छोटकरीमा आज - २०७७ श्रावण २८, बुधबार

आज नेपालमा कोरोना संक्रमणको पछिल्लो वस्तुस्थिति, सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय, कार्यलयहरूलाई विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारको अनुरोध, पत्रकार बानियाँ मृत भेटिए, सञ्‍जय दत्तलाई फोक्सोको क्यान्सर, कमला ह्यारिस डमोक्रेटिक पार्टीबाट अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।



बुधबार ४८४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४,४३२ पुगेको छ भने मृत्यु हुनेको संख्या ९१ पुगेको छ।

हालसम्म नेपालमा १६,७२८ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ४,७३,१७९ => क्वारेन्टाइनमा : १४,८४६

सम्बन्धित :

  • कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार औपचारिक रुपमा पुष्टि गरेको छ। काठमाडौं उपत्यकाका एक सय ३८ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये काठमाडौं जिल्लाका एक सय नौ, ललितपुरका ३३ र भक्तपुरका आठजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
  • सर्वसाधारण मानिसहरू मास्क प्रयोग नगरी सार्वजनिक स्थलमा जाँदा कोरोनाभाइरस महामारी नियन्त्रण गर्न चुनौती थपिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको एउटा सर्वेक्षणअनुसार झन्डै २८ प्रतिशत मानिसले मास्कको उचित प्रयोग गरेका छैनन्। गृह मन्त्रालयका अनुसार वैशाख महिनादेखि अहिलेसम्म मास्क प्रयोग नगर्ने झन्डै चार लाख जनालाई कारबाही गरिएको छ।
  • सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त संघसंस्थालगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघसंस्थाले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारले अनुरोध गरेको छ। यस्तै, अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय पनि सरकारले गरेको छ।
  • सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएपछि व्यवसायी पुनः निरास बनेका छन्। सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा संचालनको वातावरण नबनाए व्यवसायी आन्दोलनमा जान बाध्य हुने चेतावनी वायुसेवा सञ्चालक संघले दिएको छ ।
  • सरकारले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी विद्यार्थी 'भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको छ।
  • कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाकी राधा ओडको क्वारेन्टाइनमा करेन्ट लागेर मृत्यु भएको घटनाको विरोधमा स्थानीयले आन्दोलन सुरु गरेका छन्। नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्दा राधाले अकालमै ज्यान गुमाउनुपरेको भन्दै स्थानीय र आफन्त आन्दोलनमा उत्रेका हुन्। 
  • कोरोना महामारीको त्रासले तातोपानी नाका जोड्ने अरनिको राजमार्गको बाह्रबिसे बजारलाई प्रहरीले सिल गरेको छ। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका बुबा खड्गबहादुरको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएकोले बाह्रबिसे बजारलाई सिल गरिएको हो। 


दुई दिनदेखि सम्पर्कविहीन भएका पत्रकार बलराम बानियाँ मृत अवस्थामा भेटिएका छन् । मंगलबार मकवानपुरको भीमफेदी गाउँपालिका– ८ सिस्नेरीस्थित माण्डु हाइड्रो पावरमा फेलापरेको शव पत्रकार बानियाँको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन्। 

सीमामा रहेका पिलरहरू उखेलेर फालिदिने, नेपलभित्र गाडिदिने प्रवृत्ति छिमेकीहरूको रहेको उनले बताए। यो प्रवृत्ति नहट्दासम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाले बताए। 

सम्बन्धित :

  • नेपाल-भारत सीमा निर्धारण गर्ने स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ। लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायत नेपाल-भारतबीच सीमा विवादको समेत स्थायी समाधानका लागि अहिलेसम्म भएका पहलकदमीको सम्बन्धमा जानकारी गराउन समेत समितिले निर्देशन दिएको छ।


कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ। अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ।



कोरोना संक्रमण फैलदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ।

बिहीबारदेखि लागु हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ। 

सम्बन्धित :

  • सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल र उद्योग व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा कोरोना संक्रमण परीक्षण गराउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी यस्ता व्यवसायमा संलग्न हुने व्यक्तिको सम्पर्कमा धेरै व्यक्ति आउने र जोखिम हुने अवस्था भएको भन्दै आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्न आग्रह गरेको हो।
  • स्वास्थ्य तथा जनंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अनिवार्य पीसीआर परीक्षण गराएर कामकाजमा लगाउन अस्पतालहरुलाई निर्देशन दिएको छ।


अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन्। उनी उपराष्ट्रपतिका लागि निर्वाचन लड्ने पहिलो अश्वेत महिला हुनेछिन्।

सम्बन्धित :

कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने बाइडनको घोषणासँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकाका लागि गलत’ भएको प्रतिक्रिया दिएका छन्। त्यस्तै ट्रम्पले राष्ट्रपति उम्मेदवारको दौडमा रहेका जो बाइडनलाई खोक्रो योजनालाई ‘अतिवादी वामपन्थी एजेन्डा’ ले भरेको पनि आरोप लगाएका छन् ।



बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोमा तेस्रो चरणको क्यान्सर देखिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्।

केही दिनअघि उपचारका लागि कामबाट 'ब्रेक' लिएको बताएका दत्त शनिबार मुम्बईस्थित लिलावती अस्पताल भर्ना भई सोमबार डिस्चार्ज भएका थिए। श्वासप्रश्वासमा पुन: समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन्। 

नको पीसीआर परीक्षण भए पनि कोरोना संक्रमण भने नदेखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। 



चर्चित लोकतन्त्रवादी प्रकाशक जिम्मी लाई पक्राउको विरोधमा हङकङवासीले मंगलबार प्रदर्शन गरेका छन् ।

हङकङको सबैभन्दा ठूलो एप्पल डेली समाचारपत्रका प्रकाशक जिम्मीलाई विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा सोमबार पक्राउ गरिएको थियो । उनको पक्राउसँगै एप्पल डेलीको बिक्री ४ गुणाले बढेको छ।

सम्बन्धित :

  • प्रहरीले जिम्मीका साथै अन्य ७ जनालाई राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आशंकामा पक्राउ गरिएको जनाएको थियो । कारबाही नयाँ सुरक्षा कानुनअन्तर्गत गरिएको तेस्रो चरणको पक्राउ हो । अहिलेसम्म पक्राउ पर्नेमध्ये जिम्मी सबैभन्दा ठूला र विदेशी नागरिकता वाहक पहिलो व्यक्ति हुन् । उनीसँग बेलायतको नागरिकता छ ।

सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक