बाख्रा चराउन गएकी एक बालिकाको भीरबाट लडेर खोलामा खसेपछि मृत्यु भएको छ । नरहरिनाथ–३ कुमालगाउँ भराताकी १३ वर्षीया करिष्मा विष्टको गाउँदेखि तल भेरा खोला भीरको किनाराबाट चिप्लिएर खोलामा खसेपछि बुधबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए ।