्योगिक व्यापार मेला शुरु भएको छ । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधिकरण’ नाराका साथ  शुरु भएको मेला बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् ।व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलालाई सम्बोधन गर्दै सुवेदीले बुटवल उपमहानगरमा लगानीमैत्री वातावरण बन्दै गएको बताए । उनले विश्व बैंकको सूचकाङ्कले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सूचीकृत भएको बताए ।सो अवसरमा नेपाल राष्ट्रिय उ