छोटकरीमा आज - २०७७ श्रावण ०७ गते बुधबार

आज नेपालमा कोरोना संक्रमण, मुलुकभर बाढी र पहिरोका कारण जनधनको क्षति, सरकारको आन्तरिक ऋण ६ खर्ब १३ अर्ब, कक्षा १२ को परीक्षा दसैंअघि, अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प,हङहङमा कोरोना संक्रमणबाट जोगिन नयाँ प्रतिबन्धको घोषणा, ह्यूस्टनको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न अमेरिकाको आदेश लगायातका विषयवस्तुहरू समावेश गरिएको छ।

बुधबार १०० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८,०९४ पुगेको छ भने मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

हालसम्म नेपालमा १२,६८४ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ३,२७,६१४ => क्वारेन्टाइनमा : २०,८४२


सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

घरबारविहीन प्रतिपरिवारका लागि अस्थायी आवास निर्माण गर्न १ लाख तथा प्रकोप पीडितलाई दैनिक गुजारा १५ हजार देखि २० हजार रुपैयाँसम्म राहत उपलव्ध गराउने बताइएको छ।

सम्बन्धित खबरहरू :

  • चितवनका नदीहरुमा पानीको बहाव क्रमश: घट्दै गएपछि पाँच जनाको शव फेला परेको छ । पाँच जनाकै शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ। सनाखत हुन नसकेका तीनजना अन्य जिल्लामा भएको बाढी तथा पहिरोमा परेर बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। 
  • चार दिनदेखिको अविरल वर्षा र डुबानले पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अमलेखगन्जको १ र २ नम्बर पुलको बीचमा २५ मिटर राजमार्ग भत्केपछि मंगलबार साँझदेखि आवतजावतमा कठिनाई भएको छ। प्रहरीका अनुसार उक्त सडक खण्डमा एकतर्फी सवारी सञ्‍चालन भइरहेको छ।
  • जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की टोलका पहिरो पीडित दलवीर सार्कीको मृत्यु भएको छ। गत असार २५ मा गएको पहिरोबाट सार्की टोलका ११ जनाको मृत्यु भएको थियो। ५०० जना विस्थापित भएका छन्।
  • बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वीराजमार्ग अन्तरगत धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको मर्मत कार्य सुरु भएटा पनि संचालनमा आउन थप तीन दिन लाग्ने बताईएको छ।
  • आइतबारदेखि लगातारको वर्षाका कारण आएको पहिरोले खाने पानीको मुहान बगाउँदा बाजुरामा समस्या भएको छ। बुढीगंगा नगरपालिका २ को बजेडी, नडाग, मुसी, ताप्रा र ताँप्रीसेरा लगाएतका बस्तीको खाने पानीको मुहान पहिरोले बगाएर क्षति भएको बताइएको छ।
  • कोसी नदीको बहाब परिवर्तन हुँदा बराहक्षेत्र नगरपालिकाको चक्रघट्टी बजार जोखिममा परेको छ। सप्तकोसीले दिशा परिर्वतन गर्दै पूर्वी किनारामा कटान गर्न थालेपछि नगरपालिकाको कार्यालय रहेको चक्रघट्टी बजार जोखिममा परेको हो।
  • ताप्लेजुङमा तमोर नदीमा आएको बाढीले फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा दुईवटा पुल बगाएको छ । वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार बस्तीबाट दाङजेन जाने पक्की पुल र अर्को काठे पुल बगाएको हो।

गत आर्थिक वर्षको अन्त्यसम्म सरकारको कुल आन्तरिक ऋणमध्ये विकास ऋणपत्र तीन खर्ब ८९ अर्ब ९५ करोड, ट्रेजरी बिल २ खर्ब १५ अर्ब २२ करोड, नागरिक बचतपत्र ७ अर्ब ६४ करोड र वैदेशिक रोजगार बचतपत्र ४० करोड ५० लाख रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

सम्बन्धित खबर :

  • सरकारी निकायले चालु आर्थिक वर्ष कार्यालय सहयोगी र सवारी चालकबाहेक अन्य पदमा अस्थायी, ज्यालादारी वा करारमा थप आर्थिक दायित्व पर्ने गरी नयाँ नियुक्ती गर्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै कार्यक्रम खर्च शीर्षकबाट खर्च गर्ने गरी करारमा कर्मचारी राख्न नपाउने प्रावधान ल्याएको हो।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी असोजसम्ममा सम्पन्‍न गरिसक्ने तयारी गरेको छ। बोर्डले कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ सोहीअनुसार ग्रेडिङ गर्ने, पाठ्यक्रमअनुसारै प्रश्‍नपत्र निकाल्नुपर्ने बताएको छ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ। 

सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य हुन्। त्यस्तै महिला सदस्यबाट सिफारिस भएकी अन्जु श्रेष्ठ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्। 


संयुक्तराज्य अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ।

यता, चीनले भने अमेरिकाको यस कदमले दुवै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पुर्याउने भन्दै विरोध जनाएको छ।

सम्बन्धित खबर :

  • अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग चीनको विषयलाई लिएर भेटवार्ता गरेका छन्। पोम्पिओले जोन्सनलाई भेट गर्नुको उद्देश्य चीनसँग अमेरिकाको कुटनीतिक युद्धमा बेलायती साथ र समर्थन लिनु रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। 

पछिल्लो पाँच दिनको अवधिमा बोलिभिया प्रहरीले सहरका विभिन्‍न सडक, सवारी र घरमा ४०० भन्दा बढी शव फेला पारेको प्रहरीले जनाएको छ।

फेला पारिएका शवहरुमध्ये ८५ प्रतिशत कोरोना संक्रमणका कारण मृत्यु भएको हुनसक्ने जनाइएको छ।


 विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ। 

संयुक्त राष्ट्रसंघले नै हालैमात्र विश्वका कम्तीमा पनि ४ करोड बालबालिकाले प्रारम्भिक शिक्षा लिने, विद्यालय जाने र खेल्ने लगायतको वातावरण नपाएको अथवा यस्ता कार्यबाट बालबालिका वञ्चित हुन पुगेका उक्त प्रतिवेदनमा जनाइएको थियो।


युक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो । उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण प्राप्त भइसकेको छैन।


हङकङमा बुधबार मध्यरातिदेखि लागु हुने गरी नयाँ कडा प्रतिबन्धहरु लागु गरिएको बताइएको छ । 

विभिन्‍न सार्वजनिक स्थानमा रहँदा तथा कार्यालयमा रहँदा अनिवार्य मास्क लगाउनुपर्ने प्रावधान राखिएको छ। 

कसैले पनि उक्त नियम उल्लंघन गरेमा ५ हजार हङकङ डलर तथा ६४५ अमेरिकी डलर तिर्नुपर्ने प्रवाधान राखिएको छ। 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।