'चीनले कोरोनाबाट विश्वलाई जोगाउन सक्थ्यो, तर जोगाएन'

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनतर्फ इंगित गर्दै बेइजिङले चाहेको भए अमेरिकामात्र नभई विश्वलाई नै जोगाउन सक्ने अवस्था रहेको, तर यसो नगरिएको बताएका हुन्। कोरोना भाइरसबारे चीनको कदममाथि अमेरिकाले निकै गम्भीर अनुसन्धान गरिरहेको ट्रम्पले दावी गरेका छन्।

'हामी चीनसँग खुशी छैनौं, कोरोनालाई चीनमै रोक्न सकिन्थ्यो, जहाँबाट यो फैलन शुरु भएको थियो,' ट्रम्पले भने, 'तुरुन्तै रोक्न सक्ने अवस्था थियो, चीनले यसो गरेको भए यो पुरै विश्वमा फैलन पाउँदैनथ्यो।'

पहिलोपटक उहानमा कोरोना संक्रमण देखिएपछि ट्रम्पले चीनमाथि लगातार भड्काउ टिप्पणी र आलोचना गरिरहेका छन्। कोरोनालाई चिनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले आफ्नै देशमा मानवीय हताहति भइरहँदा पनि सुरक्षाका लागि पहल गरेका थिएनन्। 

तर यतिखेर आएर ट्रम्पले महामारी नियन्त्रण गर्न पहिले नै आफुले अमेरिकाको सिमाना चीनका लागि बन्द गरिदिएको बताएका छन्। विशेषज्ञहरुले चाहिँ अमेरिकासँग महामारी नियन्त्रणका लागि पर्याप्त समय भएपनि ट्रम्प प्रशासनले नियन्त्रण गर्ने अवसर गुमाएको बताइरहेका छन्। 

कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म १० लाख भन्दा बढी संक्रमित भेटिएका छन्। ती मध्ये ५६,८०३ जनाको ज्यान गएको छ।

सम्बन्धित सामग्री

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोनाको उपचार गर्न अनुमती

काठमाडौं : अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ।  राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरी अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले प्लाज्मा थेरापीको अनुमति दिएको बताए। उनले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिँदै यो विधिबाट उपचार गरी धेरै मानिसको ज्यान ज...

थाहा खबर

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

८ भदौ, काठमाडौं । अमेरिकाले कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै ट्रम्पले यो मजबुत …

अनलाइनखबर

ट्रम्पले कोरोना भाइरसलाई भने- चिनियाँ प्लेग

१९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । …

अनलाइनखबर

भारत-चीन विवादमा बोले ट्रम्प: हामी दुबै देशलाई मद्दत गर्ने प्रयासमा छौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच जारी सीमा तनाव अन्त्यका लागि सहयोग गर्न चाहेको बताएका छन्। दुई देशबीचको तनावलाई नजिकबाट नियालिरहेको भन्दै ट्रम्पले अमेरिकाले भारत र चीनसँग कुराकानी गरिरहेको बताए। ह्वाइट हाउसबाहिर पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘यो एकदमै अफ्ठ्यारो परिस्थति हो। हामी भारतसँग कुराकानी गरिरहेका छौं। हामी

पहिलो पोस्ट

चीनतर्फ डोनाल्ड ट्रम्पको आरोप श्रृङ्खला, भने : कोरोना सबैभन्दा खराब प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणलाई लिएर चीनलाई आरोप लगाउने क्रम जारी छ। यो पटक उनले चीनतर्फ औंला सोझ्याउँदै भने,'कोरोना भाइरस महामारी सबैभन्दा खराब प्रहार हो।' अमेरिकामा यस भाइरसको संक्रमण दोस्रो विश्वयुद्धमा जापानले पर्ल हार्बरमा गरेको बम विस्फोटभन्दा खतरनाक भएको ट्रम्पको दावी छ। ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारसँग

पहिलो पोस्ट

चीनले आफूलाई हराउन जे पनि गर्न सक्ने ट्रम्पको आरोप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सम्बन्धमा बेइजिङले अमेरिकाबाट 'धेरै' किसिमका कारवाहीको सामना गर्नुपर्ने बताएका छन्।

बीबीसी नेपाली

काेराेना भाइरस : 'अमेरिका चीनसँग खुसी छैन'

काठमाण्डौ – ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले कोरोना भाइरसबारे चीनको प्रतिक्रियालाई लिएर 'निकै गम्भीर जाँच' सुरु गरेको बताएका छन् ।   राष्ट्रपति ट्रम्पले भने, ‘हामी चीनसँग खुसी छैनौँ, हामी सबै परिस्थितिसँग खुसी छैनौँ किनकि चीनले चाहेको भए जहाँब...

उज्यालो अनलाइन

ताइवानमाथि अमेरिकाको ‘ट्रम्प कार्ड’ र चीनको असन्तुष्टि - Naya Patrika

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानमा नयाँ ‘ट्राभल’ कानुनलाई स्वीकृति दिए भने यसबाट अमेरिका र चीनबीचको सम्बन्धमा गम्भीर हानि पुग्नेछ । शुक्रबार चीनका विदेशमन्त्री लु काङले एक पत्रकार सम्मेलनमा माथिको विचार...पूरा पढ्नुहोस् »

Naya Patrika