‘विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च’

काठमाडौं । विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो । लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका तीन सय ८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनअनुसार विप्रेषणका रूपमा भित्रिएको रकममध्ये दैनिक उपभोगमा मात्र ५८ दशमलव ७८ प्रतिशत खर्च हुने गरेको देखिएको छ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २२ दशमलव ४८ प्रतिशत, ऋण तिर्न १० दशमलव ७ प्रतिशत र मनोरञ्जन तथा अन्य क्षेत्रमा आठ दशमलव ६७ प्रतिशत खर्च गर्ने गरेको अध्ययनमा उल्लेख छ । अध्ययनमा समेटिएका परिवारमध्ये ९६ दशमलव ६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको पाइएको छ । त्यस्तै, ९६ दशमलव ०८ प्रतिशत परिवारको चाडपर्व, मनोरञ्जन, सामाजिक खर्च समेत बढेको पाइएको छ । विदेशबाट पठाएको पैसा विभिन्न क्षेत्रमा लगानी भएको स्थिति समीक्षा गर्दा अनुत्पादक क्षेत्रमै बढी लगानी भएको देखिएको छ । व्यापार व्यवसायमा लगानी गर्ने ६८ दलमलव २१ प्रतिशत, घरघडेरीमा लगानी गर्ने ६५ दशमलव ८० प्रतिशत र गरगहना खरिद गर्ने ६३ दशमलव १९ प्रतिशत रहेको राष्ट्र बैङ्कको अध्ययनमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएकाहरूको लैङ्गिक हिसाबले विश्लेषण गर्दा पुरुष ९४ प्रतिशत तथा महिला ६ प्रतिशत छन् । वैवाहिक अवस्थाको आधारमा विवाहित ८५ दशमलव ९० प्रतिशत र अविवाहित १४ दशमलव १० प्रतिशत छन् । वैदेशिक रोजगार विभागकाअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिनेको संख्या सात लाख ७१ हजार तीन सय २७ पुगेको छ । लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या एक लाख ३६ हजार नौ सय ८४ छ । यो संख्या नेपालबाट श्रम स्वीकृति लिने कूल संख्याको १७ दशमलव ७६ प्रतिशत बराबर हो । अध्ययनअनुसार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरूमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)मा २४ दशमलव २८ प्रतिशत छ भने सबैभन्दा कम ओमन तथा बहराइनमा एक दशमलव ८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन् । अध्ययनमा समेटिएका परिवारहरूमध्ये वैदेशिक रोजगारीअन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६ दशमलव ८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३ दशमलव १८ प्रतिशत छन् । आर्थिक अवस्था सुधार्न वैदेशिक रोजगारीमा जानुपर्ने प्रमुख कारण भएको ४१ दशमलव ८० प्रतिशतले बताएका छन् । अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्नमध्ये सीपमूलक तालिम नलिई जाने ७६ प्रतिशत छन् भने तालिम लिएर जाने २४ प्रतिशत छन् ।  वैदेशिक रोजगारीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने ४२ दशमलव ३० प्रतिशत, पाँचदेखि १० लाखसम्म ३९ दशमलव ६९ प्रतिशत र १० लाखभन्दा माथि आयआर्जन गर्ने १८ दशमलव एक प्रतिशत रहेको अध्ययनमा जनाइएको छ । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार विगत १० वर्षको विप्रेषण आप्रवाह वार्षिक औसत ११ दशमलव १३ प्रतिशत छ । आर्थिक वर्ष २०७०/७१ मा रु पाँच खर्ब ४३ अर्ब २९ करोड विप्रेषण रकम नेपाल भित्रिएको थियो । आर्थिक २०७९÷८० सम्म आइपुग्दा रु १२ खर्ब २० अर्ब ५५ करोड पुगेको देखिन्छ । रासस

सम्बन्धित सामग्री

रेमिट्यान्स रकम अनुत्पादक क्षेत्रमा खर्च

काठमाडौं । विभिन्न देशमा रहेका नेपालीले स्वदेश पठाएको रेमिट्यान्स (विप्रेषण आप्रवाह)बाट भित्रिएको धेरै रकम दुरुपयोग भई दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायतका क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनले देखाएको छ । दैनिक उपभोगमै सकियो ५८ दशमलव ७८ प्रतिशत नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले […] The post रेमिट्यान्स रकम अनुत्पादक क्षेत्रमा खर्च appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘अयोग्यलाई रकम होइन रोजगारी’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘अयोग्य लडाकु’का नाममा माओवादी कार्यकर्तालाई रकम दिनुभन्दा उत्पादनमूलक क्षेत्रमा लगाउन दबाब बढेको छ । सरकारले कार्यविधि बनाएर अयोग्य लडाकुलाई रकम दिने निर्णय गरेसँगै उद्योगधन्दा वा उत्पादनमूलक क्षेत्रमा लगानी गरी उनीहरूलाई रोजगारी दिन दबाब बढेको हो । यस्तो दबाब सर्वत्र बढेका बेला प्रधानमन्त्री दाहालले भने अयोग्य लडाकुलाई रकम दिएरै छाड्ने अड्डी […]

‘अयोग्यलाई रकम होइन रोजगारी’

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘अयोग्य लडाकु’का नाममा माओवादी कार्यकर्तालाई रकम दिनुभन्दा उत्पादनमूलक क्षेत्रमा लगाउन दबाब बढेको छ।...

बैंकिङ क्षेत्रमा निक्षेप रकम वृद्धि

काठमाडौं । बैंकिङ क्षेत्रमा निक्षेप रकम वृद्धि भएको छ  । वाणिज्य बैंक, विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा बैंक तथा वित्तीय संस्थाले कुल ५३ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैकको पछिल्लो तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ५३ खर्ब ६० […]

ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा : मुख्यमन्त्री

काठमाडौँ,२७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकतामा क्षेत्रमा खर्चन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेटमा व्यक्तिका नाममा जोडिएका ट्रष्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएकोमा जनस्तरबाट विरोध आएपछि मुख्यमन्त्रीले उक्त रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस संयोजक […]

ट्रस्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा : मुख्यमन्त्री

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रस्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकतामा क्षेत्रमा खर्चन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमा व्यक्तिका नाममा जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएकोमा जनस्तरबाट विरोध आएपछि मुख्यमन्त्रीले उक्त रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत […]

महोत्सवको ४० प्रतिशत आम्दानी सामाजिक क्षेत्रमा

गुल्मी– गुल्मीमा हुन लागेको चौथो गुल्मी महोत्सवबाट आम्दानीमध्ये ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने भएको छ । यही चैत २५ गतेदेखि ४ वैशाख २०७९ सम्म हुने चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ बाट कूल आम्दानीको ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले बताए […]

मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा ४ करोड रकम विनियोजन

सिन्धुपाल्चोक– मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश ,आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेको छ। भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले तत्काल ४ करोड रकम स्वीकृत गरेको हो। बाँकी ७ करोड रकम पनि यहि आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भइ कार्यान्वयनमा समेत आउने बाग्मती […]

सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा ४ करोड रकम विनियोजन

मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश ,आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रम अन्तरगत मन्त्रालयले तत्काल ४ करोड रकम स्वीकृत गरेको हो ।बाँकी ७ करोड रकम पनि यहि आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा समेत आउने बाग्मती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए । सिन्धुपाल्चोक निर्वाचित प्रदेशसभा सदस्य युवराज दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको स