पार्टीभित्र अनेकौं समस्या छन्, प्रधानमन्त्रीलाई बैठक बोलाउनुस् भनेको हुँ : उपाध्यक्ष गौतम

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यादेश खारेज भए पनि पार्टीभित्र अनेको समस्या रहेकाले पार्टीको बैठक आवश्यक रहेको बताएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले शनिवार आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी र सरकारबीच उत्पन्न समस्या समाधानका बारेमा छलफल भए पनि यसबारे मनमौजी टिका टिप्पणी गरिएको आरोप पनि लगाएका छन्।

उनले समय र परिस्थति प्रतिकुल जारी अध्यादेश खारेज गरिएपछि पनि पार्टीभित्र अनेकौ समस्या रहेकाले सचिवालय, स्थायी समिति र आवश्यक परे केन्द्रीय कमिटी बैठक पनि बोलाउन अध्यक्ष ओलीलाई सुझाव दिएको बताएका छन्।

‘सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस्। सबैभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ,' उनले भनेका छन्।

गौतमले प्रधानमन्त्रीको राजीनामा मागेको खबरको खण्डन समेत गरेका छन्।

सम्बन्धित सामग्री

बालुवाटार पुगेर वामदेवले भने- प्रचण्डको प्रस्तावमा मेरो पनि योगदान छ

३० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकव …

अनलाइनखबर

नेकपा स्थायी कमिटीमा सीमा समस्याबारे छलफल, परराष्ट्रमन्त्रीको ब्रिफिङ

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको शुक्रबारको नेकपा स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमा विवाद तथा समस्या समाधानका लागि भारतसँग भएका प्रयासका बारेमा शुक्रबार छलफल भएको छ।

नागरिक दैनिक

नेकपाको स्थायी कमिटी बैठक १० असारमा, छलफलका विषय टुंगो लगाइँदै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद बाहिर खासै चर्चामा नरहे पनि समाधान हुन सकिरहेको छैन। यसैबीच नेकपाले असार १० गतेका लागि स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टीभित्रको आन्तरिक विषयमा देखिएको समस्या समाधानका लागि नेकपाले स्थायी कमिटीको बैठक बोलाएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्प...

थाहा खबर

साझा प्रयत्नबाट समाधान गर्न सुझाव दिएको हुँ : उपाध्यक्ष गौतम

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको जनाउनुभएको छ ।

गोरखापत्र

प्रधानमन्त्रीलाई समस्या समाधान गर्नोस् भनेको हुँ : गौतम

१४ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव नदिएको आशय व्यक्त गरेका छन् । शनिबार ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको गौतमद्वारा आइतबार जारी …

अनलाइनखबर

ओली-गौतम भेट: सम्बन्धलाई बलियो बनाउने प्रयास

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन्। गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घण्टाजति छलफल गरेका हुन्। आइतबार बिहानदेखि ...

नेपाल आज