छोटकरीमा आज - २०७७ श्रावण १४, बुधबार

आज नेपालमा कोरोना संक्रमण, एसीईईको नतिजा एक हप्तामा, केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपा अध्यक्षद्वयलाई १५२ जनाको पत्र, रौतहटमा ग्यास सिलिण्डर वितरणका क्रममा झडप हुँदा एक दर्जन घाइते, अस्ट्रेलियाली डढेलोले ३ अर्ब जीवजन्तु मरे, तालिवानद्वारा युद्धविराम घोषणा, भारत आइपुगे ‘विवादित’ रफाल लडाकु विमान लगायतका विषयवस्तुहरू समाविष्ट गरिएका छन्।

बुधबार २१० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९,२७३ पुगेको छ भने मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

हालसम्म नेपालमा १४,०२१ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ३,५८,३४४ => क्वारेन्टाइनमा : १४,४७१

सम्बधित :

कोरोना भाइरसको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री एक महिनालाई पुग्‍ने गरी मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमितको घरमा गएर उपचार तथा निगरानी गरेवापत स्वास्थ्यकर्मीहरुलाई दैनिक २ सय रुपैंया दरले दिने लगायत निर्णयहरू भएको छ। 


राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै आगामी एक हप्ता भित्र नतिजा प्रकाशन गर्ने तयारि रहेको जनाएको छ। 

कोरोनाका कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो।


एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला सत्तारुढ नेकपाका १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन्।


सरकारले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनहरुलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन गर्न योग्य बनाउने निर्णय गरेको छ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार यदि कुनै विद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन सेन्टर सञ्चालन गरिएको भए त्यसलाई खाली गराइनेछ। शैक्षिक सत्र २०७६ को नजिता प्रकाशन, पाठ्यपुस्तक वितरण र भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्न दिने निर्णय समेत गरेको छ।


कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएका एकै परिवारका ७ जनासिहत सबै ९ जनाको मृत्यु भएको छ।

मंगलबार राति आएको पहिरोले गाउँपालिकाको वडानम्बर ७ र ४ का दुईवटा घर बगाउँदा ९ जना बेपत्ता भएकोमा बुधबार दिउँसो सबैको शव फेला परेको हो।


ग्यास सिलिन्डर वितरणका क्रममा बुधबार रौतहटको यमुनामाई गाउँपालिकामा पक्षपात गरेको भन्दै दुई पक्षबीचको भनाभनले झडपको रुप लिँदा एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् ।

घाइते अधिकांशको टाउकोमा चोट लागेको छ । 


तालिवानले इद अल–अधाका अवसरमा अफगानिस्तानमा शुक्रबारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ ।

करिब दुई महिनाको अवधिमा सरकारले दोस्रोपटक वार्ताका लागि प्रस्ताव गरेसँगै विद्रोही समूह तालिवानले युद्धविराम घोषणा गरेको हो ।


अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भीषण गत वर्षको जंगल डढेलोमा परेर करिब ३ अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । 

अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनधारी, २ अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुंगी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएको उल्लेख छ ।


जापानी वैज्ञानिकहरूले १० करोड वर्षभन्दा अघिदेखि निष्क्रिय स्थितिमा रहेका सूक्ष्मजीवहरूलाई पुनर्जीवित पारेको घोषणा गरेका छन्।

ती सूक्ष्मजीवहरू दक्षिण प्रशान्त महासागरको पीँधमा पर्याप्त अक्सिजन भएको तर पोषक तत्त्व नभएको थिगरमा फेला परेका हुन्।


भारतले फ्रान्ससँग गरेको खरिद सम्झौताअन्तर्गत ‘विवादित’ डसाल्ट रफाल लडाकु विमानको पहिलो खेपअन्तर्गत पाँच वटा जहाजले बुधबार हरियाणाको अम्बालास्थित एयरबेसमा अवतरण गरेका छन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।