छोटकरीमा आज - २०७७ श्रावण २१, बुधबार

आज नेपालमा कोरोना संक्रमण, चाडपर्व मनाउनेसम्बन्धी मापदण्ड पारितः ६ लाखको कोरोना जाँच गरिने, काठमाडौं उपत्यकामा भूकम्प, ‘मदन पुरस्कार-२०७६’ लागि छानिए ७ पुस्तक, बेरुत विस्फोटमा मृत्यु हुनेको संख्या सय पुग्यो (बेरुतमा रहेका सबै नेपाली सुरक्षित), मोदीले गरे अयोध्यामा राम मन्दिर शिलान्यास लगायतका विषयवस्तुलाई समावेश गरिएका छन्।



बुधबार ३८१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१,३९० पुगेको छ भने मृत्यु हुनेको संख्या ६० पुगेको छ।

हालसम्म नेपालमा १५,१५६ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ४,१२,९५३ => क्वारेन्टाइनमा : ९,९२५

सम्बन्धित:

  • लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरूको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पनि सँगसँगै बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा चेकजाँच कडा बनाइएकाे छ। उपत्यका प्रवेश पास नभएका सवारीसाधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ। 
  • कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले १४ जिल्लाका विभिन्‍न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । यस्तै, ६ जिल्लाहरुमा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । 
  •  कोरोना संक्रमणका कारण बुधबार मोरङमा दुई जनाको मृत्यु भएको छ । कोसी अस्पतालमा उपचाररत विराटनगर ९ गुद्री बजार र मोरङको रंगेली ८ का अर्का एक जना पुरुषको मृत्यु भएको हो ।


कोरना कहरबीच चाडपर्व मनाउने प्रोटोकल पारित भएको बताउँदै घटीमा ६ लाख व्यक्तिको पिसिआर जाँच गरिने बताएको छ।

तराईका जिल्लाहरूमा कडाइ गरिने, सीमाबाट हिँडेर आउनेलाई (१४ दिन) र हवाइजहाजबाट आउनेलाई (५ दिन) क्वारेन्टिनमा राखि पिसिआर टेष्ट गरिने व्यवस्था मिलाइएको समेत बताइएको छ।



ललितपुरको बंगलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो। उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो।



बुधवार नेपालको बजारमा सुनको भाउ पहिलोपटक लाख नाघ्दै प्रतितोला १०१,४०० रुपैयाँ कायम गर्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको आँकडा अनुसार सन् २०२० ज्यानुअरी १ तारिखमा प्रतितोला ७३,५०० रुपैयाँमा बिकिरहेको थियो।



‘मदन पुरस्कार–२०७६’ का लागि विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु(खण्ड१–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ मनोनयनमा परेका छन्।



कोभिड- १९)को संक्रमणको खतरालाई मध्यनजर गर्दै मुलुकको प्रशासनिक केन्द्र रहेको सिंहदरबारमा सर्वसाधारणको प्रवेश रोकिएको बताइएको छ। सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै सिंहदरबार प्रवेश दिइन लागिएको बताइएको छ।



लेबननको राजधानी बेइरुतमा सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि ठूलो विस्फोटन भएको छ।

बेरुतको बन्दरगाहामा राखिएको झन्डै २७ सय ५० टनको विस्फोटक पर्दाथ (एमोनियम नाइट्रेट) राखिएको गोदाममा विस्फोट हुँदा कम्तीमा मृत्यु हुनेको १०० पुगेको र ४ हजार भन्दा बढी घाइते भएका छन् विस्फोटमा परी एक सयभन्दा बढी बेपत्ता भएका लेबननका मिडियाहरूले जनाएका छन्।

सम्बन्धित:

गैरआवासीय नेपाली संघ लेबनानका पूर्वअध्यक्ष समेत रहेका पौडेलले विस्फोटबाट कोही नेपाली पनि घाइते नभएको बताएका छन्। गैरआवासीय नेपाली संघ, लेबनानका कोषाध्यक्ष हेम मगरका अनुसार लेबनानभरि झन्डै १२ सय नेपाली कार्यरत छन् ।



पाकिस्तानले भारतसँगका विवादित क्षेत्रहरू समेट्दै आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेका छ।

नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र एवं गुजरातको जुनागढसमेत समेटिएको छ। 



दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) मा पुगेको छ ।

खबरका अनुसार केन्द्र (सीबीआई) ले बिहार सरकारको, सुशान्तको मृत्यु प्रकरणमा सीबीआई अनुसन्धान सुरु गर्ने अनुरोध स्वीकार गरेको छ ।



 भारतीय राजनीतिमा दशकौंदेखि प्रमुख मुद्दा रहँदै आएको अयोध्यास्थित राम मन्दिर निर्माण बुधबारदेखि औपचारिक रुपमा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो विशेष कार्यक्रमबीच भूमि पूजा गरेर मन्दिर निर्माणको विधिवत् थालनी गरेका हुन् । 





पछिल्लो २ हप्ताको कोरना कहरको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिएको बताएको छ।



हङकहङमा कोरोना महामारीको तेस्रो लहर सुरु हुन थालेको आशंका गरिएको छ। 

बुधबार त्यहाँ थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये तीन संक्रमित स्थानीय हुन् । उनीहरू समुदायस्तरको संक्रमणको सिकार भएको बताइएको छ।  



सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ ।

बुधबार आयोजित भर्चुअल समारोहमा कमलामाईका मेयर खड्ग खत्री र मेसानका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गर्दै दुई नगरबीच आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदानको प्रतिबद्धता व्यक्त गरे ।   



वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि कक्षा ११ का विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क फिर्ता हुने भएको छ।

परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने बताइएको छ।


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक