पर्यटन प्रवर्द्धनका लागि गढीदेखि गढीसम्म साइकल र्याली हुँदै

मकवानपुर । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशले पर्यटन क्षेत्रको विकास एवम् विस्तारको योजनासहित गढीदेखि गढीसम्म साइकल -याली गर्ने भएको छ । पर्वतीय खेलकुद महासंघ बागमती प्रदेश, मकवानपुर जिल्ला साइकल संघ र राइडर्स क्लब मकवानपुरसँगको सहकार्यमा मन्त्रालयले मकवानपुरको ऐतिहासिक मकवानपुरगढीदेखि सिन्धुलीको सिन्धुलीगढीसम्म साइकल ¥याली गर्ने भएको हो ।फागुन २२ गते मकवानपुरगढीबाट सुरु भएको साइकल ¥याली सिन्धुलीको हरिहरपुरगढी हुँदै २४ गते सिन्धुलीगढीमा पुगेर समापन हुने मन्त्रालयले

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सम्पन्न गरिएको छ । डडेलधुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्री भू-स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन् ।

खप्तड पुगेर फर्किए साइकल यात्री

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्।

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न ‘राइनो टु राप्ती राइड’

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा साइकल यात्रा गरिने भएको छ । विशेषगरी चितवनको ग्रामीण पर्यटन तथा पर्यापर्यटनको प्रवर्द्धनका लागि साइकल यात्रा गरिने भएको हो । भरतपुर महानगरपालिका– ६ स्थित बाटुली पोखरीबाट निकुञ्जको काख हुँदै जगतपुरसम्म ‘राइनो टु राप्ती राइड–२०८०’ गर्न लागिएको हो । दक्षिणकाली पर्यटन सहकारी संस्था र चितवन साइकल राइडर्सको संयुक्त आयोजनामा घटस्थापनाको अवसर पारेर आइतवार ३० किमी साइकल यात्रा हुने बताइएको छ । भरतपुर भ्रमण वर्ष आगमनको जानकारी दिन र विशेषगरी यस वर्ष ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न साइकल र्‍यालीको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । जंगल सफारीसहितको साइकल र्‍यालीले यस क्षेत्रको जैविक विविधता, पर्यापर्यटनका साथै पर्यटन प्रवर्द्धन र वन्यजन्तुको संरक्षणमा समेत सचेतना अभिवृद्धि हुने उनको भनाइ छ । र्‍यालीमा संरक्षणकर्मी, अभियन्ता, पर्यटनकर्मी, साइकलप्रेमी, जनप्रतिनिधि गरी १५० जनाले साइकल यात्रा गर्ने बताइएको छ ।

पोखरा र बागलुङलाई पर्यटनसँग जोड्न साइकल यात्रा

बागलुङ : सगरमाथा आरोही तथा पर्यटन अभियान्ता कृष्ण केसी ६ दिने साइकल यात्रामा निस्किएका छन्। पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि यात्रा थालेका हुन्। पर्यटन प्रवर्द्धन गर्दै पोखराका पर्यटनहरुलाई ढोरपाटन ल्याउनका लागि उनले बिहीबार पोखराबाट साइकल यात्रा थालेका हुन्।विभिन्न समयमा पर्यटन पवर्बद्धनात्कम अभियान चलाउँदै आएका कृष्ण केसी गृहजिल्ला बागलुङको प्रर्बद्धनका लागि साईकल यात्रा गरेको बताए। विश्व पर्यटन दिवसको अवसरमा ६ दिने साइकल यात्रा थालेका हुन्। साइकल यात्राको दोस्रो दिन शुक्रबार बागलुङ ब

पोखरालाई ढोरपाटनसँग जोड्न साइकल यात्रा

'धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचारप्रसारका लागि एकल साइकल यात्रा हो यो, यात्राका क्रममा साहसिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित कुस्मा र बलेवा जोड्ने बञ्जी पुल, अन्य झोलुङ्गे पुलको यात्रा पछि अहिले बागलुङ आएको छु', केसी...

राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका कार्की दिक्तेलमा

पर्यटन प्रवर्द्धन एवं लागू औषधविरुद्ध सचेतना फैलाउनका लागि दोलखा कालिन्चोक गाउँपालिका–३ लामीडाँडा पोखरेलका २२ वर्षीय युवा अभिनय कार्की राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका छन् । ‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौँ’ भन्ने मूल नाराका साथ तमु ल्होसारको दिन पारेर गत १५ पुसदेखि चरिकोटबाट राष्ट्रव्यापी साइकल यात्रा सुरु गरेका कार्की खोटाङ आइपुगेका छन् । दोलखाबाट रामेछाप, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बु हुँदै खो

कीर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल सञ्चालनमा

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा निर्माण गरेको साइकल ट्रेल बिहीबार उद्घाटन गरिएको छ । कीर्तिपुर नगरपालिका–४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा निर्माण गरिएको सो टे«ल बोसन डाँडादेखि विभिन्न स्थान हुँदै चन्द्रागिरी केवलकारको […]

पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा

नेपाल र भारतका ८७ साइकल यात्री कैलालीदेखि डोटीसम्मको साइकल यात्रामा निस्केका छन्। शनिबार बिहान धनगढीबाट निस्केका उनीहरुले कैलाली र डोटीका पर्यटकीय स्थल हुँदै डोटीको बुडर पुगेर तीन दिनमा यात्रा समापन...

पब्लिक को–अपरेटिभको साइकल यात्रा

काठमाडौं (अस) । आन्तरिक पर्यटन प्रवद्र्धन, स्वस्थ जीवन, स्वच्छ वातावरण नारासहित पब्लिक को–अपरेटिभ लिमिटेडले स्थापनाको २५ औं वर्ष प्रवेश अवसरमा साइकल यात्रा सम्पन्न गरेको छ । १८ महिलासहित १२३ साइकल यात्री रहेको यात्रा धोबीघाट, ललितपुरदेखि कुपण्डोल, मंगलबजार, लगनखेल, जाउलाखेल, चोभार, पाँगा, कीर्तिपुर, टौदह हुँदै फर्पिङ ड्याम पुगेर सम्पन्न भएको थियो । साइकल र्‍याली उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरेकी थिइन् भने समापन दक्षिणकाली नगरपालिका  प्रमुख मोहन बस्नेत तथा उप–प्रमुख वसन्ती डंगोल तामाङले गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासनका सहायक जिल्ला अधिकारी हरिप्रसाद पन्त, ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोजबहादुर न्याछ्यों, बहुउद्दश्यीय सहकारी संघका माधव तिमिल्सिना, विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधि, संस्थाका कर्मचारीलगायत सहभागी थिए ।

पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा

नेपालगञ्ज-कोरोना महामारीका कारण बाँके र बर्दियामा सुस्ताएको पर्यटन व्यवसाय चलायमान बनाउन तीन दिने ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा आयोजना गरिएको छ । साइकल पर्यटनमार्फत देश विदेशका पर्यटकहरुलाई यहाँका मुख्य धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको भ्रमण गराउने उद्देश्यले साइकल यात्रा सुरु भएको हो ।नेपालगन्जबाट सुरु भएको यात्रा विभिन्न स्थान हुँदै बाँसगढी नगरपालिकामा रहेको प्रसिद्ध ॐ केदारेश्वर धाममा […]