एन्टिबडी परीक्षणले प्रतिरोधी क्षमता मापन हुँदैन : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले रगतमा देखिएको एन्टिबडीले कोरोना भाइरस रोक्न सक्ने प्रतिरोधी क्षमता रहेको वा नरहेको भन्ने कुरा मापन हुन नसक्ने बताएको छ । यसअघि एन्टिबडी परीक्षणबाट मानिसमा कोरोना भाइरससँग लड्ने क्षमता विकास भएको पुष्टि हुने बताइँदै आएको थियो । डब्लुएचओका अनुसार अहिलेसम्म यसको कुनै प्रमाण भेटिएको छैन ।

डब्लुएचओका हेल्थ इमर्जेन्सिजका कार्यकारी निर्देशक माइक रायनले शुक्रबार धेरै मानिसहरुमा कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास भएको कुनै संकेत नपाइएको बताए । शरीरले एन्टिबडी उत्पादन गरेपछि रोग प्रतिरोधी क्षमता विकास हुन पनि सक्ने तर अहिले यसविरुद्ध पनि प्रमाण पाइएको उनको भनाइ छ ।

पछिल्लो समय कोरोना भाइरसबाट निको भएका मानिसमा पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि मानिसको शरीरमा हुने एन्टिबडीको कसरी काम गर्छ भन्नेबारे प्रश्न उब्जिएको थियो । यद्यपि निको भइसकेका देखिएको संक्रमणपछि उनीहरुले यो रोग अरुलाई सार्न सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट भइसकेको छैन ।

स्रोत : सीएनएन

सम्बन्धित सामग्री

कोभिडको समाधान भ्याक्सिन मात्रै होइन

भाइरसको सम्पर्कमा आएका प्रत्येक व्यक्तिमा पोजेटिभ एन्टीबडी हुँदैन, तर तिनमा प्रतिरोधात्मक क्षमता हुन

नयाँ पत्रिका

कोरोनाभाइरस सङ्क्रमणपछि एन्टीबडीमा 'तीव्र गतिमा कमी' - BBC News नेपाली

कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो।

बीबीसी नेपाली

‘हर्ड इम्युनिटी’को अवधारणा नीतिसंगत छैन : डब्ल्यूएचओ

२७ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हर्ड इम्युनिटीबाट कोरोना भाइरस (कोभिड–१९) आफैं नियन्त्रणमा आउँछ भन्ने अवधारणा उचित नरहेको बताएको छ । हर्ड इम्युनिटी समाजका अधिकांश मानिसमा रोगविरुद्धको प्रतिरोधी क्षमताको विकास हुने अवस्था हो …

अनलाइनखबर

कोभिड-१९ विरुद्ध कहिल्यै पनि प्रतिरोधी क्षमता विकास नहुन सक्छ : अध्ययन

५ असार, काठमाडौं । मानिसमा कहिल्यै पनि कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्ने प्रतिरोधी क्षमता विकास नहुन सक्ने चिनियाँ र अमेरिकी वैज्ञानिकहरूले एन्टिबडीको विषयमा गरेको एक अध्ययनले देखाएको छ । उनीहरूले चीनको वुहानका अस्पतालका प्रत्यक्षरुपमा कोरोना बिरामीको उपचारमा …

अनलाइनखबर

निको भइसकेकामा पुनः किन देखिइरहेको छ कोरोना संक्रमण ?

२१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका मानिसमा यो भाइरसविरुद्ध लड्नसक्ने रोग प्रतिरोधी क्षमता (एन्टिबडी) विकास हुने विश्वास गरिँदै आएको छ । यसको अर्थ एकपटक यो रोग लागेर निको भएका मानिसमा तत्कालको …

अनलाइनखबर

निको भइसकेकामा पुनः संक्रमण हुँदैन भन्ने छैन : डब्ल्यूएचओ

१३ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) बाट निको भइसकेका बिरामीलाई यो भाइरसको संक्रमण फेरि देखिँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म नपाइएको बताएको छ । साथै डब्ल्यूएचओले शरीरमा विकास भएको एन्टिबडीले दोस्रोपटक हुन …

अनलाइनखबर