आज कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति, उपत्यकाका मेयरको आग्रह : नाकामा सेना परिचालन गर, निषेधाज्ञा खुकुलो बनाऊ, भुक्तानी अवधिभर घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाइने, लकडाउनमा १५ अर्ब बराबरको दूध नोक्सान, रेल विभागको टेन्डर अन्ततः रद्द, अमेरिकामा कोरोनाविरुद्धको खोपमा राजनीति भएको आरोप लगायका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
मंगलबार ९०२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८,१३८ पुगेको छ भने मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।
हालसम्म नेपालमा ३२,९६४ जना कोरोना संक्रमित निको भएका छन्।
=> New PCR Test : १०,६११ => New Recovered : २,२८७
सम्बन्धित :
कोरोना भाइरस नियन्त्रण सम्बन्धी माग एवं निर्णयहरू :
साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन्। उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन्।
कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन्। उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरे।
तीन वर्षदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले आफ्नो मन्त्रालयले "पहिले गरेको निर्णय त्रुटिपूर्ण" रहेको बताएकी छन्।
सरकारले २०७४ साल साउन २६ गते कित्ताकाटमा रोक लगाएको थियो। तर पछि २०७५ साल पुस २९ गते एउटा परिपत्र गरेर मन्त्रालयले स्थानीय तहले बनाएको निर्देशक समितिले जग्गालाई खेतीयोग्य र अन्य भनी वर्गीकरण गर्न अनुमति दिएको थियो।
कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । ओपन बुक पद्धति अपनाउने, कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने लगायतका विकल्प प्रतिवेदनमा सुझाइएको छ ।
अलग्गै बैठक सम्पन्न गर्ने तहसम्म चुलिएको विवाद मत्थर पार्दै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा स्थायी कमिटी बैठक बोलाएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबारको छलफलपछि ओली र प्रचण्डले शुक्रबार (२६ भदौ)का लागि स्थायी कमिटी बैठक बोलाएका हुन् । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।
घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन्। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत सो व्यवस्था गरेको हो।
कोभिड-१९ का कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले निजी क्षेत्रका दुग्ध व्यवसायी संकटमा परेका छन्। अहिलेसम्म यस क्षेत्रले १५ अर्ब रुपैयाँ घाटा व्यहोरिसकेको व्यवसायीको भनाइ छ।
उत्तरी चीनको सीमासँग जोडिएको हिल्सा नाकामा पहिचान झल्किने सीमा प्रवेश गेट निर्माण भएको छ। कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा सीमा प्रवेश ढोका निर्माण भएको हो।
सम्बन्धित :
भारत र चीनलाई जोड्ने नेपालकै सबैभन्दा छोटो उत्तर दक्षिण ओलाङचुङगोला सडकको ट्रयाक जोडिन अब पाँच किलोमिटर मात्र बाँकी रहेको छ। पूर्वको समृद्धिको ढोका मानिएको उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्गको काम धमाधम भइरहेको छ।
मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन्। अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ।
नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री गर्न पाउने छैनन्। साबिकको भ्याटमा दर्ता पैठारीकर्ता र विक्रेताका लागि मात्रै दिन पाइने सुविधा संशोधनले परिमार्जन गरेको हो।
ल विभागले विवादित टेन्डर अन्ततः रद्द गरेको छ। प्रभावित जनतालाई मुआब्जा नदिई रेलमार्गको ठेक्का दिने र साइट क्लियर नभएको भन्दै आयोजना अलपत्र पार्ने योजना रोकिएको छ।
सरकारले चैतमा लकडाउन घोषणा गरेपछि बन्द भएको सदर चिडियाखाना आर्थिक अभावमा पर्न थालेको छ। १ सय १० प्रजातिका १ हजार ५० प्रकारका जीवजन्तु र चराचुरुंगी रहेको यो चिडियाखाना आर्थिक संकटमा परेपछि यहाँ कार्यरत ७५ जना कर्मचारीको तलब कटौती गरिएको चिडियाखानाका प्रमुख चिरञ्जिवीप्रसाद पोखरलले बताए।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस (कोभिड–१९) को बेला पनि अर्थतन्त्रका सूचकहरु सकारात्मक नै देखिएको बताएका छन्।
उनले निर्यातको स्थिरता रहनुका साथै आयातमा भएको व्यवस्थापनसाथै चालू खाता घाटामा उल्लेख्य सुधार भएको बताए । शोधनान्तर स्थिति २ खर्ब ८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिति१४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्न सक्ने अवस्था रहेको उनले बताए।
दुई अस्ट्रेलियन सञ्चारमाध्यमहरुले चीनमा रहेका आफ्ना संवाददाताहरुलाई फिर्ता बोलाएका छन्।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका बिल बिर्टलेस र अस्ट्रेलियन फाइनान्सियल रिभ्युका माइक स्मिथ मंगलबार सिड्नी फर्किएका हुन्।
सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा महानिर्देशक डाक्टर टेड्रोसले अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन्।
महानिर्देशक डाक्टर टेड्रोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको बताए।
उनले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए । '
लद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ। बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली हानेको नयाँ दिल्लीले दाबी गरेको छ।
संयुक्त राष्ट्र अमेरिकाको निर्वाचन नजिकिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक उमेदवार जो बाइडेन एक-अर्काप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्। कोरोना भाइरसविरुद्धको खोप विकास र वितरणका विषयमा पनि ट्रम्प र बाइडेनले एक-अर्कालाई आरोप लगाउनुका साथै आलोचनासमेत गरेका छन्।
राष्ट्रपति ट्रम्पले कोरोनाविरुद्धको खोप नोभेम्बरअघि नै आउने संकेत गरेका छन्। उनले नोभेम्बरको निर्वाचनअघि नै कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताउँदै डेमोक्रेटिक उमेदवार बाइडेनले 'खोपविरुद्ध लापरबाही रुपमा अभिव्यक्ति' दिइरहेको आरोप लगाएका छन्।