वीरगन्जमा कोरोनाबाट अर्को एक महिलाको पनि मृत्यु

वीरगन्जको नारायणी बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शुक्रबार त्यहाँ एकजना ५० वर्षीय महिलाको मृत्यु भएको थियो भने शनिबार अर्को ६८ वर्षीय महिलाको मृत्यु भएको हो । ज्वरो र निमोनिया भएपछि बुधबार अस्पताल भर्ना भएकी वीरगन्ज-१६ नगवाकी ६८ वर्षीय वृद्ध महिलाको शनिबार दिउसो मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए । 

श्वासप्रश्वासमा समस्या देखिएको उनलाई बयोधाबाट नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा.सिंहले बताए । शुक्रबार राति ११ बजे आएको रिपोर्टमा मृतक वृद्ध महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको थियो। 

यो पनि पढ्नुहोस्

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु

प्रकाशित: १७ श्रावण २०७७ २१:३८ शनिबार

कोरोनाबाट मृत्यु

सम्बन्धित सामग्री

मृतकका आफन्तद्धारा नारायणी अस्पतालमा तोडफोड

वीरगन्ज । नीजि अस्पतालहरुले विरामी भर्ना गर्न नमानेपछि स्थानीयले वीरगन्जको नारायणी अस्पतालमा तोडफोग गरेर आक्रोस पोखेका छन् । शनिबार उपचारको अभावमा वीरगन्ज २ छपकैयाकी २० बर्षीय महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् । वीरगन्जका आधा दर्जन नीजि अस्पतालमा घुमाउँदा घुमाउँदै शनिबार २० बर्षीया विष्णु लामाको मृत्यु भएपछि सोही ठाउँका स्थानीयले आइतबार नारायणी …

राजधानी दैनिक

कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । पछिल्लो पटक वीरगन्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरगन्जकी ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ज्वरो, खोकी, तथा श्वासप्रश्वासको समस्याका कारण साउन १४ गते बयोधा अस्पतलामा भर्ना भएकी महिलाको साउन १६ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल भएपछि १७ गते बेलुका नारायणी कोभिड अस्पतल रिफर गरिएको थियो । तर अस्पताल नपु¥याउँदै उनको बाटैमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी मधमेुेह तथा उच्च रक्तचापको बिरामी थिइन् ।

कारोबार दैनिक

पर्सामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु

नारायणी बयोधा अस्पतालमा उपचाररत ६८ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार साँझ मृत्यु भएको छ । वीरगन्ज

नयाँ पत्रिका

वीरगञ्जमा दाेस्राे सङ्क्रमित महिलाको मृत्यु, यो महिना १२ को ज्यान गयो

शनिबार साझ ६ बजे वीरगञ्जको गण्डकमा रहेको बयोधा अस्पतालमा कोरोना संक्रमणको कारण एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार राती अबेर आएको पिसिआर रिर्पोटमा कोरोना संक्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा.निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको जानकारी दिनु भयो ।

गोरखापत्र

कोरोनाबाट बीरगन्जमा थप एकको मृत्यु

वीरगन्ज । बीरगन्जको वयोधा हस्पिटलमा उपचार गराइरहेकी एक महिलाको कोरोना संक्रमणको कारण मृत्युु भएको छ । मृतक ५० बर्षीय महिला वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी हुन् । बुधबार वीरगन्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारका लागि लगिएकी ती महिलाको शुक्रबार बिहान १० बजेर १२ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलामा उच्च रक्तचाप, …

राजधानी दैनिक

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको निधन

पर्सा : वीरगन्जको वयोधा हस्पिटलमा उपचार गराइरहेकी एक महिलाको कोरोनाका कारण मृत्युु भएको पुष्टि भएको छ। ५० वर्षीय ती महिला वीरगन्ज महानगरपालिका वडा नम्बर १६ की हुन्। गत बुधबार वीरगन्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारका लागि उनलाई भर्ना गरिएको थियो। शुक्रबार बिहान (हिजो) १० बजेर १२ मिनेटमा ती महिलाको मृत्यु भए...

थाहा खबर

नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

वीरगन्जको नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज

नयाँ पत्रिका

पर्सामा कोरोना संक्रमणबाट फेरि एक जनाको मृत्यु

वीरगन्ज । पर्साको वीरगन्जमा कोरोना संक्रमित अर्का एक पुरुषको मृत्यु भएको छ । बुधबार १२ बजे तिर वीरगन्ज महानगरपालिका रेशमकोठीका ६८ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालको अस्थायी कोभिड बिशेष अस्पताल गण्डकको आइसोलेशन वार्डमा पाँच छ दिनदेखि उनी उपचार गराइरहेका थिए । सुरुमा एड्भान्स अस्पतालमा भर्ना गरिएका विश्वालाई पछि …

राजधानी दैनिक

वीरगन्जमा १८ जना कोरोना मुक्त भएर घर फर्के, दुई दिनमा २७ डिस्चार्ज

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कारोनाबाट संक्रमण मुक्त भएर आइतबार राति डिस्चार्ज भएका छन्। कोरोना मुक्त हुनेमा वीरगन्जको छपकैया–३ का एकै परिवारका चार महिने र ६ महिने २ शिशु सहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर मदन उपाध्यायले बताए।

नागरिक दैनिक