झापामा ट्याक्टरले अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

झापा : ट्याक्टरले अटोलाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका-३ निवासी ३४ वर्षीया कमला नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार कनकाई नगरपालिका-३ स्थित एकान्त टोलको भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ७८३१ नम्बरको ट्याक्टरले सडकमा रोकी राखेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।अटोमा सवार नेपालको टाउकोमा गम्भीर चोट लागेपछि उपचारको लागी बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो।

सम्बन्धित सामग्री

मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ४ बकैया पुलनजिक भित्री सडक खण्डमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको ना ५५ प ९५७८ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिएको हो।...

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडाैं : बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ।नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नम्बरको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको हो।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको हो।ठक्कर दिएर भागेको भ्यानलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी ना

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

बाँके – कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ। नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए। उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिएर भागेको भ्यानलाई […]

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाडौं : झापाको कमल गाउँपालिका–५ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गको पाडाजुंगी नजिकै शुक्रबार बेलुकी को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई बा ५ ख ४८१३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–८ कि ५८ वर्षीया तुलसादेवी गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाइकल चालक सोही नगरपालिका १० का ५८ वर्षीय शुक्रबहादुर तामाङ सकुशल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बसचालकलाई प्रहरीले

जेसिबीले ठक्कर दिँदा महिलाको मृत्यु

गएराती नवलपरासी (पूर्व) को एक क्रसर  उद्योगभित्र  जेसिबीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।  देवचुली नगरपालिका–१३ बोहुलाखोलास्थित मनकामना क्रसर उद्योगभित्र जेसिबीको ठक्करबाट सोही क्रसर उद्योगभित्र क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली नगरपालिका–१२ की ४० वर्षीया निर्मला कुमारी महतको मृत्यु भएको हो । जेसिबीको ठक्करबाट गम्भीर घाइते भएकी उनको देवचुली अस्पताल दलदलेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापामा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

काठमाडौंः झापामा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बुधवार झापाको कनकाई नगरपालिका ३ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३८ की राधिका सेडाईको मृत्यु भएको हो। ठक्कर दिएर घाइते भएकी राधिकालाई बिर्तासिटी अस्पताल…

झापामा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु

झापा । कन्काई नगरपालिका–३ मा गएराती ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । बाटो पार गर्दै गरेकी महिलालाई ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । उनको विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन […]

ट्रकले ठक्कर दिँदा कैलालीमा एक महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्गमा प्रदर्शन

कैलाली : कैलालीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको हो। मृतक महिलाको पहिचान खुल्न सकेको छैन। दुर्घटना पछी स्थानीयले पुर्व-पश्चिम राजमार्गको लम्की सडक खण्ड अवरुद्ध पारेका छन। सडक अवरुद्ध भएपछि सवारीसाधन र…

फलाम बोकेको ट्रकले चितवनमा दुईवटा स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

फलाम बोकेको ट्रकले चितवनमा दुईवटा स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।  नारायणगढदेखि लमजुङतर्फ गइरहेको ट्रकले आज दिउँसो ३ बजे भरतपुर–१, आँपटारीनजिक विपरीत दिशाबाट आइरहेको दुईवटा स्कुटरलाई ठक्कर दिएको हो ।  ठक्करबाट प्रदेश ३–००३ प ३५४३ नम्बरको स्कुटरमा सवार तनहुँ देवघाट–१ की ४२ वर्षीया चिनिमाया पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कुटर चालक ३५ वर्षीय पुष्पराज बास्तोलाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।&...

बालाजुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ।