ओली पाँच वर्षसम्मै प्रधानमन्त्री : मुख्यमन्त्री गुरुङ

मुख्य समाचार डिजिटल संस्करण

ओली पाँच वर्षसम्मै प्रधानमन्त्री : मुख्यमन्त्री गुरुङ

२०७७ श्रावण १७ शनिबार १९:१४:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन नहुने बताएका छन् । शनिबार नवलपरासी पूर्वको कावासोती आएका गुरुङले पत्रकारहरूसँग कुरा गर्दै ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाउन जनताले म्यान्डेट दिएको बताए । 

गुरुङले पार्टीभित्र आन्तरिक विवाद रहेको, तर वैचारिक विवाद नभई जुँगाको लडाइँ मात्रै भएको टिप्पणी गरे । व्यक्तिगत रूपमा चार ‘ल’ (ओली, दाहाल, नेपाल, खनाल) ले पार्टीलाई सताएको आरोप लगाए । गुरुङले पार्टीलाई दुर्घटनाबाट बचाउन सहमति गरी एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिए । 

गुरुङले संघीय सरकारले सहयोग नगर्दा भारतीय सिमानासँग जोडिएको त्रिवेणी नाकामा पक्की सडक लैजान नसकिएको बताए । गण्डकी प्रदेशको भारतीय सिमानासँग जोडिने एक मात्र दुम्कीबास–त्रिवेणी सडक निर्माणका लागि चितवन निकुञ्ज र संघीय मन्त्रालयमातहत रहेको वन कार्यालयले सहयोग नगरेका कारण काम हुन नसकेको उनको आरोप छ । 
 

#मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ # प्रधानमन्त्री केपी शर्मा ओली # नेकपा

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङबीच भेटवार्ता

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। बिहान करिब १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका मुख्यमन्त्री गुरुङ र प्रधानमन्त्री ओलीबीच एक्लाएक्लै दुई घण्टा भेटवार्ता भएको हो।  भेटवार्ताको क्रममा प्रदेशको विकास,आगामी आर्थिक वर्षको बजेट तथा योजनाबारे&...

थाहा खबर

कम्युनिस्ट नेताहरु नवसामन्त जस्ता भए : मुख्यमन्त्री गुरुङ

१२ फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री गुरुङले भने, …

अनलाइनखबर

दीपक मनाङे अब नेकपाकै सांसद

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन्। गुरुङलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेशका क्रममा मुख्यमन्त्री ...

नेपाल आज

पार्टीमा वैचारिक एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

गलकोट, जेठ २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि...

गोरखापत्र

गण्डकी प्रदेश समृद्ध बन्छ - मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा, वैशाख ३० गते ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी...

गोरखापत्र

विष्णु पौडेलको मागः सुरेन्द्र पाण्डेले आत्मालोचना गर्नुपर्छ

७ पुस, काठमाडौं । मुख्यमन्त्री र प्रदेश इञ्चार्जको दोहोरो जिम्मेवारीलाई दिएर सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुबीच आरोप प्रत्यारोप जारी छ । नेकपाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश …

अनलाइनखबर