आज नेपालमा कोरोना संक्रमणको पछिल्लो वस्तुस्थिति, आधा कर्मचारीबाट कार्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन, समुदायमा सङ्क्रमण फैलिएको यकिन गर्न सर्वेक्षण गरिने, तत्काल त्रिविका परिक्षा नहुने, चीनद्वारा सन् २०५० सम्मको रेलवे लक्ष्य सार्वजनिक, भुटानमा राष्ट्रव्यापी लकडाउन लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
बिहीबार ५२५ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४,९५७ पुगेको छ भने मृत्यु हुनेको संख्या ९५ पुगेको छ।
हालसम्म नेपालमा १६,८३७ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ४,८३,०३८ => क्वारेन्टाइनमा : १४,७६९
सम्बन्धित :
कोरोना सम्बन्धित सरकारले आज गरेको निर्णयहरू :
सरकारले कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनसम्बन्धी नयाँ मापदण्ड बनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मापदण्डबारे जानकारी दिएका हुन्।
सर्वोच्च अदालतले सरकारी कार्यालयमा त्यसै थन्क्याएर राखिएका सवारीसाधनको तथ्यांक र व्यवस्थापनको कार्ययोजनासहितको अध्ययन–प्रतिवेदन ६ महिनाभित्र बुझाउन सरकारका नाममा आदेश जारी गरेको छ।
महालेखाले नयाँ सवारी खरीद नगर्न सुझाव दिएपनि सरकारले भने चालु आवमा सवारी साधन खरीदका लािग पौने एक अर्ब रूपैयाँ बजेट विनियाजन गरेको छ।
सम्बन्धित :
कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न नेपाल प्रेस युनियनले माग गरेको छ।
युनियनका महासचिव अजयबाबु सिवाकोटीले बुधबार शोकविज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ। यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो।
रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ। ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनैपनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ।
नेपाल र भारतबीच सिमानामा नापी गर्दा भएको गम्भीर गल्तीले नेपाली भूमि भारततर्फ परेको सरकारले स्वीकार गरेको छ ।
Strip Map (धर्से नक्सा) तयार गर्दा कञ्चनपुरलगायतका क्षेत्रमा नेपाली भूभाग गुम्ने खतरा भएकोले वार्ताबाट समस्या समाधान गर्ने सरकारको भनाइ छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपामा देखिएको विवाद समाधान हुने बताएको भोलिपल्टै नौ दिनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएको छ।
२० साउनमा भेट भएयता दुवै अध्यक्षबीच संवादविहीनता थियो।
गत ५ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्याको राम मन्दिरको भूमि पूजामा सहभागी भएका महन्त नृत्य गोपाल दासलाई कोरोना संक्रमण देखिएको छ। यूपीका मुख्यमन्त्री आदित्यनाथ योगीले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
चीनले सन् २०३५ भित्र ५ लाख जनघनत्व भएका चीनका सबै सहरमा हाइ स्पीड रेल सेवा पुर्याइसक्ने घोषणा गरेको छ।
योजना अनुसार हाइ स्पीड रेलको सुरक्षा, मजबुतीको ग्यारेन्टी, विश्वको अत्याधुनिक रेलवे सेवाको महादेश बन्ने चीनको लक्ष्य राखिएको छ।
रुसले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई "बिल्कुलै आधारहीन" भनेको छ। जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाले यो खोपलाई लिएर सतर्क रहन अनुरोध छन्।
सम्बन्धित :
कोरोना भाइरस नियन्त्रणका लागि भन्दै भुटानले राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ।
कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टाइनमा राखेर घर पठाएपछि सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। हालसम्म त्यहाँ १२८ जनामा कोरोना संक्रमण देखिएको छ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन्। हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ।
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अक्षम नेता भएको र अमेरिकालाई 'धुजाधुजा' बनाएको आरोप लगाएका छन्।
बाइडेनले कोरोना भाइरस महामारी नियन्त्रणका लागि ट्रम्पले गरेको कमजोर प्रयासको पनि आलोचना गरेका छन्।