आज नेपालमा कोरोना संक्रमण, बारा र मोरङमा पुन: लकडाउन, एसइईको नतिजा मंगलबारसम्ममा आउने, फरार अभियुक्त राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष नियुक्त, सुनको भाउले लाख छुनै लाग्यो, मंगल ग्रहको प्राचीन इतिहास अध्ययनका लागि नासाले पठायो 'पर्सिभरेन्स रोभर', लकडाउन खुकुलो भए पनि ईयूको बेरोजगारीमा वृद्धि लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।
शुक्रबार २२४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९,७७१ पुगेको छ भने मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
हालसम्म नेपालमा १४,३९९ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ३,७५,४१६ => क्वारेन्टाइनमा : १२,१११
सम्बन्धित :
गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री थापाको उपस्थितिमा गृहसचिव महेश्वर न्यौपानेसँग विभिन्न सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका महाशाखाका प्रमुख, कारागार तथा अध्यागमन विभागका प्रमुखले कार्य सम्पादन सम्झौता गरेका थिए ।
उच्च अदालत पाटनले थुनामा राखी मुद्दामा पुर्पक्ष गर्न आदेश गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष नियुक्त भएका छन्। गत फाल्गुनमा उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र टेकनारायण कुँवरको संयुक्त इजलाशले सवारी अङ्गभङ्ग मुद्दामा कोइरालालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो।
काठमाडौं उपत्यकाका सबै नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुने भएका छन्।
सरकारले अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक र ढुवानी सेवाका सवारीसाधन मात्र उपत्यका भित्रन पाउने जनाएको छ।
एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने भएको छ। आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले जानकारी दिएका छन्।
नेपालका करिब ९२ प्रतिशत अभिभावकहरू आफ्ना बालबच्चालाई विद्यालय खुल्ने बित्तिकै विद्यालय पठाउन तयार नभएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।
बालबालिकाको पठनपाठनका लागि तत्कालै विद्यालय सञ्चालन गर्नुपर्छ या केहीदिन पर्खन पर्छ भन्ने बारेमा अभिभावकको धारणा बुझ्न नेपाल परिवार विकास प्रतिष्ठानले सञ्चालन गरेको अनलाईन सर्वेक्षण प्रतिवेदनको नतिजा यस्तो आएको ह।
नेपाली बजारमा सुनको भाउले लाख छुनै लागेको छ। शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ।
कोरोना भाइरस संक्रमण समुदायस्तरमा गएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा शनिवाबारदेखि दुई हप्ता पूर्ण लकडाउन गरिने भएको छ।
लकडाउनलाई प्रहरी, प्रशासन, महानगरपालिका, नागरिक समाज र उद्योगी व्यवसायीहरूको सहयोगबाट पूर्ण रूपमा कार्यान्वयन गराइने बताइएको छ।
सम्बन्धित :
मंगलग्रहको प्राचीन इतिहास अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरीक्ष संस्था 'नासा'ले मंगल ग्रहमा पर्सिभरेन्स रोभर त्यसतर्फ पठाएको छ ।
सन् २०२१ को फेब्रुअरी १८ मा पर्सिभरेन्स मार्सको जजोरो क्रेटरस्थित एक प्राचीन नदीको डेल्टा नजिकै अवतरण गर्ने नासाले जनाएको छ ।
जुन महिनामा यूरोपेली संघ (ईयू) क्षेत्रमा कोरोनाभाइरस महामारी नियन्त्रणका लागि अपनाइएका बन्दाबन्दीलगायतका प्रतिबन्धात्मक उपायमा केही खुकुलो भएपनि बेरोजगारी समस्यामा अझै सामान्य वृद्धि नै देखिएको ईयूको बिहीबार सार्वजनिक आधिकारिक तथ्यांकले देखाएको छ ।
भारतले जम्मु–कस्मिरलाई केन्द्रशासित राज्य बनाएको(अगस्ट ५) एक वर्ष पुग्न लाग्दा त्यहाँ त्यहाँको स्थिति तुलानात्मक रुपमा शान्तितर्फ उन्मुख भएको बताइएको छ। विगतमा सुरक्षा निकायमाथि ढुंगा प्रहार गर्ने कस्मिरका युवाहरू अहिले अध्ययन र विकासमा ध्यान दिन थालेको सरकारी दाबी छ ।