भारतको कोलकाता बन्दरगाहबाट विराटनगर, बुधनगरको सुक्खा बन्दरगाह (आईसीपी)सम्म कार्गो रेल ल्याउन पहल भइरहेको छ । कोलकातादेखि सिधै बुधनगरसम्म कार्गाे रेल ल्याउन भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न भएको क्षेत्रमा स्थलगत निरीक्षण गरेको छ ।
२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डसम्म आज बिहीबारदेखि रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो । रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन सकेको थिएन । रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी […]
बिराटनगर, मंसिर ८ । भारतको सीमावर्ती रेल स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आईसीपीको कस्टम यार्डसम्म आगामी पुस महिनाको दोस्रो हप्तासम्ममा कार्गे रेल ल्याउने पहल बढेको छ । कोलकाता बन्दरगाहबाट विराटनगर–१८, बुधनगरस्थित आईसीपीसम्म डिसेम्बर १५ (मङ्सिर अन्तिम)सम्ममा कार्गो रेल ल्याउने प्रक्रिया अगाडि बढाइएको हो । भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउने सङ्केत दिन […]
विराटनगर भन्सार कार्यालयमा कार्गो रेल चलाउन नेपाल इन्टरमोडल यातायात विकास समितिले तयारी थालेको छ । समितिले कार्गो रेल सञ्चालनको पूर्वाधार तयार गर्न टेण्डर आह्वान गरेको हो ।समितिले बुधबार विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा रेल र्याड र कन्टेनर यार्ड सञ्चालनका लागि पूर्वाधार निर्माणको ठेक्का आह्वान गरेको हो । समितिका कार्यकारी निर्देशक आषिस गजुरेलले ठेक्का आह्वान भएको बताए ।उनले विराटनगर भन्सारमा कार्गो रेलमार्फत सामान ढुवानी सुरू भएमा लोजिस्टिक कस्टमा उल्लेख्य गिरावट आउने बताए । गजुरेलले
भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर सरकारी समन्वयको काम थालेको छ । मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जा
पर्सा : कन्टेनर कर्पोरेशन अफ इन्डिया (कोन्कर) को नेपालमाथिको मालवस्तु ढुवानी गर्ने एकाधिकार तोड्दै भारतकै निजी रेल कम्पनी हिन्द टर्मिनल्स प्रा.लि.ले पहिलो पटक कार्गो रेल नेपाल ल्याइपुर्याएको छ। हिन्द टर्मिनल्सले ८८ वटा कन्टेनर बोकेको कार्गो रेल हल्दिया पोर्टबाट पहिलो पटक नेपालको पहिलो सुख्खा बन्दरगाह ल्याइपुर्याएको हो। आयातमुखी अर्थतन्त्र बोकेको नेपालका आयतकर्ताले खरिद गरेका विभिन्न मालबस्तु समुद्रिक बन्दरगाहबाट रेल मार्फत पनि सोझै नेपाल आउन थालेको डेढ दशक भयो। तथापि भा
काठमाडौंः नेपाल-भारत रेल सेवा सुरुवातको १७ वर्षपछि भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ। बुधबार बिहान वीरगंज सुक्खा बन्दरगाहमा कार्गो रेल आइपुगेको हो।
हल्दियाबाट ३५ घण्टामा हिम्ड टर्मिनल प्रालिको र्याक कार्गो रेल वीरगंज आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। कार्गो रेल बिहान १० बजे वीरगन्जस्थित…
वीरगन्ज । नेपालमा भारतबाट पहिलो पटक निजी कार्गो रेल वीरगन्ज आइपुगेको छ । भारतको हल्दियाबाट सो रेल आज (बुधबार) बिहान १०:१५ बजे वीरगन्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो । यस अघि भारतीय सरकारको स्वामित्व भएको रेल मात्र नेपाल आउने गरेकोमा यो निजी क्षेत्रको पहिलो रेल हो । भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने […]
वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित सुख्खा बन्दरगाहमा पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार आइपुगेको छ। बुधबार बिहान १० बजे हिम्ड टर्मिनल प्रालीको एक र्याकको कार्गो रेल आईपुगेको इन्टरमोडल...
काठमाडौं, असार २६ । कार्गो ढुवानीका लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको छ । शुक्रबार नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा सहमति जुटेसँगै पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हो । सम्झौतामा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेलले भारतमा समेत कार्गो […]