छोटकरीमा आज - २०७७ श्रावण ३०, शुक्रबार

आज नेपालमा कोरोना संक्रमणको पछिल्लो वस्तुस्थिति, ओली-प्रचण्डबीच सहमति’पछि छ सदस्यीय कार्यदल, लिदी पहिरोमा ५ जनाको शव भेटियो, लडाकु समूहहरूको क्रिप्टोकरेन्सी सङ्कलन प्रयास विफल पारिएको अमेरिकी दाबी, खानेकुराबाट कोरोना सर्छ भनेर कुनै तथ्य फेला नपरेको डब्लुएचओको दाबी, इजरेल-यूएईबीच 'ऐतिहासिक' शान्ति सम्झौता लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।



बिहीबार ५९४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५,५५१ पुगेको छ भने मृत्यु हुनेको संख्या ९९ पुगेको छ।

हालसम्म नेपालमा १७,०७७ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ४,९४,६१३ => क्वारेन्टाइनमा : १४,६३८

सम्बन्धित :

  • जिल्ला प्रशासन कार्यालय चितवनले चितवनको भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रमा साउन ३० गते राति १२ बजेदेखि लागु हुनेगरी भदौ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी भएको क्षेत्रमा अत्यावश्यकीय खाद्य सामग्री खरिद गर्न बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका पनि ५ बजेदेखि ८ बजेसम्म बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न पाइनेछैन।
  • ७७ वटै जिल्ला प्रशासनबाट जारी हुने सवारी पास रद्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने गरेको आर्थिक सहायता सोहि अवधि (साउन ३२ गतेदेखि भदौं १५ गते)सम्म रद्द गरेको जनाइएको छ। कोरोना महामारीका बेलामा सङ्क्रमण जोखिम हुने भएकाले सम्बन्धित पालिकाबाटै आर्थिक सहायताका लागि निवेदन दिन बोर्डले अनुरोध गरेको छ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
  • कोरोना संक्रमण बढ्दै गएको र न्यायाधीशका सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि सेवामा कटौती गरेको छ। गम्भीर प्रकृतिका, संवेदनशील, तत्काल सुनुवाई हुनुपर्ने रिटको दर्ता र सुनुवाई लगायत काम भने जारि रहने बताइएको छ।
  • कोरोना संक्रमित बढ्दै गएपछि काेभिड बिरामीकाे उपचार गर्न ताेकिएका काठमाडौं उपत्यकाका अस्पतालमा बेड अभाव भएको छ। उपत्यकाका कुनै अस्पतालमा रेफर गर्नुपर्ने भए हब अस्पतालको संयोजन र स्वास्थ्य मन्त्रालयको निर्देशन प्राप्त गरेर मात्र गर्न अनुराेध गरिएको छ।
  • प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशका उच्च पदका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।हेटौँडा–४ स्थित श्रमिक माविको आइसोलेसन वार्डबाट बिहीबार उनको स्वाब संकलन गरिएको थियो।
  • शंकास्पद व्यक्तिको घाँटी स्वाबबाट लिइएकाे नमुनाबाट आधा घण्टामा नतिजा आउनेगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबारदेखि कोरोना भाइरस परिक्षणका लागि 'एक्सपर्ट एक्सप्रेस सार्स कोभ टु' नामक नयाँ मेसिन जडान गरिएको छ। मेसिनले कोरोना संक्रमण छ भने ४५ मिनट र छैन भने ३० मिनटमै नतिजा दिन सक्छ। मेसिनको प्रति घण्टा ४ वटा स्वावका नमुना परिक्षण गर्न सक्ने क्षमता छ। जटिल र आकस्मिक विरामी लक्षीत गरिएको यसको परिक्षण सेवा निशुल्क गरिएको छ।
  • जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म ७ दिन मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्ने, नगराउने तथा धार्मिकस्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न अनुरोध गरिएको छ
  • कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म राति पूर्णरुपले बन्द गरिने भएको छ। बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ।उद्योगका मजदुरमा कोरोना पोजेटिभ देखिएपछि वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरू बन्द हुन थालेका छन्। केही हप्ताअघि जितपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजका तीन मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले उद्योग सिल गरेको थियो।
  • कोरोना संक्रमण रोक्न राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ। उपत्यकाका तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ।


सिन्धुपलान्चोकस्थित जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३७ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ। लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको पुष्टि गरिएको छ।

सम्बन्धित :

  • सभामुख अग्निप्रसाद सापकोटा पहिरो निरीक्षणका लागि सिन्धुपाल्चोकको लिदी पुगेका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रको निरीक्षणका लागि गएका हुन्।
  • कालिकोटको नरहरिनाथ गाउँपालिका– १ कोटवाडाको धारीमा पहिरो खस्दा दुईजना घाइते भएका छन्। माथिबाट खसेको पहिरोले घर पुरिँदा घरमूली ७० वर्षीय नरबहादुर विष्ट र उनका नाति रतन विष्ट घाइते भएका हुन्।
  • त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका– १२ स्थित गैरीगाउँमा पहिरो खस्दा एकजना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए।


प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज पनि कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएपछि इन्स्टाग्रामले २१ वर्षीय नेपालीलाई ६ हजार अमेरिकी डलर पुरस्कार दिएको छ। साइबर सुरक्षा सम्बन्धी अनुसन्धान गर्ने नेपाली सौगात पोखरेललाई कम्पनीले यो सुरक्षा कमजोरी पत्ता लगाएबापत् पुरस्कार रकम दिएको हो।



सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीमा उत्पन्न विवाद समाधान गर्ने उपाय सिफारिस गर्न छ-सदस्यीय कार्यदल बनाउने सहमति भएको नेताहरूले बताएका छन्।

उक्त कार्यदलको नेतृत्व महासचिव विष्णु पौडेलले गर्नेछन्। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य तोकिएका छन्।

सम्बन्धित :

  • प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले दुवै अध्यक्षबीच पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनताले दिएको जनादेशबमोजिम अघि बढ्ने सहमति भएको र त्यसैअनुसार कार्यदलले काम गर्ने बीबीसीलाई बताए।


कोरोना महामारीका कारण पछिल्लो चार महिनादेखि बन्द रहेका मेक्सिको सिटीका चलचित्र हलहरु पुनःसञ्‍चालनमा आउन थालेका छन्। चलचित्र घरहरु सञ्‍चालनमा आएसँगै कोरोनाको कहरकाबीच पनि केही चलचित्र प्रेमीहरु हलमै गएर चलचित्र हेर्न थालेका छन्। 



अमेरिकी सरकारले विभिन्न लडाकु समूहहरूले २० लाख अमेरिकी डलर मूल्यका क्रिप्टोकरेन्सी सड्कलन गरेर आफ्नो खर्च जुटाउन गरेको प्रयास विफल पारिएको दाबी गरेको छ।

हमासको सैन्य समूह अल-कसम ब्रिगेड, अल-कायदा र इस्लामिक स्टेटजस्ता लडाकु समूहहरूले त्यसरी रकम सङ्कलन गर्ने प्रयास गरेका थिए।



दोस्रो विश्वयुद्धको बेला जापानले युद्धबन्दी बनाएका र बर्मास्थित एउटा शिविरमा मृत्यु भएका एक सैनिकको नासो उनको परिवारले ७७ वर्षपछि फिर्ता पाएको छ।

सन् १९४३ मा २३ वर्षीय पिटर र्‍यामको मृत्यु भएपछि उनका साथी एरिक एडीले कुकुरको घाँटीमा बाँधिने ट्यागहरू फेला पारेका थिए।



विश्व स्वास्थ्य संगठन, डब्लूएचओले अहिलेसम्मको अध्ययन अनुसन्धानमा खानेकुरा वा प्याकेजिङबाट भाइरस सर्न सक्ने कुनै प्रमाण फेला नपरेकाले यससबारे डराउनु नपर्ने बताएको छ।

तर त्यसलाई लिन या पुर्याउन जाँदा भने सजकता अपनाउनुपर्नेछ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरेल र संयुक्त अरब एमिरेट्स (यूएई) सम्बन्ध सामान्य बनाउने एउटा सम्झौतामा पुगेका छन्।

योसँगै इजरेल उसले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भागमा त्यसलाई विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक