९ महिनामा ४१ अर्बकाे खाद्यान्न आयात, २६ अर्बभन्दा धरैको धान चामल !

काठमाण्डाै – नेपाललाई कृषिप्रधान देश भनिए पनि, हरेक वर्ष अरबाैँ रुपैयाँ कृषिमा खर्च गरे पनि आयात भने झनै चुलिँदै गएको पाइएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा झण्डै ४१ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि चैतसम्म ४० अर्ब ८२ करोड ३८ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । यो गएको आर्थिक वर्षको यहि अवधीको तुलनामा ६१ करोड रुपैयाँले धेरै हो ।

खाद्यान्न आयातमध्ये ठूलो हिस्सा धान चामलको रहेको छ । ९ महिनामा २६ अर्ब रुपैयाँभन्दा धेरैको धान चामल आयात भएको छ । १९ अर्ब ३२ करोड रुपैयाँको चामल, पाँच अर्ब ६० करोड रुपैयाँको धान, ८४ करोड रुपैयाँको कनिकालगायत आयात भएको भन्सार विभागले जनाएको छ । 

सम्बन्धित सामग्री

चार महिनामा २५ अर्बको खाद्यान्न आयात

चालू आर्थिक वर्षको चार महिनामा मुलुकमा २५ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि खाद्यान्न (चामल, मकै, गहृँ,कोदो)आयात दोब्बरले वृद्धि भएको हो ।साउनदेखि कात्तिक महिनासम्म मुलुकमा २५ अर्ब २७ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको आयात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांक छ । अघिल्लो वर्षको सोही […]

कारोबार दैनिक

दुई महिनामै झण्डै १४ अर्बको खाद्यान्न र ६ अर्ब रुपैयाँको तरकारी र फलफूल आयात

काठमाण्डाै - चालु आर्थिक वर्षकाे दुई महिनामै झण्डै १४ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा १३ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । यसको आधाभन्दा धेरै हिस्सा धान चामलको रहेको छ । साउन र भदौमा सात अर्ब ७२ करोड रुपैयाँको धान चामल आयात भएको विभागले ज...

उज्यालो अनलाइन

५७ अर्बको खाद्यान्न आयात

मुलुकमा पछिल्लो एक वर्षमा ५७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि गएको वर्ष सो रकम बराबरको खाद्यान्न आयात भएको हो । आर्थिक वर्ष २०७६-७७ मा चामल, गहुँ, मकै, कोदो र जौ गरेर ५६ अर्ब ८८ करोड ४३ लाख ७ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ । सो अवधिमा ३३ अर्ब रुपैयाँको चामल मात्र आयात भएको छ । आर्थिक वर्ष २०७५-०७६ मा ५१ अर्ब ८० करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा ५ अर्ब रुपैयाँ बराबरको खाद्यान्न बढी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

कारोबार दैनिक

नौ महिनामा भित्रियो झण्डै २२ अर्ब रुपैयाँको औषधी : पोहोरको तुलनामा कम

 काठमाण्डौ - चालु आर्थिक वर्षको नौ महिना अर्थात साउनदेखि चैतसम्म झण्डै २२ अर्ब रुपैयाँको औषधी आयात भएको छ । भन्सार विभागका अनुसार नौ महिनामा २१ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको औषधी र यसको कच्चा पदार्थ आयात भएको छ । पछिल्लो एक महिनामा मात्रै १ अर्ब ३५ करोड रुपैयाँको औषधी र कच्चा पदार्थ आयात भएको छ । फागुनसम्म २० अर्ब ५...

उज्यालो अनलाइन

सात महिनामा ३३ अर्बकाे खाद्यान्न भित्रियाे, १९ अर्बकाे धान–चामलमात्रै

काठमाण्डौ – नेपाललाई कृषिप्रधान देश भनेर जतिसुकै प्रशंसा गरे पनि कृषिजन्य सामग्रीका लागि आयातमा भर पर्नुको विकल्प छैन । बर्सेनि अरबौँ रुपैयाँ बराबरका खाद्यान्न आयात हुने गरेकाे तिताे यथार्थ थाहा नै छ ।   चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले ३३ अर्ब रुपैयाँभन्दा धेरैको खाद्यान्न आयात गरेको छ । ६ म...

भारतबाट पौने ८ अर्बको तरकारी, साढे ४ अर्बको दूध र हर्लिक्स आयात

१४ जेठ, काठमाडौं । गत साउनदेखि फागुन मशान्तसम्मको आठ महिनामा भारतबाट पौने आठ अर्बको तरकारी आयात भएको छ । आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालले यस अवधिमा भारतबाट सात अर्ब ६९ करोड ३ लाख रुपैयाँ मूल्य बराबरको तरकारी आयात गरेको छ । चालू आवमा तरकारी आयात गत आवको तुलनामा केही घटेको भने देखिएको …

अनलाइनखबर

८ महिनामा औषधि मात्र झण्डै २० अर्बको आयात

१४ जेठ, काठमाडौं । पछिल्लो ८ महिनामा मात्र झण्डै २० अर्बको औषधि आयात भएको पाइएको छ । र, आयात विगतका वर्षहरुमा भन्दा बढ्दो दरमा छ । आर्थिक सर्वेक्षण ०७४/७५ अनुसार चालु आर्थिक वर्ष ०७४/७५ को प्रथम आठ महिनामा भारत, चीन र तेश्रो मुलुकबाट नेपालमा कुल १९ अर्ब ८७ करोड रुपैयाँ बराबरको …

अनलाइनखबर

आठ महिनामा भारतबाट पौने ८ अर्बको तरकारी, साढे ४ अर्बको दूध र हर्लिक्स

१४ जेठ, काठमाडौं । गत साउनदेखि फागुन मशान्तसम्मको आठ महिनामा भारतबाट पौने आठ अर्बको तरकारी आयात भएको छ । आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालले यस अवधिमा भारतबाट सात अर्ब ६९ करोड ३ लाख रुपैयाँ मूल्य बराबरको तरकारी आयात गरेको छ । चालू आवमा तरकारी आयात गत आवको तुलनामा केही घटेको भने देखिएको …

अनलाइनखबर