कोरोना संक्रमण रोकथाम पहिलो प्राथमिकता, बजेट नपुगे रकमान्तर गरेर खर्च गरौंला : अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम नै सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा सांसदहरुले बजेटमाथि उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले कोरोना रोकथामका लागि छुट्याएको बजेट नपुगे रकमान्तर गरेर खर्च गर्ने प्रतिबद्धता समेत जनाए।

‘कोरोना संक्रमण रोकथाम सरकारको पहिलो प्राथमिकता हो। मानव जीवन रक्षा सरकारको दायित्व हो। पुगेन बजेट भने हाम्रो कानुनी सीमामा रहेर मन्त्रालयको बजेटबाट रकमान्तर गर्ने स्थिति त कायमै रहन्छ,’ उनले भने।

मन्त्री खतिवडाले कोरोना नियन्त्रणको आकस्मिक खर्चका लागि मात्रै ६ अर्ब छुट्याएको दावी समेत गरे। सांसदहरुले कोरोना नियन्त्रणका लागि सरकारले प्राथमिकता नदिएको आरोप लगाएका थिए।

जवाफमा अर्थमन्त्रीले भने, ‘आकस्मिक खर्चका लागि मात्रै ६ अर्ब विनियोजन गरेको हो। त्यसबाहेक स्वास्थ्यको नियमित कार्यक्रम भित्रबाट उपकरण किन्ने, स्वास्थ्यकर्मीको व्यस्थापन गर्ने, पूर्वाधार निर्माणका लागि त अर्को शीर्षकमा छन्।’

उनले स्वास्थ्य सामग्री जगेडाका लागि ५ अर्ब निकासा गरिसकिएको र त्यसले केही समय भरथेग गर्ने विश्वास व्यक्त गरे। उनले स्वास्थ्यमा बजेटले फड्को मारेको समेत बताए। ३ वर्षमा तेब्बर हिसाबले स्वास्थ्यमा बजेट बढाइएको उनको भनाइ थियो।

सम्बन्धित सामग्री

कोरोनासँग भिड्न तत्काल ६ अर्ब : स्वास्थ्य केन्द्रित बजेटको सुरुवात

काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी वर्षको बजेट स्वास्थ्य क्षेत्रको प्राथमिकता केन्द्रित हुने गरी प्रस्तुत गरेका छन्। उनले कोरोना भाइरसको संक्रमण रोकथामका विषयलाई प्राथमिकता दिँदै बजेट भाषण सुरु गरेका हुन्। कोरोनाको रोकथामलाई उच्च प्राथमिकता दिँदै यसका लागि ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको जानकारी दिए। उनले विभिन्न अस्पतालका

पहिलो पोस्ट

जीवनरक्षा पहिलो प्राथमिकता, त्यसपछि पूर्वाधार विकास

काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी वर्ष २०७७/७८ को बजेट निर्माणमा जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पारेका छन्।  बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी वर्ष २०७७/७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले गरेका प्रश्नको सम्बोधन गर्दे उनले जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने ...

थाहा खबर

संसदमा बजेटका प्राथमिकता र सिद्धान्त पेश, २९ र ३० गते छलफल हुने

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेट कोभिड १९ रोकथामका लागि चालिएका कदमबाट अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावबाट छिटो भन्दा छिटो वाहिर निस्कन सक्ने गरी तयार पारिने बताउनु भएको छ । आर्थिक सिथिलता अन्त्य गर्दै विकाश सुसासन र समृद्धिलाई सुचारु गर्ने मुल ध्येयका साथ आगामी बजेट प्रस्तुत हुने बताउनुभयो । आगामी बजेटका सिद्धान्त र प्राथमिकताका विषयहरू प्रतिनिधि सभामा पेश गर्नु हुँदै मन्त्री खतिवडाले कोरोनाले सरकारी वित्त निजी क्षेत्र, रोजगारीजस्ता प्रभावित क्षेत्रको पुनरोत्थान हुने गरी नयाँ बटेज आउने बताउनुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिनुभएको हो ।

गोरखापत्र

सबै नेपालीको अनुहार उज्यालो बनाउने गरी बजेट जान्छ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली जनताको अनुहार उज्यालो पार्ने बजेट ल्याउन लागिएको जानकारी दिएका छन। संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले ने...

थाहा खबर

अर्थमन्त्री खतिवडाकाे जवाफः बजेट समाजवाद उन्मुख छ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट समृद्धिमार्फत् समाजवाद निर्माण गर्ने दिशामा उन्मुख रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेट दिशाहिन नरहेको दाबी ...

नेपाल आज

बजेटमा यथार्थ तथ्यलाई प्राथमिकता : अर्थमन्त्री खतिवडा - Naya Patrika

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यथार्थ तथ्यलाई प्राथमिकता दिइने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापक संघद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कृतिम अंक राखेर बजेट ल्याउने...पूरा पढ्नुहोस् »

नयाँ पत्रिका