आज कोरोनाको पछिल्लो वस्तुस्थिति, काठमाडौंका मेयरलाई कोरोना संक्रमण पुष्टि, धार्मिक क्षेत्रमा 'निर्वस्त्र भिडिओ खिचेपछि' भारतमा फ्रान्सेली महिलालाई मुद्दा, अमेरिकामा प्रदर्शनकामाझ डोनल्ड ट्रम्प र जो बाइडनबीच आरोप-प्रत्यारोप, मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको भोकहड्तालमै मृत्यु, चीन-दक्षिण एसिया साहित्यिक गतिविधि शुरु लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।
सोमबार ८९९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९,४६० पुगेको छ भने मृत्यु हुनेको संख्या २२८ पुगेको छ।
हालसम्म नेपालमा २१,४१० जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ६,९३,४७२ => क्वारेन्टाइनमा : ७,३३७
सम्बन्धित :
कोरोना नियन्त्रण सम्बन्धी निर्णयहरू :
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका आसपास पाँच लाख पर्यटकलाई सेवा दिन सक्ने गरी पर्यटकीय उपजको खोजी गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन्।
पर्यटन मन्त्रालयमा सोमबर नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक भुल्न सक्ने गरी पर्यटन पूर्वाधार (पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन) उपज सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन्।
सत्ताधारी नेकपाका एकजना सचिवालय सदस्यले प्रधानमन्त्रीको दाबीसँग बाझिने गरी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने 'सचिवालयको निर्णय कायम रहेको' बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै एउटा टेलिभिजन अन्तर्वार्तामा सचिवालय बैठकको त्यस्तो निर्णय 'समाप्त भएको' बताएका थिए।
तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बीबीसीलाई छोटो प्रतिक्रिया दिँदै भने, "पहिलेको निर्णय परिवर्तन भएको छैन, कायम छ। अरू थप निर्णय र छलफल भएको छैन।"
अमेरिकाको पोर्टल्याण्डमा हिंसक बनेको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडन चर्को आरोप-प्रत्यारोपमा उत्रिएका छन्।
ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याट मेयर टेड विलरलाई 'सहरमा मृत्यु र विध्वंशको बाटो खोलेको' आरोप लगाएका छन्।
बाइडनले भने राष्ट्रपति ट्रम्पले 'गैरजिम्मेवार तरिकाले हिंसा उकासेको' र अमेरिकामा 'घृणा र विभाजनको आगो फुकेको' आरोप लगाएका छन्।
प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो(पुम्से) प्रतियोगिता २०२०मा प्रदेश ५ का तीन खेलाडीले पद जितेका छन्।
लकडाउनका कारण काठमाडौं जिल्ला तेक्वान्दो संघले आयोजना गरेको उक्त भर्चुअल प्रतियोगिताको विभिन्न उमेर समूहमा यहाँका खेलाडीले प्रथम र तृतीय स्थान हासिल गरेका हुन्।
भारतको सर्वोच्च अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै एक रुपैयाँ जरिवाना सुनाएको छ। सोमबार सर्वोच्च अदालतले फैसला सुनाउँलै भूषणलाई एक रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको हो।
भारतीय सर्वोच्च अदालतले अधिवक्ता भूषणका दुई वटा ट्वीटले मानहानी भएको फैसला गरेको हो।
वौं चीन-दक्षिण एसिया अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चअन्तर्गत साहित्यिक गतिविधि सुरू गरिएको छ। विविध सौन्दर्य विषयक चिनियाँ र दक्षिण एसियाली युवाहरूको साहित्यिक वाचनको पहिलो श्रृंखला सोमबारदेखि सुरू भएको हो।
कोभिड-१९ का कारण अनलाइनबाट गरिएको यस गतिविधिको पहिलो चरणमा चीन, भारत र बंगलादेशका युवाहरूले भाग लिएका छन् भने क्रमशः नेपाल, श्रीलंका, पाकिस्तान लगायत दक्षिण एसियाली युवाहरूले यो गतिविधिमा भाग लिने कार्यक्रम छ।
भारतले चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा सीमाबारे गरिएको एउटा सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ।
चिनियाँ पक्षले उत्तेजक सैन्य गतिविधि गर्दै सीमामा विद्यमान स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर आफ्नो सेनाले त्यसलाई विफल पारिदिएको दाबी भारतले गरेको छ।
८४ वर्षीय भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ।
उनकाे मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको थियो। शल्यक्रिया पछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा पुगेका थिए।
उत्तर भारतस्थित तीर्थस्थल हृषीकेशमा गङ्गा नदीमाथि रहेको एउटा पुलमा आफ्नो नग्न भिडिओ खिचेको आरोपमा एक फ्रान्सेली महिला पक्राउ परेकी छन्।
ती महिलाले 'लक्ष्मण झुला' भनिने उक्त पुलमा खिचेको भिडिओ सामाजिक सञ्जालमा देखा परेको थियो।ती महिलालाई भारतको इन्टरनेट कानुनअन्तर्गत मुद्दा परेको हो।
आफू र केही साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणका लागि लड्दालड्दै कुर्दिस–टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु भएको छ। आफू र साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणको माग गर्दै भोकहड्तालमा बसेकी टिमटिकको अगस्ट २७ मा मृत्यु भएको हो । भोकहडताल बसेको २३८औं दिनमा उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।
भारतसँग सीमा क्षेत्रमा जारी तनावका बीच चीनका राष्ट्रपति सि जिनपिङले ‘नयाँ आधुनिक समाजवादी तिब्बत’ निर्माणको प्रयास गर्न आह्वान गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनको सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्षसमेत रहेका जिनपिङले बेइजिङमा तिब्बतका विषयमा भएको एक उच्च स्तरीय बैठकमा यो आह्वान गरेका हुन्।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी ३०० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बीबीसीका अनुसार शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा करिब ३८हजार मानिसहरु सडकमा उत्रिएका थिए ।