ट्रम्पको आग्रहपछि भारतले औषधी निर्यात प्रतिबन्ध हटायो

गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २६ गते । भारतले प्रतिबन्ध लगाएको औषधीको निर्यात खुला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस विरुद्धको लडाईमा “गेम चेन्जर”को संज्ञा दिनुभएको हाइड्रोक्सीक्लोरोक्वीन औषधीको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले हाइड्रोक्सीक्लोरोक्वीन औषधीको आपूर्ति गर्न भारत समक्ष आग्रह गर्नुभएको भोलीपल्ट भारतले निर्यात खुला गरेको हो । हाइड्रोक्सीक्लोरोक्वीनको भारत विश्वकै सबैभन्दा ठूलो निर्यातकत्र्ता हो । भारतले उक्त औषधीको आपूर्ति नगरे प्रतिशोधको स्थान बन्ने चेताबनी समेत ट्रम्पले दिनुभएको थियो । भारतले निर्यात खुला गरे लगत्तै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सञ्चित मात्राले निर्यातको परिमाण निर्धारण गर्ने उल्लेख गर्नुभयो । कोरोना प्रभावित करिब ३० राष्ट्र भारत समक्ष उक्त औषधीको आपूर्ति गर्न प्रस्ताव गरेको छ । औषधी विज्ञले भने हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग कोरोनाभाइरस संक्रमितमा गर्न सकिने सम्बन्धमा प्रष्ट धारणा राखिसकेको छैन् । उक्त औषधी मलेरिया विरुद्ध प्रयोग हुँदै आएको छ । अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले भने कोरोनाभाइरस विरुद्ध हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग गर्न अनुमित दिइसकेको छ ।
चिकित्सकहरुले भने हाइड्रोक्सीक्लोरोक्वीनको खुराक बढी भए शरीरमा अर्को उपद्रव हुनसक्ने भन्दै सचेत गराउँदै आएका छन् । कोरोनाभाइरसको विश्वब्यापी संक्रमण तिब्र रफ्तार बढ्दै जाँदा भारतले मार्च दोस्रो साता पारासिटामोलसहित ज्वरोमा सेवन गरिने करिब एकदर्जन बढी औषधीको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

सम्बन्धित सामग्री

भारतले चिनियाँ एप्स प्रतिवन्ध गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प दंग!

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति कडा आलोचना गर्दै भारतले चिनियाँ एपमाथि लगाएको प्रतिवन्धको स्वागत गरेका छन्। चीनले कोरोना भाइरस पेन्डेमिक फैलाएको आरोप लगाउँदै आएका ट्रम्पले बेइजिङविरुद्ध एक भएर लाग्नुपर्ने समेत बताए। भाइरस संक्रमणमा चीनलाई दोष दिँदै आएका ट्रम्पले विश्व अर्थतन्त्र तहसनहस बनाउन पनि बेइजिङकै भूमिका रहेको बताएका छन्।

पहिलो पोस्ट

भारतले हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यातको प्रतिबन्ध हटायो

नयाँदिल्ली । भारतले हाइड्रोक्सिक्लोरोक्‍वाइनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ ।  यसअघि अमेरिकी

बाह्रखरी

भारतले नेपाल तर्फ हुने औषधि निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं - भारतले नेपाल तर्फ हुने औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।  फार्मास्युटिकल्सका लागि नेपाल भारतमा पूर्ण रुपमा निर्भर रहेको भन्दै उसले प्रतिबन्ध...

ट्रम्पले प्रतिकार गर्ने धम्की दिएपछि भारतले फिर्ता लियो औषधि निर्यातको प्रतिबन्ध

भारत सरकार हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिको निर्यातमा लगाइएको प्रतिबन्ध फिर्ता गर्न सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस डिजिज (कोभिड-१९)को उपचारमा उक्त औषधि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले औषधिको निर्यात सहज नगरे प्रतिकार गर्ने बताएपछि चिकित्सा विशेषज्ञहरूको आरक्षणका बावजुद भारतले प्रतिबन्ध फिर्ता गर्ने निर्णय लिएको

पहिलो पोस्ट

भारतले लगायो औषधि निर्यातमा प्रतिबन्ध

एजेन्सी । कोरोना भाइरस संक्रमण देशैभर फैलिरहेको अवस्थामा भारतले औषधि बनाउन प्रयोग हुने २६ सामाग्री र यसबाट बनाइएका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।  भारत जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता हो । तर ...

नेपाल आज