छोटकरीमा यस हप्ता : भदौ २७ गतेदेखि असोज ०३ गतेसम्म (अन्तर्राष्ट्रिय)

यस हप्ता (भदौ २७-असोज ०३ गते) भित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? एकैसाथ एकै ठाउँमा थाहा पाउनुहोस्।



कोरोना वस्तुस्थिति :

गत आइतबारसम्म २,८७,४०,७७८ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार ३,१०,०८,४२४ पुगेको छ। 

गत आइतबारसम्म कोरोना भाइरसका कारण ९,२१,१५० जनाको मृत्यु भएकोमा यस शनिबार

९,६१,७३३ पुगेको छ।

हालसम्म विश्वभर २,२६,१४, ७७८ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित प्रभाव :

  • भारत र पाकिस्तानले कोरोना (कोभिड– १९) महामारीका कारण करिब ६ महिनादेखि बन्द रहेका विद्यालय खोल्ने तयारी गरेका छन्। पाकिस्तानले यही ३० भदौ र भारतले ५ असोजबाट चरणबद्ध रूपमा विद्यालय खोल्ने तयारी गरेका हुन्।
  • कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै इजरेल सरकारले यहुदी नयाँ वर्षदेखि लागु हुने गरी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको थियो। आउँदो शुक्रवारदेखि शुरू हुने दोस्रो लकडाउन कम्तीमा तीन हप्तासम्म कायम रहनेछ।
  • भारतका गृहमन्त्री अमित शाहलाई शनिवार राति दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। गत महिना कोरोना संक्तमण देखिएपछि उनी गुरुग्रामको एक प्राइभेट अस्पतालमा भर्ना भएका थिए। संक्रमणमुक्त भएपछि गृहमन्त्री शाहलाई अस्पतालले डिस्चार्ज गरेको थियो । तर, थकान र शरीरको दुखाइ निको नभएपछि उनी एम्समा भर्ना भएका बीबीसीले जनाएको थियो।
  • भारतका पूर्वकेन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको थियो। उनको आइतबार ७४ वर्षको उमेरमा दिल्लीस्थित एम्स अस्पतालमा उपचारक क्रममा मृत्यु भएको हो। गत जुन महिनामा उनी कोरोना भाइरसबाट संक्रमित भएका थिए।
  • कम्पनी एस्ट्राजेनेकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर गरिरहेको कोरोना खोपको ट्रायल मंगलबार एक बिरामीमा समस्या देखिएपछि अन्तर्राष्ट्रिय रुपमा रोक्न लगाइएको थियो। तर बिरामी परेका सहभागीमा खोपकै कारण साइड इफेक्ट देखिएको हो या होइन भन्‍नेसम्बन्धी स्वतन्त्र अनुसन्धानपछि खोप सुरक्षित भएको पुष्टि भएकाले शनिबारदेखि परीक्षण पुनः जारी गरिने भएको छ।
  • गत अप्रिलमा पूर्वी अफ्रिकी मुलुक, मदागस्करले कोरोना भाइरसविरुद्ध एक चमत्कारी बिरुवाको प्रयोग गरिरहेको घोषणापछि पूरै विश्वको ध्यानाकर्षण गराएको थियो। ‘आर्टिमिसिया’ अर्थात् तितेपाती कोभिडविरुद्ध प्रभावकारी हुन्छ भनेर देशका राष्ट्रपति एन्ड्री राजोएलेना आफैँले अधिक प्रचार गरिरहेका छन्। तर विश्व स्वास्थ्य संगठन, डब्लूएचओले भने हालसम्म सो बिरुवाले कोरोनाका बिरामीलाई कुनै पनि फाइदा पुग्ने सम्बन्धी केही प्रमाण नभएको बताउँदै आएको छ। 
  • कोरोना भाइरस (कोभिड– १९) महामारीविरुद्धको भ्याक्सिन निर्माण गर्ने प्रयास विश्वका शक्तिशाली देशहरूमा अझै जारी छ। कतिपय देशले निर्माण गरेको भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् । तर, कुनै पनि भ्याक्सिन प्रयोगका लागि सहज रूपमा उपलब्ध भने भइसकेको छैन। 
  • यूएईले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन अनुमति दिएको छ। तेस्रो चरणको मानवीय परीक्षणमा रहेको भनिएको कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका गर्न अनुमति दिइएको ले जनाएको छ। चीनले उक्त खोप आफ्नो मुलुकमा फ्रन्टलाइनमा रहेका र उच्च जोखिम भएकाहरुलाई जुलाईदेखि नै लगाउन सुरु गरेको चिनियाँ अधिकारीहरुले बताएका थिए। 
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन्। उनले अक्टोबरमा देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन्। 
  • भारतका केन्द्रीय यातायातमन्त्री नितिन गड्करीलाई कोरोना भाइरस संक्रमण भएको थियो। उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्। 
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना सम्बन्धी जानकारीमा आफ्नै प्रशासनका स्वास्थ्य प्रमुखको भनाइलाई खण्डन गर्दै दुई तीन हप्ता भित्रै खोप सबैका लागि उपलब्ध भइसक्ने बताएका हुन्। उनले संक्रमणबाट जोगिन लगाउने मास्क र खोप बजारमा आउने समयबारे, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सिडीसीका प्रमुख डाक्टर रोबर्ट रेडफिल्ड भन्दा फरक वक्तव्य दिँदै नयाँ विवाद सुरु गरेका हुन्। 



यस हप्ताका आर्थिक, राजनीतिक एवं न्यायीक गतिविधिहरू :

  • स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल कन्जरभेटिभ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नयाँ नेताको रुपमा योशिहिदे सुगा निर्वाचित भएका छन्। जापानको सत्तारुढ दल एलडीपीले योशिहिदेलाई सुगालाई सोमबार दलको नेतामा निर्वाचित गरेको हो। संसदमा एलडीपीको बहुमत भएका कारण योशिहिदे जापानको भावी प्रधानमन्त्री बन्‍ने भएका छन्। 
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र बहराइनबीच सम्बन्ध सुधारका लागि सम्झौता भएको जनाएका छन्। करिब एक महिना अगाडि संयुक्त अरब इमिरेट्स (यूएई) र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्न शान्ति सम्झौता भएको थियो।
  • भारत र चीनबीच सीमा विवादका कारण तनाव कायम रहेका बेला एक चिनियाँ कम्पनीले भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च राजनीतिज्ञदेखि सांसद, कलाकार, पत्रकार र स्थानीय राजनीतिक कार्यकताहरूको ‘निगरानी’ गरेको दाबी गरिएको छ। भारतीय अंग्रेजी दैनिक ‘द इन्डियन एक्सप्रेस’ को सोमबारको संस्करणमा प्रकाशित खोजमूलक रिपोर्टमा त्यस्तो खुलासा गरिएको हो।
  • इजरायलले युनाइटेड अरब इमिरेट्‌स र बहराइनसँग 'ऐतिहासिक' सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौतालाई संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले 'नयाँ मध्यपूर्वको मिरमिरे बिहानी' भन्दै प्रशंसा गरेका छन्।
  • रुसका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ। जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पतालका चिकित्सकहरूका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम श्वासप्रश्वास यन्त्र हटाइएको छ। उनी हाल अस्पतालको शय्याबाट उठेर सामान्य हिँडडुल गर्न थालेको बताइएको छ।
  • चीनले भारतसँग तत्काल आफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको छ। उसले हालै एलएसीमा भएको संघर्षका लागि भारत जिम्मेवार रहेको पनि दाबी समेत गरेको छ।
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन्। उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो कुरा बताएका हुन्। पाकिस्तानको लाहोरमा गत हप्ता एक महिला आफ्ना बच्चाकै अगाडि सडकमा सामूहिक बलात्कृत भएकी थिइन्। पञ्जाव प्रान्तको लाहोर सहरनजिकै कारमा रहेकी महिलालाई कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो।
  •  मेघालयका मुख्यमन्त्री एवं सत्तारूढ़ नेसनल पिपल्स पार्टीका राष्ट्रिय अध्यक्ष कोनराड के. साङ्माले केन्द्रीय गृहमन्त्री अमित शाहलाई छिट्टै नै छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्न भन्दै पत्राचार गरेका छन्।भाजपाले छुट्टै राज्य गोर्खाल्याण्डको नाम नलिई गोर्खाका समस्याको स्थायी राजनैतिक समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। दार्जिलिङमा संसद्को यही सत्रमा स्थायी राजनैतिक समाधानको निम्ति विधेयक ल्याइनुपर्ने माग चुलिएको हो।
  • फेसबुक र गुगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्नेसम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुवै निकायलाई आफ्नो संशोधन पेस गर्न समय दिइएको छ। तर, मस्यौदा कानुनका लेखकहरूले सैद्धान्तिक रूपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन्।
  • अमेरिकी प्रतिनिधिको ताइवान भ्रमणकै समयमा चीनले 'ताइवान स्ट्रेट' मा सैन्य अभ्यास शुरु गर्ने भएको छ। बेइजिङ र वाशिङ्टनबीचको सम्बन्धमा तनाव सिर्जना भएका बेला अमेरिकी अधिकारीको ताइवान भ्रमण हुन लागेको हो । यही समयमा चीनले लाइभ-फायर ड्रिल गर्ने भएको हो। 
  • बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्‍न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएका छन्। त्यसैगरी उनले पश्‍चीमी सीमा पोल्‍यान्ड र लुथियानासँगको सीमानाका पनि बन्द गर्न निर्देशन दिएका छन्।


विविध :

  • अमेरिकी पश्चिमी तटीय क्षेत्रमा फैलिएको डढेलोबाट मृत्यु हुनेको संख्या आइतबारसम्ममा २७ जना पुगेको थियो। अमेरिकी अधिकारीहरूका अनुसार डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा रहनेछ। 
  • रगतमा रहेको भिटामिन ‘डी’को तहका आधारमा स्वास्थ्य अवस्थाबारे भविष्यवाणी गर्न सकिने एक अध्ययनले निष्कर्ष निकालेको छ।अध्ययनकर्ताहरूले भिटामिन ‘डी’को आधारमा कुनै पनि प्राणीको मृत्युको पूर्वानुमानसमेत गर्न सकिने दाबी गरेका छन्। स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरूको भनाइ छ।
  • वन्यजन्तुको जनसङ्ख्या विगत ५० वर्षमा दुई तिहाइ भन्दा बढीले घटेको संरक्षण समुह ‘डब्लुडब्लुएफ’ को प्रमुख रिपोर्टमा जनाइएको छ। रिपोर्टका अनुसार यस प्रकारको विनाशकारी गिरावट अझै पनि कम हुने कुनै संकेत देखिएको छैन जसलाई वैज्ञानिकहरुले चिन्ताजनक बताइरहेका छन्। यसअघि कहिल्यै नदेखिएको गतिमा मानव समुदायले प्रकृतिको विनाश गरिरहेको सम्बन्धी रिपोर्टले चेतावनी दिएको छ। 
  • एउटा ठूलो ह्वेल समुद्रबाट बाटो बिराउँदै धेरै गोही भएको नदीमा पसेर ३० किलोमिटर टाढा पुगेको अस्ट्रेलियाका अधिकारीहरूले बताएका थिए। त्यो ह्वेल समूहमा बर्सेनि हुने बसाइँसराइमा यात्रा गर्दै गरेको र कुनै स्थानमा गलत दिशामा मोडिएको हुनसक्ने बताइएको थियो। बाटो बिर्सेकामध्ये दुईवटा ह्वेल समुद्रमा फर्किएका र कम्तीमा एउटा अझै नदीमै रहेको बताइएको थियो।
  • डेनमार्कको एउटा तेल ट्यांकरले उद्धार गरेका आप्रवासीहरूको एक समूहलाई ४० दिनपछि इटालीले आफ्नो भूभागमा ओर्लन दिएको छ। एक गर्भवती महिलासहित २७ जना आप्रवासीले अगस्ट २ मा लिबियाबाट युरोपको यात्रा तय गरेका थिए। उनीहरू चढेको डुंगा डुब्न लागेपछि डेनिस ट्यांकर मेयर्स्क एटिएन्नले उनीहरूको उद्धार गरेको थियो।
  • बुधबारसम्म अमेरिकाको पूर्वी तटीय राज्यमा डढेलोका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको थियो। अधिकारीहरूका अनुसार ओरिगन राज्यमा मात्रै दर्जनौं सम्पर्कविहीन छन्। क्यालिफोर्निया, ओरिगन र वासिङ्टन राज्यमा तीन सातादेखि फैलिएको डढेलोका कारण दसौं लाख एकड वन क्षेत्र नष्ट भएको थियो।

सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक