मंसिर ४ को निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मत खसाल्नेदेखि विस्फोटक पदार्थ फेला परेमा के गर्नेसम्मको प्रशिक्षण दिइएको छ । निर्वाचन आयोगको समन्वयमा नेपाली सेना जबरजंग गणले जिल्लाका ५ सय ८० जना कर्मचारीलाई सुरक्षित वातावरण तयार गर्ने सम्बन्धी तालिम दिएको हो ।