पर्यटन प्रवर्द्धन एवं लागू औषधविरुद्ध सचेतना फैलाउनका लागि दोलखा कालिन्चोक गाउँपालिका–३ लामीडाँडा पोखरेलका २२ वर्षीय युवा अभिनय कार्की राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका छन् । ‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौँ’ भन्ने मूल नाराका साथ तमु ल्होसारको दिन पारेर गत १५ पुसदेखि चरिकोटबाट राष्ट्रव्यापी साइकल यात्रा सुरु गरेका कार्की खोटाङ आइपुगेका छन् । दोलखाबाट रामेछाप, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बु हुँदै खो