रेल सञ्चालनका लागि ज्यालादारी कर्मचारीलाई तालिम, पूर्व कर्मचारीले गरे विरोध

नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा भर्ना गरिएका कर्मचारीलाई हटाएर नयाँ कर्मचारीलाई ज्यालादारीमा भर्ती गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालेको छ । तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईले करारमा भर्ना गरेका कर्मचारीलाई यस्तो तालिम दिलाइसकेका थिए । तालिम प्राप्त कर्मचारीलाई हटाएर ज्यालादारी रुपमा ५५ जनालाई नियुक्त गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालिएको भन्दै विगतमा तालिम लिएका करारका कर्मचारीहरुले विरोध गरेका हुन् ।कानुनी तथा प्राविधिक कारण देखाउँदै जयनगर–कुर्थाखण्डमा अवैधानिकरुपमा कर