कोरोना भाइरस समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो ।

महाशाखाले विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा कोभिड– १९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड– १९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको बताए ।

यसअघि महाशाखाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को सङ्क्रमण समुदायसम्म पुगेको छ वा छैन भनेर पाँच हजार जनामा पिसिआर परीक्षण गरेको थियो । ‘सेरो सर्वेक्षण’ रगतबाट गरिने परीक्षण भएकाले सङ्क्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमूना सङ्कलन गर्नेछ ।

पिसिआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्दछ भने ‘सेरो सर्वेक्षण’ ले पहिले मानिसमा देखिएका कोभिड– १९ को भाइरस पनि थाहा पाइने हुन्छ । ‘सेरो सर्वेक्षण’ ले कोभिड– १९ को सङ्क्रमण भई थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको अवस्था पनि पत्ता लगाउनेछ । ‘तत्काल समुदायमा कोभिड– १९ को सङ्क्रमण कस्तो रहेको छ भनेर पिसिआर परीक्षण गरिन्छ’, उनले भने, “महामारीका रुपमा फैलिएको कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर थाहा पाउन सेरो सर्वेक्षण गर्न थालिएको हो ।’

‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ बाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ । नेपालमा कोभिड– १९ का ९७ प्रतिशत सङ्क्रमित विनालक्षणका देखिएका छन् ।

‘सेरो सर्वेक्षण’ का लागि महाशाखाले सातवटै प्रदेशका सङ्क्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमूना सङ्कलन गर्नेछ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले सेरो सर्वेक्षण गर्नका लागि अन्तिम तयारीमा रहेको बताए । ‘कोभिड– १९ को सङ्क्रमणबाट कति मानिस आफैँ नै सञ्चो भएका छन् । उनीहरुको सङ्क्रमण भए÷नभएको हामीलाई थाहा छैन’, उनले भने, ‘त्यसैले त्यस्ता मानिसमा रहेको भाइरसको अवस्था सेरो सर्भेलेन्सबाट थाहा हुनेछ ।’

कोभिड– १९ को भाइरसको सङक्रमणको १४ दिनपछि मानिसमा एन्टिबडी उत्पन्न गर्दछ । सेरो सर्भेलेन्सबाट कोभिड– १९ को सङ्क्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको थाहा हुनेछ । ‘मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ । मानिस कुनै भाइरसबाट सङ्क्रमित भएपछि उसमा भएको रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाउने गर्दछ’, उनले भने, ‘त्यही रोगसँग लड्ने एन्टिबडी कति बनेको छ भनेर हेर्नका लागि पनि सेरो सर्भे गर्न थालिएको हो ।’ उनका अनुसार चाँडै नै सङ्क्रमण प्रभावित ठाउँमा गएर सेरो सर्भे गरिनेछ । नेपालमा अहिलेसम्म तीन लाख १५ हजार ५७० जनाको पिसिआर परीक्षण गर्दा १७ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ११ हजार ६९५ जना सङ्क्रमणबाट मुक्त भइसकेका छन् भने ४० जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

(Visited 22 times, 20 visits today)

सम्बन्धित सामग्री

कोभिड–१९ सङ्क्रमण समुदायमा फैलावट १३.९ प्रतिशत

कोभिड–१९ को सङ्क्रमण १३।९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३।९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । यही असोजमा महाशाखाले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गरेको थियो । उहाँले अनुसन्धानमा प्रदेश नं २ र वाग्मती प्रदेशमा सङ्क्रमणको जोखिम बढी भएको देखाएको बताउनुभयो ।

गोरखापत्र

‘सेरो प्रिभिलेन्स टेस्ट’ गर्न सातै प्रदेशमा खटियो विज्ञको टोली

२३ असोज, काठमाडौं । कोभिड- १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको/नफैलिएको बारेमा गरिने भनेको सरकारी अध्यन बल्ल सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा २ महिनाअघि …

अनलाइनखबर

सङ्क्रमणको अबस्था जान्न नेपालमा पनि ‘सिरो प्रिभेलेन्स’ अध्ययन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सिरो प्रिभेलेन्स’ विधि अपनाएर समुदायमा कोभिड–१९ सङ्क्रमणको अवस्थाको अध्ययन सर्वेक्षण गर्न लागेको छ । जनस्वास्थ्यविद्हरुले सङ्क्रमण समुदायमा गइसकेको दाबी गर्दै आएका छन् । तर मन्त्रालयले समुदायमा सङ्क्रमण देखिए पनि वृहत्त रुपमा नभई ‘क्लष्टर’मा मात्रै गएको जनाउँदै आएको छ । मन्त्रालयका अनुसार समुदायमा सङ्क्रमणको अवस्था बुझ्न काठमाडौं उपत्यकामा अनुसन्धान परिषद् र सातै प्रदेशमा सरुवा रोग नियन्त्रण महाशाखाले अध्ययन गर्दैछ । परिषद्का सदस्य सचिब डा. प्रदीप ज्ञवालीले दुई दिन भित्रै उपत्यकामा जोखिम समूहमा यस्तो अध्ययन सुरु गर्ने बताउनुभयो ।

गोरखापत्र

कोभिड - १९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’ हुने

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण...

समुदायमा कोरोना फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’ थालियो

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो।    महाशाखाले विश्...

थाहा खबर

कोभिड - १९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड १९ का कारण कति मानिस प्रभावित बनेका ...

नेपाल आज