ज्यान लिनेको धम्कीपछि बुलेट ‘प्रुफ गाडी’ खरिद

मुम्बई । बलिउड कलाकारलाई भूमिगत गिरोहले ज्यान लिने धम्की दिएपछि आफ्नो सुरक्षा मध्यनजर राख्दै उनीहरू धमाधम ‘बुलेटप्रुफ’ गाडी खरिदतिर लागेका छन् । अभिनेता सलमान खानदेखि ऋतिक रोशनसम्मले आफ्ना सुरक्षा मध्यनजर राख्दै ‘बुलेट प्रुफ’ गाडी किनेका हुन् । अब उनीहरू घरबाहिर निस्क“दा ती गाडीमा सवार गर्नेछन् । हुन पनि अभिनेता सलमानलाई ‘लरेन्स सिस्नोई गिरोह’बाट ज्यान मार्ने […] The post ज्यान लिनेको धम्कीपछि बुलेट ‘प्रुफ गाडी’ खरिद appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

‘विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च’

काठमाडौं । विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो । लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका तीन सय ८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनअनुसार विप्रेषणका रूपमा भित्रिएको रकममध्ये दैनिक उपभोगमा मात्र ५८ दशमलव ७८ प्रतिशत खर्च हुने गरेको देखिएको छ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २२ दशमलव ४८ प्रतिशत, ऋण तिर्न १० दशमलव ७ प्रतिशत र मनोरञ्जन तथा अन्य क्षेत्रमा आठ दशमलव ६७ प्रतिशत खर्च गर्ने गरेको अध्ययनमा उल्लेख छ । अध्ययनमा समेटिएका परिवारमध्ये ९६ दशमलव ६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको पाइएको छ । त्यस्तै, ९६ दशमलव ०८ प्रतिशत परिवारको चाडपर्व, मनोरञ्जन, सामाजिक खर्च समेत बढेको पाइएको छ । विदेशबाट पठाएको पैसा विभिन्न क्षेत्रमा लगानी भएको स्थिति समीक्षा गर्दा अनुत्पादक क्षेत्रमै बढी लगानी भएको देखिएको छ । व्यापार व्यवसायमा लगानी गर्ने ६८ दलमलव २१ प्रतिशत, घरघडेरीमा लगानी गर्ने ६५ दशमलव ८० प्रतिशत र गरगहना खरिद गर्ने ६३ दशमलव १९ प्रतिशत रहेको राष्ट्र बैङ्कको अध्ययनमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएकाहरूको लैङ्गिक हिसाबले विश्लेषण गर्दा पुरुष ९४ प्रतिशत तथा महिला ६ प्रतिशत छन् । वैवाहिक अवस्थाको आधारमा विवाहित ८५ दशमलव ९० प्रतिशत र अविवाहित १४ दशमलव १० प्रतिशत छन् । वैदेशिक रोजगार विभागकाअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिनेको संख्या सात लाख ७१ हजार तीन सय २७ पुगेको छ । लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या एक लाख ३६ हजार नौ सय ८४ छ । यो संख्या नेपालबाट श्रम स्वीकृति लिने कूल संख्याको १७ दशमलव ७६ प्रतिशत बराबर हो । अध्ययनअनुसार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरूमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)मा २४ दशमलव २८ प्रतिशत छ भने सबैभन्दा कम ओमन तथा बहराइनमा एक दशमलव ८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन् । अध्ययनमा समेटिएका परिवारहरूमध्ये वैदेशिक रोजगारीअन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६ दशमलव ८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३ दशमलव १८ प्रतिशत छन् । आर्थिक अवस्था सुधार्न वैदेशिक रोजगारीमा जानुपर्ने प्रमुख कारण भएको ४१ दशमलव ८० प्रतिशतले बताएका छन् । अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्नमध्ये सीपमूलक तालिम नलिई जाने ७६ प्रतिशत छन् भने तालिम लिएर जाने २४ प्रतिशत छन् ।  वैदेशिक रोजगारीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने ४२ दशमलव ३० प्रतिशत, पाँचदेखि १० लाखसम्म ३९ दशमलव ६९ प्रतिशत र १० लाखभन्दा माथि आयआर्जन गर्ने १८ दशमलव एक प्रतिशत रहेको अध्ययनमा जनाइएको छ । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार विगत १० वर्षको विप्रेषण आप्रवाह वार्षिक औसत ११ दशमलव १३ प्रतिशत छ । आर्थिक वर्ष २०७०/७१ मा रु पाँच खर्ब ४३ अर्ब २९ करोड विप्रेषण रकम नेपाल भित्रिएको थियो । आर्थिक २०७९÷८० सम्म आइपुग्दा रु १२ खर्ब २० अर्ब ५५ करोड पुगेको देखिन्छ । रासस

हिमपात भइरहेका बेला थुरथुर काम्दै चामल लिनेको घुइँचो

सिमकोट – हिमपात भइरहेका बेला चिसोमा थुरथुर काम्दै सिमकोटस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम खाद्यान्न लिनेको घुइँचो लागेको छ। लिमिटेडको शाखाले पूर्वसूचना निकालेर खाद्यान्न बिक्री बिहानैबाट सुरु गरेपछि स्थानीय हिमपात भइरहेकै बेला पनि लामबद्ध भएर खाद्यान्न खरिद गर्न लागेका हुन्। सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँका स्थानीय सुरेन्द्र शाहीले हिमपात भइरहे पनि खाद्यान्न लिनुपर्ने […]

हिमपातका बेला पनि चामल लिनेको घुईचो

हिमपात भइरहेका बेला सिमकोटस्थित खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गोदाममा खाद्यन्न लिनेको घुईचो लागेको छ । लिमिटेडको शाखाले पुर्बसूचना निकालेर खाद्यन्न बिक्री बिहानैबाट सुरु गरेपछि स्थानीय बासिन्दा हिमपात भइरहेकाबेलामा पनि लामबद्ध भएर खाद्यन्न खरिद गर्न लाइन लाग्नुभएको हो ।

वैदेशिक लगानी र जलविद्युत् विकास

विद्युत् ऐन, २०४९ र विद्युत् नियमावली, २०५० ले निर्दिष्ट गरेपछि स्वदेशी तथा वैदेशिक निजी लगानी गर्ने बाटो खुलेको थियो । अहिले आउन लागेको नीति र ऐनमा परिमार्जन गर्न खोजिए पनि ऊर्जालाई नियन्त्रण, प्रतिस्पर्धी र खारेजी गर्ने प्रावधानले झस्काएको छ । यससँग सम्बद्ध बहुसंख्यक ऊर्जा प्रवद्र्धकहरू विचलित हुने मानसिकतामा पुगेका छन् । विद्युत् ऐन, २०४९ ले निजी जलविद्युत् क्षेत्रमा प्रवेश गरून् भनेर नै ऐनलाई खुकुलो पारिएको थियो । सामान्य दस्तुर तिरेर साना, मध्यम र ठूला आयोजनाको अनुमति लिनेको होड नै चल्यो एकताका । थोरै दस्तुर तिरेपछि सर्वेक्षण अनुमति प्राप्त गर्न सजिलो पारिएको थियो । विद्युत् खरिद गरिदिने र सुविधा पाउने ग्यारेन्टी गरिएको थियो । त्यही आसबाट स्वदेशी तथा विदेशीहरू दर्जनौं आयोजनाको पहिचान र अध्ययन गर्न लागिपरे ।

दूरसञ्चार प्रयोगकर्ता ४ करोड नजिक

नेपालमा साधारण टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड नजिक पुगेको छ । दोहोरो सेवा लिनेको सख्या बढ्दै गएको र सेवा प्रदायक कम्पनीहरूले ग्रामीण भेगसम्म सेवा विस्तार गर्नुले दूरसञ्चार सेवाग्राहीको संख्या बढेको हो । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनसख्याको आँकडा र टेलिफोन तथा सिमकार्ड सेवाग्राहीका आधारमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १३१.६९ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको जनाएको छ ।

जीवन बिमा कम्पनीमा बढ्यो कर्जाको माग - Karobar National Economic Daily

काठमाडौं: जीवन बिमा कम्पनीहरूमा कर्जाको माग बढ्न थालेको छ । बिमितहरूले खरिद गरेको बिमा योजना धितोमा राखी कर्जा लिनेको संख्या बढेको कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणको तथ्यांकले देखाएको छ ।…